12 Apr, 2024

नयाँ वर्ष, नयाँ संकल्प: नयाँ वित्तीय योजनाबाट सुरुवात

नयाँ बर्ष पनि आयो! वसन्त ऋतुको यो याममा रुख, बोट विरुवाले नयाँ पालुवा हालेर हरियाली रंगीचंगी छ। तपाईंका बालबालिका नयाँ कक्षामा प्रवेश गर्दैछन्।भित्ताको तपाईंको भित्ते पात्रो पनि नयाँ फेरिदैछ। यससंगै हामीहरु पनि जीवनमा एक प्रकारको उमंग, ताजगी, र नयाँपन भर्न चाहन्छौं। 

यो नयाँ बर्षमा तपाईंहरु कस्तो नयाँपन खोज्दै हुनुहुन्छ? नयाँ वर्षमा वितेका बर्षहरुमा भएका गल्ती, कमीकमजोरीको समीक्षा गरेर नयाँ सुरुवात गर्ने समय हो, र यसमा तपाईंको आर्थिक पक्ष पनि समावेश हुन्छ। त्यसैले, आर्थिक पक्षलाई लिएर आगमी बर्षलाई कसरी फलदायी, स्मरणिय र प्रभावकारी बनाउने भनेर जीवनका हरेक चरणमा उपयोगी हुने वित्तीय योजनाहरु बारे आज हामीले यस ब्लगमा कुराहरु गर्नेछौं।

जीवनको प्रारम्भिक चरणमा एउटा बलियो आधार निर्माण तयार गर्ने समय 

युवा अवस्था भनेको हामीले वित्तीय बानीहरू विकास गर्ने समय हो। यस अवस्थामा हामीले पैसा, लगानी, बचत, खर्च, र अन्य वित्तीय क्षेत्रमा विभिन्न अनुभवहरू प्राप्त गर्ने, नयाँ चुनौतीहरू सामना गर्ने, र सपना साकार गर्नुपर्छ भन्ने सकारात्मक सोच राख्ने हो। युवाले समयमै वित्तीय गुणस्तरमा सुधार गर्नुपर्ने भएकाले यो समय वित्तीय साक्षरता प्राप्त गर्नका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।

१.बजेटिङमा ध्यान दिनुहोस्

आफ्नो खर्च गर्ने बानी वा तरिका बुझ्न आफ्नो आय र खर्च ट्र्याक गर्नुहोस्। खर्च बचत, र लगानी योजना गर्न सरल बैंकिङ सेवा(SBS) को निःशुल्क बजेटिङ एप वा वित्तिय उपकरणहरू प्रयोग गर्नुहोस्।

२. आपतकालीन कोष

जीवन सधैं हामीले सोचे जस्तो सिधा गतिमा चल्दैन कहिले कुन मोडमा के आइपर्छ भन्न कठिन नै हुन्छ। त्यसैले, अहिले यो समयमा मासिक जति कमाउनु हुन्छ त्यो बराबर ३-६ महिनाको लागि आपतकालीन कोष निर्माण गर्ने लक्ष्य राख्नुहोस्। यसले अप्रत्याशित परिस्थितिहरूको लागि ठुलो वित्तीय सहयोग प्रदान गर्दछ।

३. कर्जा व्यवस्थापन

प्रारम्भिक वा युवा अवस्थामा हाम्रो प्राय: हुने कर्जा भनेको शैक्षिक कर्जा, सवारी साधन कर्जा, क्रेडिट कार्ड आदि हुन्छन्। यस समयमा उच्च ब्याज भएको कर्जालाई प्राथमिकता दिनु पर्दछ र कर्जा व्यवस्थापन गर्न उचित बैंकहरूको विकल्पहरू खोज्नु पर्दछ।

जीवनको मध्यम चरण जसमा आफ्नो भविष्य र धन वृद्धि गर्न तर्फ लाग्ने समय 

हामीले जीवनको पहिलो चरण पार गर्दा सम्ममा आफ्नो जग बसाल्दा भएका गल्ति वा निर्णयबाट केहि बुझिसकेका हुन्छौं। यस चरणमा त्यी भुललाई सुधार्दै आफ्नो आयलाई कहाँ, कसरी लगानी गर्दा धन वृद्धि हुन्छ भने तर्फ लाग्नु पर्छ।

१.भविष्यको लागि लगानी

यो कम्पाउण्ड ब्याजको लाभ उठाउने मुख्य समय हो। आफ्नो क्षमता, आवश्यकता र योजना अनुसार मुद्दती निक्षेप, रेकरिंग निक्षेप, नागरिक लगानी कोष (CIT) कोष, म्युचुअल फन्ड, वा सामजिक सुरक्षा कोष SSF/कर्मचारी सञ्चय कोष (EPF) आदि जस्ता योगदानमा दीर्घकालीन सम्पत्ति सृजना गर्ने विकल्पहरुको खोजी वा लगानी गर्नु पर्दछ। 

२.बीमामा लगानी

यो अवस्थमा आउँदा तपाईंको घर, परिवार र बालबालिका तपाईंमा आश्रित हुन्छन् त्यसैले लगानी सहित गम्भीर बीमारीलाई पनि विचार गर्नु पर्दछ। यो अवस्थामा बीमा विकल्प उचित हुन सक्छ त्यसैले, जीवन बीमा र स्वास्थ्य बीमाको साथ आफ्नो भविष्य सुरक्षित गर्न तर्फ लाग्नु पर्दछ। 

३.परिवारको लागि योजना

आफ्नो आय वृद्धिसंगै आफ्नो परिवारको पनि योजना गर्ने यही समय हुँदा आफ्नो बजेटमा घर, बालबालिका हेरचाह र शिक्षा खर्च छुट्टयाई आफ्नो पार्टनरसंग छलफल गरि वित्तीय संयुक्त लक्ष्यहरू सेट गर्नु पर्दछ। साथै बैंकहरूद्वारा प्रस्तावित शैक्षिक कर्जा योजनाहरू विकल्पको पनि खोजी सुरुवात गर्नुहोस्।

जीवनको स्थिरताको चरण यसमा आफ्नो भविष्य सुरक्षित र स्थिर गर्न तर्फ लाग्ने समय 

हामीले यस चरणमा आफ्नो स्थिरता खोज्ने हो।अबको लगानी तपाईंको स्वास्थ्य, तपाईंको घुमघाम र तपाईंको स्थिरताको लागि गरेको निर्णय ट्र्याकमा छ कि छैन त्यसलाई ध्यान दिने हो। 

१.समीक्षा र व्यवस्थापन

 तपाईंको हालको वित्तीय योजनाको मूल्याङ्कन गर्नुहोस्। के तपाईं रिटायर हुन तपाईंले गरेका निर्णय सबै ठिक छन्। छैन भने के गर्न सकिन्छ हेर्नुहोस् आवश्यक भएमा आफ्नो लगानी रणनीति समायोजन गर्नुहोस्। कुनै कर्जा वा आफ्ना सन्तानलाई इच्छा अनुसार सम्पति वितरण वा व्यवस्थापन गर्नुपर्ने केहि छ कि छैन हेर्नुपर्छ। 

२.कमाउन जारी राख्नुहोस्

यदि तपाईं कुनै पेशमा आवद्ध हुनहुन्छ भने आफुलाई गारो नहुँदा सम्म पेशलाई निरन्तरता दिंदा उचित हुन्छ। आफ्नो क्षमताले सकेसम्म आय श्रोत बढ्नु भनेको आफ्नो भोलिको दिन अझै आरामदायी र सुरक्षित हुनु हो। 

३.स्वास्थ्य सेवा योजना

 शरीर सधै स्वस्थ हुँदैन झन् यो अवस्थामा अझ धेरै हेरचाह चाहिन्छ त्यसैले सम्भावित चिकित्सा खर्च र दीर्घकालीन हेरचाह आवश्यकताहरूमा योजना गर्नु पर्दछ।

जीवनका हरेक चरण एक अर्का संग जोडिएका छन्। यो चरणमा तपाईंले ठ्याक्कै यही गर्नु पर्छ भन्ने छैन। हाम्रो जीवनशैली, आवश्यकता, चाहना र कमाई एक अर्का बीच फरक हुन सक्छ जस्तै तपाईं पहिलो चरणमा नै भविष्यको लागि लगानी गर्न सक्नुहुन्छ आफ्नो आम्दानी र आय श्रोत अनुसार किनकि जब लगानी, पैसा, बचत, आदिका कुरा आउँछन् जति छिट्टै सुरुवात गर्नुहुन्छ त्यति राम्रो हुन्छ।   

यी सबै जीवनका हरेक चरणको लागि वित्तिय योजना गर्दा सम्झनु पर्ने 

अनुभवी र दक्ष टिमबाट मार्गदर्शन खोज्नुहोस्

 यदि तपाईं वित्तिय योजना गर्दा कर्जा, डिपोजिट, वा कुनै बैंकिङ्ग सेवासंग सम्बन्धित कारोबार गर्दै हुनहुन्छ भने  एउटा वित्तीय सल्लाहकार सरल बैंकिङ्ग सेवाले तपाईंको विशेष आवश्यकता र जोखिम बहन गर्न सक्ने क्षमताको आधारमा व्यक्तिगत योजनाको साथै व्यक्तिगत सपोर्ट र सुझाव दिन सक्छ।

सूचित रहनुहोस्

समय अनुसार तपाईंका आवश्यकता र चाहना परिवर्तन हुँदै जान्छन् त्यसरी नै बैंक तथा वित्तिय संस्थाका वित्तीय नियमहरू र लगानी विकल्पहरूमा परिवर्तन हुन सक्ने हुँदा SBS ब्लक मार्फत आफुलाई अपडेट गरि रहनुहोस्।

फाइनान्सियल टूल र क्यालकुलेटर प्रयोग गर्नुहोस् 

वित्तिय योजना गरि लगानी वा बचतको योजनाहरू बनाउँदा EMI क्यालकुलेटर, रिकरिङ्ग निक्षेप (RD) क्यालकुलेटर, मुद्दती निक्षेप क्यालकुलेटर आदि प्रयोग गरि तुलना र छनोट गर्न सक्नु हुन्छ। साथै निक्षेपबाट कति ब्याज कमाउन सक्नुहुन्छ भनेर सजिलै क्यालकुलेट (हिसाब) गर्न सक्नुहुन्छ। 

नयाँ वर्षले नयाँ सुरुवातको सङ्केत गर्छ। आफ्नो यात्रामा यी वित्तीय योजनाहरू समावेश गर्नुहोस् अनि सुरक्षित र समृद्ध भविष्यतर्फ आफुलाई अगाडी बढाउनुहोस्। यो नयाँ वर्ष आर्थिक समृद्धि र मानसिक शान्तिले भरिपूर्ण होस्! नयाँ वर्ष २०८१ को शुभकामान !!