13 Apr, 2025

नयाँ वर्ष, नयाँ सोच — अबको लक्ष्य: सजिलो र सही आर्थिक निर्णय

नयाँ वर्षको आगमन सँगै, हामी सबैको मनमा एक अनौठो तरिकाले आशा र उत्साहको लहर आउँछ। २०८१ सालको भित्ते पात्रो बदलिँदै गर्दा, हामीले अघिल्लो वर्षमा सिकेका पाठहरू, सामना गरेका संघर्षहरू र असफलताहरू सम्झँदै हामी सबै मनमनै नयाँ वर्ष, नयाँ सङ्कल्प गर्छौं —"यस वर्ष म यस्तो कुरा सुधार्नेछु", "नयाँ लक्ष्य बनाउनेछु", "आर्थिक अवस्था सुधार्ने छु", "अनावस्यक खर्च कम गर्नेछु" आदि। 

तर, यी सङ्कल्पहरू भनाईमा मात्र सिमित गरेर यसको कुनै औचित्य हुदैन। त्यसैले, सङ्कल्पलाई पुरा गर्नका लागि सही मार्गदर्शन, योजना, र आर्थिक अनुशासन महत्त्वपूर्ण रहन्छ, जसले तपाईं र तपाईंको पारिवारिक जीवनलाई स्थिर बनाउँदै, भविष्यका लागि सुरक्षित आधार तयार गर्न मद्दत पुर्याउँछ।

त्यसैले तपाईंको नयाँ वर्ष २०८२ को आर्थिक सङ्कल्पलाई सुनिश्चित बनाउन सरल बैंकिङ सेवामा सही मार्गदर्शन, भरपर्दो र निष्पक्ष वित्तीय सुझावहरू प्राप्त गर्न सक्नुहुन्छ।

नयाँ वर्ष २०८२ मा गर्नैपर्ने ५ जरुरी आर्थिक संकल्प (हरेक नेपालीका लागि)!

सङ्कल्प गर्न चै सजिलो हुन्छ, तर त्यसलाई जीवनशैलीमा लागू गर्न र निरन्तरता दिन धेरैलाई चुनौतीपूर्ण लाग्न सक्छ। विशेष गरी आर्थिक पक्षमा—जहाँ साना निर्णयहरूले दीर्घकालीन प्रभाव पार्न सक्छन्—सचेतता र योजनाबद्ध सोचको आवश्यकता झन् महत्वपूर्ण हुन्छ।

यदि तपाईं खर्च, बचत, र लगानीमा थोरै भयपनी अनुशासन अपनाउनुहुन्छ भने, त्यसले केवल आजको आर्थिक अवस्था सुधार्ने मात्र होइन, तपाईंको पारिवारिक भविष्यलाई सुरक्षित बनाउने सबल आधार पनि तयार गर्न सक्छ।

त्यसैले आउनुहोस हेरौँ, नयाँ वर्ष २०८२ मा तपाईंले लिन सक्ने पाँच सरल तर प्रभावशाली आर्थिक सङ्कल्पहरू।

१. स-साना ऋण तिर्ने प्रतिबद्धता गर्नुहोस्

साना ऋणहरू समयमै तिर्ने बानीले तपाईंको आर्थिक यात्रालाई सहज बनाउँछ। नयाँ वर्षमा, कुनै सानो कर्जा (जस्तै क्रेडिट कार्डको बाँकी रकम वा कुनै व्यक्तिगत ऋण) तिर्न प्राथमिकता दिनुहोस्। 

ऋणको भारले कहिलेकाहीँ हाम्रो मनोबललाई प्रत्क्ष्य रुपमा नदेखियता पनि कमजोर बनाउने हुदा नयाँ वर्षमा यसलाई समाप्त गर्ने प्रतिबद्धताले तपाईंको मन्न हल्का पारी जीवनमा स्वतन्त्रताको अनुभूति दिलाउन सक्छ। साथै यसले तपाईंलाई केवल अनावश्यक ब्याजबाट बचाउँने मात्र नभई भविष्यमा ठूलो आर्थिक योजनाहरू बनाउन स्वतन्त्रता पनि दिन्छ।

२. आपतकालीन कोष निर्माण गर्नुहोस्

जिवनमा कहिले के हुन्छ भन्ने केहि ठेगान नै हुँदैन: कहिलेकाहीँ अचानक अप्रत्याशित खर्चहरू टुप्लुक्क आउँछन र आर्थिक अवस्था उथलपुथल बनाएर जान्छन्। त्यसैले अप्रत्याशित खर्चहरूका लागि महिनामा थोरै भए पनि छुट्याएर आपतकालीन कोषको निर्माण गर्नु अति आवश्यक हुन्छ। आजको सानो तयारीले भोलिको ठूलो तनावबाट जोगाउन सक्छ।  
 

३. क्रेडिट कार्ड राम्ररी सोच-विचार गरेर मात्र छान्नुहोस्

क्रेडिट कार्डले आर्थिक व्यवस्थापन धेरै सजिलो त बनाउछ, तर सही कार्ड नरोजेको खण्डमा खर्च र दिनदिनै बढ्ने ब्याजले फसाउन केहि पनि समय लाग्दैन। आकर्षक अफर मात्र हेरेर निर्णय गर्नुभन्दा अगावै वार्षिक शुल्क, ब्याजदर, ढिलो भुक्तानी शुल्क, र रिवार्ड प्रणाली जस्ता पक्षहरू राम्ररी बुझी तुलना गर्ने गर्नुस। उदाहरणका लागि, वार्षिक शुल्क धेरै र उच्च ब्याजदर भएको क्रेडिट कार्ड लिएर समयमै तिर्न नसक्दा ब्याज धेरै महँगो पर्न आउँछ।

साथै, कुन प्रयोजनका लागि तपाईं क्रेडिट कार्ड लिँदै हुनुहुन्छ भन्ने कुरा पनि ध्यानमा राखी, उपयुक्त कार्ड छनोट गर्नु आवश्यक हुन्छ, किनकि सबै बैंकहरूले प्रदान गर्ने क्रेडिट कार्डहरूका सुविधाहरू फरक–फरक हुन्छन्। त्यसैले सही कार्डले तपाईंको खर्चमा नियन्त्रण ल्याउनुका साथै, फाइदा पनि दिन सक्छ—गलत निर्णयले भने तपाईंलाई महँगो ब्याजदरको खाडलमा पुर्याउन सक्छ। 

४. फिक्स डिपोजिट (Fixed Deposit) मा सुरक्षित बचत: निश्चित रकम, निश्चित फाइदा

Fixed Deposit (FD) नेपालीहरूका लागि सबैभन्दा विश्वसनीय लगानी हो जसले निश्चित अवधिमा निश्चित ब्याज दिन्छ। एकपटक बैंकमा रकम राख्दा, त्यसले मासिक, त्रैमासिक, वा वार्षिक रूपमा स्थिर ब्याज दिन्छ, जुन बजारको उतारचढावसँग प्रभावित हुँदैन। यही स्थिरताले नै FD लाई अझ सुरक्षित र सर्बोकृस्ट लगानी उपाय बनाउँछ। 

त्यसैले, विभिन्न बैंकहरूको ब्याजदर तुलना गर्नुहोस्, १ वर्षदेखि ५ वर्षसम्मको अवधि छान्नुहोस्, र आफ्नो बचतलाई सुरक्षित राखेर नयाँ वर्षमा आफ्नो आर्थिक अवस्था सुद्रिड बनाउनु होस्। 

५. निर्णय लिनु अघि बैंकका सेवाहरू तुलना गर्ने बानी बसाल्नुहोस्

हामीले रोज्ने साना–साना निर्णयहरूले जीवनमा ठूलो फरक पार्न सक्छन् — बैंकिङ सम्बन्धी निर्णयहरू पनि त्यही हुन्। जथाभावी, सोचविचार नगरी लोन लिने, क्रेडिट कार्ड छान्ने वा बचत योजनामा लगानी गर्दा पछि पछुतो गर्नुपर्ने अवस्था आउन सक्छ। 

तर, यदि थोरै समय दिएर विभिन्न बैंकका योजना, सेवा शुल्क, ब्याजदर र सर्त–शर्तहरू तुलना गरियो भने, त्यही निर्णयले तपाईंलाई दीर्घकालीन फाइदा दिन सक्छ। सोचेर र बुझेर लिइएको निर्णयले तपाईंको आर्थिक यात्रालाई सहज र सुरक्षित बनाउँछ। निर्णय तपाईंकै हो, तर त्यसअघि तुलना गर्ने बानी बसाल्नुहोस्।

अब हरेक आर्थिक सङ्कल्पमा तपाईंको साथ सरल बैंकिङ सेवा

नयाँ वर्षमा ऋण तिर्ने, बचत गर्ने, वा लगानी गर्ने जस्ता निर्णयहरू सजिलो लाग्न सक्छन् तर जब कुरा बैंक छान्ने वा योजना बुझ्ने हुन्छ, त्यहीँ अलमल सुरु हुन्छ। यही अलमल हटाउन सरल बैंकिङ सेवाको प्रयोग गरि तपाईंले विभिन्न बैंकका लोन, बचत योजना, क्रेडिट कार्ड, र फिक्स डिपोजिटहरूको विस्तृत तुलना एक्कै ठाउँमा गर्न सक्नुहुन्छ। 

त्यसैले, यो नयाँ वर्ष केवल नयाँ भित्तेपात्रो मात्रै होइन — तपाईंको आर्थिक भविष्य बदल्ने संकल्प लिनुहोस्, र सरल बैंकिङ सेवा सँगै ती संकल्पहरूलाई शब्दमा होइन, व्यवहारमा पनि झल्काउनुहोस्।