28 Jul, 2023

नेपालमा रेमिट्यान्स मुद्दती खाता किन र कसरी खोलिन्छ ?

रेमिट्यान्स मुद्दती खाता वैदेशिक रोजगारीमा रहेका नेपाली (आप्रवासी कामदार) बाट प्राप्त रेमिट्यान्स रकमलाई लक्षित गरेर तिनमा आश्रित परिवारका सदस्यहरु (स्वदेशमा रहेका) ले पनि खोल्न पाउने गरी बैंकले संचालनमा ल्याएको विशेष निक्षेप खाता हो । विदेशमा रहेकाहरुले अनलाइन प्रणालीमार्फत आवेदन दिएर यो खाता सजिलै खोल्न सक्नेछन् ।

रेमिट्यान्स मुद्दती खाताद्धारा तपाईहरुले निश्चित समयावधिको लागि एकमुष्ट रकम जम्मा गर्न सक्नुहुन्छ र मासिक, त्रैमासिक वा जम्ममा गरिएको रकमको परिपक्क समय अवधिको अन्त्यमा ब्याज पाउन सक्नुहुन्छ । रेमिट्यान्स मुद्दती खाताले अन्य सुविधाहरुका साथै विभिन्न किसिमका फाइदाहरु पनि प्रदान गर्दछ, जस्तै :

  • यस खाताले अन्य मुद्दती खाताहरुको  तुलनामा  थप एक प्रतिशत उच्च ब्याजदर प्रदान गर्दछ ।
  • यस खातामा ब्याजदर फिक्स गरिएको हुन्छ र यो बजारको उतार चढावको कारण परिवर्तन हुँदैन् ।
  • अवधि पुरा नभई रकम झिक्नु परेमा मुद्दती निक्षेपको प्रमाणपत्र राखेर कर्जा लिन सकिन्छ ।
  • यो खाता खोल्दा केही बैंकहरुले जीवन बीमा नीतिको सुविधा प्रदान गर्ने हुनाले बाहिरी बीमा गर्दा हुने खर्चबाट बच्न सकिन्छ ।
  • मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता डिजिटल बैंकिङ सेवा पाउन सकिने ।
  • सवारी कर्जा, आवास कर्जा, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा सुविधा पाउन लाभदायी हुन्छ ।

हामीले रेमिट्यान्स मुद्दती खाताको फाइदाहरुको बारेमा अघिल्लो ब्लगमा विस्तृत रुपमा जानकारी दिएका छौँ । जसलाई  यहाँ क्लिक  गरेर हेर्न सकिन्छ । 

रेमिट्यान्स मुद्दती खाता खोल्न आवश्यक पर्ने कागजातहरु :

  • नागरिकता प्रमाणपत्र वा पासपोर्ट
  • रेमिट्यान्स मुद्दती खाताको लागि  रेमिट्यान्स प्राप्त हुने स्रोतको प्रमाण
  • यो खाताको लागि छुटै सामान्य बचत खाता वा रेमिट्यान्स बचत खाता अनिवार्य
  • श्रम स्वीकृति (वर्क प्रमिट)
  • पासपोर्ट आकारको फोटाहरु ।

यदि तपाईहरुसँग माथि उल्लेखित सम्पूर्ण जानकारी र कागजातहरु छ भने  रेमिट्यान्स मुद्दती खाता दुई तरिकाबाट खोल्न सकिन्छ । जुन यस प्रकार छन् :

रेमिट्यान्स मुद्दती खाता अनलाइन मार्फत खोल्नका लागि निम्न चरणहरु छन् :

१. आफ्नो बैंकको नेट बैंकिङ वा मोबाइल बैंकिङ एप लग इन गर्नुपर्छ ।  

२. पोर्टलको फिक्स डिपोजिट सेक्सनमा जानुपर्छ  ।  

३. आवश्यक जानकारी भरेर फारम पेश गर्नुपर्छ । 

रेमिट्यान्स मुद्दती खाता अफलाइन मार्फत खोल्नका लागि निम्न चरणहरु छन् : 

१.रेमिट्यान्स मुद्दती खाताको लागि बैंकको शाखामा गएर आवेदन फारम प्राप्त गर्नुपर्छ ।

२.आवेदन फारम भित्र आवश्यक जानकारी भरेर सम्बन्धित अधिकारीलाई बुझाउनुपर्छ ।

३. आवश्यक रकम जम्मा गर्ने र जम्मा गरिएको रकमको रसिद सङकलन गर्नुपर्दछ ।

(नोटः यदि तपाई रेमिट्यान्स बचत खाता भएको बैंकमा नै रेमिट्यान्स मुद्दती खाता खोल्दै हुनुहुन्छ भने, तपाईको सम्पुर्ण जानकारी पहिले नै बैंकमा भएकोले केवाइसी (नो योर कस्टोमर) प्रक्रिया पुरा गर्नु पर्दैन ।  

यदि तपाई नयाँ बैंकसँग नयाँ रेमिट्यान्स मुद्दती खाता खोल्दै हुनुहुन्छ भने, तपाईले सम्पुर्ण प्रक्रियाको लागि बैंकको अधिकारीलाई सम्पर्क गरी केवाइसी (नो योर कस्टोमर) कागजातहरु र पासपोर्ट आकारको फोटो बैंकलाई पेश गर्नुपर्दछ ।)

विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिहरुको लागि यस खाता मार्फत बैंकहरुले भविष्यको लागि बचत गरी अधिकत्तम प्रतिफल कमाउन सबैभन्दा सुरक्षित र भरपर्दो तरिका प्रदान गर्दछ । यदि तपाईहरुलाई रेमिट्यान्स मुद्दती खाताको बारेमा कुनैपनि जानकारी चाहिएमा  सरल बैंकिङ सेवा  लाई सम्पर्क गर्न सक्नुहुन्छ । 

सरल बैंकिङ सेवाले तपाईलाई कसरी मद्दत गर्नेछ  ?

सरल बैंकिङ सेवाले तपाईंलाई तुलनात्मक रुपमा ब्याज दर सहितको उपयुक्त रेमिट्यान्स मुद्दती खाता छनोट गर्न सक्षम बनाउँछ । साथै हामी तपाईंलाई खाता खोल्ने प्रक्रियाको लागि बैंकहरूसँग सम्पर्क गराउन मद्दत गर्छौं ।  थप जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन, व्हाट्सएप, फेसबुक, मेसेन्जर  र इमेल जस्ता डिजिटल टच पोइन्ट मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । 

हाम्रो सम्पर्क नम्बरः

फोनः ९७७–०१–५२६९१०७ 

व्हाट्सएप : ९८५१३६११०७