Graduation Cap above the money
02 May, 2023

नेपाल तथा विदेशमा उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको सम्पुर्ण जानकारी

शैक्षिक कर्जा धितोमा आधारित कर्जा हो । यसले नेपाल वा विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको वित्तिय आवश्यकता पुरा गर्छ । यस ब्लगद्धारा हामीले नेपालमा शैक्षिक कर्जाको बारेमा जानकारी दिएका छौं । नेपालका प्रायः सबै वाणिज्य बैंकहरुले उच्च सहुलियत दरमा नेपाल र विदेशमा अध्ययन गर्दा लाग्ने भर्ना शुल्क र अन्य विविध खर्चहरुमा शैक्षिक कर्जा उपलब्ध गराउँछन् ।  शैक्षिक कर्जाबाट प्राप्त हुने फाइदाहरुप्रतिस्पर्धात्मक ब्याजदर (Competitive interest rate)दु्त स्वीकृति र पारदर्शी ऋण प्रक्रिया (Quick approval and transparent loan processing)लचिलो भुक्तIनी सर्तहरु (Flexible payment terms)लचिलो कर्जा विकल्प (Flexible loan option)यदि तपाई देशमा वा विदेशमा थप अध्ययन गर्न नेपालमा शैक्षिक कर्जाको लागि आवेदन कसरी

गर्ने भनेर जान्न चाहनु हुन्छ भने, यस सम्बन्धि सेवाहरुको बारेमा केही जानकारी छन् ।शैक्षिक कर्जा लिन चाहने विद्यार्थीहरुको योग्यता आवेदक नेपाली नागरिक हुनुपर्छकम्तिमा १०ंं+२ तहका शैक्षिक योग्यता हुनुपर्छउमेरको हद १८ वर्ष पुरा भई ७० वर्ष ननाघेको हुनुपर्छसम्बन्धित शैक्षिक संस्थाबाट भर्नाको पुष्टि हुनुपर्छआवेदकको आमाबाबु /अभिभावक र पति / पत्नीसँग किस्ताको लागि नियमित आम्दानी हुनुपर्छधितो सुरक्षण वा Fixed Deposit हुनुपर्छबैंकको सन्तुष्टिमा चुक्ता गर्न प्रर्याप्त स्रोत हुनुपर्छ ।नेपालमा कुन कुन योग्यता पाठ्यक्रमका आधारमा शैक्षिक कर्जा दिईन्छ ?नेपाल सरकारले सम्बन्धित शैक्षिक संस्थालाई मान्यता दिएको खण्डमा नेपाल बैंक लगायत अन्य बैंकहरुले लगभग कुनै पनि पाठ्यक्रमका लागि शैक्षिक कर्जा उपलब्ध गराउँछन् ।  स्नातक र मास्टर्स र माथिकुनै पनि व्यावसायिक (Professional Course) पाठ्यक्रमहरुशर्त बन्देजहरु  मासिक किस्ता (इएमआई) अन्य कर्जा सम्बन्धि दायित्व कटाएर ऋणीको कुल आयको ५०%  हुनुहुँदैन ।घोषित आयलाई कर भुक्तानी रसीद सहित बैंक खाताको कारोवारको परिमाणले प्रमाणित गरेको हुनुपर्छ ।धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तिमा ८ फिट चौडाईको मोटरबाटो सहितको १ रोपनी वा बढी क्षेत्रफल भएको हुनुपर्छ ।धितोको रुपमा राख्नुपर्ने सुरक्षण (Security) जग्गा र भवनको दर्ता धितोपरिवारको सदस्य वा बैंकलाई स्वीकार्य तेस्रो पक्षको व्यक्तिगत ग्यारेन्टीभवनको व्यापक बीमा कभरेजसुरक्षा कभरेज आवश्यकताको ऋणमा ( Fair Market Value(FMC)) ६०% - ८०% सम्म विस्तार गर्न सकिन्छ ।आयको प्रमाण (Proof of Income)तलब प्रमाणपत्रआवेदक र उसको रोजगारदाता बीचको सम्झौताको फोटोकपीयदि कुनै भाडा सम्झौता (Rent Contract if any) फोटोकपीर्फम वा कम्पनीको आम्दानी मानिएको अवस्थामा लेखापरिक्षण गरिएको वितिय विवरणहरुको फोटोकपीआयको–घोषित (Self-declared of income)तपाई शैक्षिक कर्जाको लागि कति रुपैयाँ सम्म माग गर्न सक्नुहुन्छ ?नेपालमा शैक्षिक कर्जाका लागि बैंकबाट १ करोड रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ ।  शैक्षिक कर्जाको औसत शुल्कहरु :  ब्याज दरआधार दर +अप टु ८%कर्जा रकमअप टु रु. १ करोड  कर्जा अवधि अप टु २० वर्ष  प्रक्रिया शुल्क कर्जा रकमको ०%–२% सम्म  बैंकहरुले विभिन्न किसिमका कर्जा उपलब्ध गराएका छन् । शैक्षिक कर्जाका सबै फाइदा तथा बेफाइदाको बारेमा बझ्न तपाईहरुलाई गाह्रो हुन सक्छ । सरल बैंकिङ सेवाको वेबसाइटमा गऐर तपाईले सबै बैंकहरुको कर्जा तथा निक्षेपको ब्याजदर तुलना गर्न सक्नुहुन्छ ।नेपालका विभिन्न् बैंकहरुले उपलब्ध गराएका शैक्षिक कर्जाको बारेमा बुझ्न तल दिइएको लिंकमा क्लिक गर्न सक्नुहुन्छ ।  Click Here यससंग सम्बन्धित कुनै पनि प्रश्नहरु भएमा कृपया तल कमेन्ट गर्नुहोला ।