नेपालमा तीजलाई हिन्दु महिलाहरुले मनाउने महान चाडपर्वको रुपमा लिइन्छ । जहाँ महिलाहरु भेला हुन्छन् र धर्म, नृत्य, संगीतको साथ आन्नद लिन्छन् । यो सांस्कृतिक कार्यक्रम मात्र नभई शक्ति, प्रेमको उत्सव हो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले यस समयमा आफ्ना महिला ग्राहकहरुलाई लक्ष्ति गरेर तीज मनाउन विशेष उपहार वा छुटहरु प्रदान गर्दै आएका छन् । बैंकहरुले वर्षै पिच्छे धरै छुट अफरहरु ल्याउने गर्छन् । ती मध्ये केही विशेष अफरहरु यहाँ उल्लेख गरिएको छः
१.महिला विशेष बचत खातामा उच्च ब्याज दरः
बैंकहरुले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन महिला विशेष बचत तथा मुद्दती खाताहरुमा आकर्षक उच्चतम ब्याज दर प्रदान गर्ने अफर ल्याएका छन् । यहाँहरुले तीजको समयमा नै यो खाता खोल्नु भयो भने निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क लकर सुविधा, पहिलो वर्षको लागि निःशुल्क डेबिट र क्रेडिट कार्ड जस्ता विभिन्न सुविधाहरु पाउन सक्नुहुनेछ । यी खाताले थोरै समयको बचतमा पनि धेरै आम्दानी बनाउन मद्दत गर्नेछ ।
२. कर्जाको ब्याज दरमा छुटः
बैंकहरुले तीज पर्वको समयमा महिलाहरुलाई लक्ष्ति गरेर घर जग्गा तथा सवारी कर्जामा नियमित भन्दा अझ कम ब्याज दरहरु दिने योजना सीमित अवधिको लागि मात्र ल्याएका छन् । त्यसैले यो अफरको लागि आजै लाभ उठाउँनुहोस् । कर्जाको विस्तृत जाकारीका लागि यहाँहरुले सरल बैंकिङ सेवालाई सम्पर्क गर्न सक्नुहुनेछ ।
३. बैंकसँग सम्झौता गरेका व्यवसायीहरुले दिएका विशेष छुटहरुः
चाडपर्वको बेलामा बैंकले तपाईहरुलार्ई विशेष गरी किनमेल, भोजन र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छुट प्रदान गर्न विभिन्न व्यवसायहरुसँग सम्झौता गर्छन् । तीजको दर खानलाई बैंकले सम्झौता गरेको होटेलमा जानुहोस् । यी अफरहरुको प्रयोगले आफू र आफ्नो परिवारको साथमा नेपालका विभिन्न होटेलमा खाना खान तथा रिसोर्ट भ्रमण गर्ने आन्नद उठाउन सक्नुहुनेछ । यसबाट तपाईले गर्ने दैनिक खर्चमा पैसा बचत गर्न सक्नुहुन्छ ।
४. उपहार र पुरस्कारहरुः
केही बैंकहरुले प्रवर्धनात्मक अभियानहरु संचालन गर्छन जहाँ महिला ग्राहकहरुले तीज उत्सवमा भाग लिएर आफ्नो सम्मानको रुपमा उपहार, पुरस्कार वा ह्याम्परहरू जित्ने मौका पाउँन सक्नेछन् । तपाईहरुले तीज गीतमा नाँचेर भिडियो बनाई टिकटमा पोस्ट गर्न सक्नुहुन्छ । भिडियोमा धेरै लाइक भ्यूज आउने भाग्यशाली ग्राहकले पुरस्कार स्वरुप नगद उपहार जित्न सक्नुहुन्छ । यहाँहरुले तीज अभियानमा कसरी भाग लिने वा अवलोकन गर्ने भनेर बुझ्नका लागि सरल बैंकिङ सेवालाई सम्पर्क गर्न सक्नुहुनेछ ।
५. क्रेडिट कार्ड विशेष लाभहरुः
यदि हजुरहरु तीजको समयमा बैंकको क्रेडिट कार्ड प्रयोग गरेर सामान खरिद गर्नुभयो भने, तपाईले गरेको खरिदमा बैंकहरुले क्यासब्याक पुरस्कारहरु, किनमेलमा छुटहरु, क्यूआर भुक्तानी, वा निश्चित कारोबारहरुको लागि बोनस पुरस्कार जस्ता सुविधाहरुको साथमा तपाईहरुलाई रमणीय तरिकाले तीज मनाउने अवसर प्रदान गरेको छ ।
६. बीमा योजनाहरुः
तीजको समयमा बैंक खाता खोल्दा बैंकहरुसँग सम्बन्धित बीमा कम्पनिहरुले स्वास्थ्य वा जीवन बीमा जस्ता नीतिहरुद्धारा महिलाहरुको आवश्यकताहरु अनुरुपको लाभहरु सहित बीमा योजनाहरु निकालेका छन् ।
यो योजना बाहेक पनि तीज विशेष योजना सम्बन्धि अधिक जानकारीका लागि सरल बैंकिङ सेवालाई सम्झनुहोस् ।
सरल बैंकिङ्गसेवाले तपाईलाई तीज विशेष अफरहरु लिनका लागि कसरी मद्दत गर्नेछ त ?
बैंकहरुले प्रदान गर्ने तीज विशेष अफरहरुको बारेमा नवीनत्तम जानकारी पाउनको लागि सरल बैंकिङ्ग सेवाले यहाँहरुलाई मद्दत गर्नेछ ।
हाम्रो सम्पर्क नम्बरः
फोनः ९७७–०१–५२६९१०७
व्हाट्सएपः ९८५१३६११०७