19 Dec, 2023

बचत पनि सुरक्षा पनि: जानौं मुद्दती निक्षेप र यसका फाइदाहरू बारे

बचत एक स्थिर वित्तीय जीवनको स्तम्भ हो। पैसा बचत गर्ने महत्त्वलाई बेवास्ता गर्नु हुँदैन। खर्चको उचित व्यवस्थापन गर्नुको साथै अनावश्यक खर्च गर्ने जीवनशैली परिवर्तन गर्नुपर्छ किनकि यसले आपतकालीन समयमा धेरै असुविधा निम्त्याउन सक्छ।सबै संकट पैसाले नै सुल्झाउने त हैन तर यसले तपाईंलाई आर्थिक झट्का सहन बल दिन सक्छ। त्यसैले आज बचतलाई लिएर हामी हरेक नेपालीहरुले प्राय: सुनिरहेको र रोजाइको अग्रपंक्तिमा आउने उत्कृष्ट खाता मध्यको एक 'मुद्दती निक्षेप' खाता बारे जानौं। मुद्दती निक्षेप खाता खोल्नु भनेको कुनै पनि बैंकमा सामान्य बचत खाता खोल्नु जस्तै हो। फरक यति हो कि तपाईंले सहमत भएर हस्ताक्षर गर्दा त्यसमा के-कस्ता सर्तहरु हुनेछन्। निक्षेपको आधारमा मुद्दती निक्षेप

खातालाई निम्न प्रकारमा बुझ्न सकिन्छ।सामान्य मुद्दती निक्षेप - उच्च ब्याज हुने खाता हो जहाँ ग्राहकहरूले तोकिएको समयावधिको लागि एकपल्ट रकम जम्मा गदर्छन् र ब्याज बचत खातामा मासिक, त्रैमासिक वा वार्षिक रुपमा प्राप्त गर्न सक्नेछन्।रिकरिङ्ग मुद्दती निक्षेप - उच्च ब्याज हुने खाता हो जहाँ ग्राहकहरूले तोकिएको समयावधिको लागि आवधिक रूपमा अर्थात् एक भन्दा बढी पटक रकम जम्मा गदर्छन् I रिकरिङ्ग मुद्दतीमा धेरै जस्तो बैंक तथा वित्तिय संस्थाले बचतमा ब्याज जम्मा गर्दिन्छ।क्युम्युलेटिव मुद्दती निक्षेप -यो मुद्दती पनि रिकरिङ्ग मुद्दती जस्तै उच्च ब्याज हुने खाता हो जहाँ ग्राहकहरूले तोकिएको समयावधिको लागि आवधिक रूपमा अर्थात् एक भन्दा बढी पटक रकम जम्मा गदर्छन् र मात्र फरक भनेको यसमा ब्याज बचतमा जम्मा नभएर मुद्दतीमै बस्छ अनि त्यो ब्याजले पनि ब्याज अर्थात् कम्पाउन्डिङ्गआधारमा कमाउन सकिन्छ र मुद्दती निक्षेपको समय समाप्तपछि साँवा र ब्याज एकै साथ निकाल्न सक्नुहुनेछ Iब्याजदरनेपालमा मुद्दती निक्षेपको ब्याजदर बैंक तथा वित्तीय संस्थाहरू अनुसार फरक हुन सक्छ। सामान्यतया, यी दरहरू प्रचलित बैंक दरहरू, सम्बन्धित संस्थाहरूको नीतिहरू, निक्षेपको अवधि, र कहिले काहीँ जम्मा गरिएको रकम जस्ता धेरै कारकहरूमा निर्भर हुन्छन्। ग्राहकहरूले केही महिनादेखि धेरै वर्षसम्मका मुद्दती निक्षेप सर्तहरू रोज्न सक्छन्।अवधिनेपालमा मुद्दती निक्षेपका सर्तहरू धेरै लचिला छन्, जसले ग्राहकहरूलाई आफ्नो लगानीको अवधि छनोट गर्ने विकल्प प्रदान गर्दछ। सर्तहरू केहि  महिनादेखि धेरै वर्षसम्मको हुन सक्छन्। मुद्दती निक्षेपमा अवधिको अहम भूमिका हुन्छ किनकि अवधि पूर्ण रूपमा सकिदा तपाईंले रकम पेनाल्टी-मुक्त निकाल्न सक्नुहुन्छ भने अगाडी निकाल्दा पेनाल्टी तिर्न पर्ने हुन्छ। त्यसैले निक्षेपकर्ताहरूले आफ्नो वित्तीय लक्ष्य र पैसाको आवश्यकताहरूमा आधारित भएर अवधिलाई ध्यानपूर्वक विचार गर्न आवश्यक हुन्छ।प्रिन्सिपल / साँवा रकमयो तपाईंले मुद्दती निक्षेप खोल्दा जम्मा गर्न सहमत भएको रकम हो। मुद्दती निक्षेपको लागि मूल रकम एउटा बैंक तथा वित्तीय संस्थाबाट अर्कोमा फरक हुन सक्छ। ग्राहकहरूले आफ्नो वित्तीय क्षमता र संस्थाको न्यूनतम निक्षेप मापदण्डको आधारमा मूल रकम /साँवा छनोट गर्न सक्छन्।बैंक तथा वित्तिय संस्थातपाईंको मुद्दती निक्षेपको लागि सही बैंक छनौट गर्नु महत्त्वपूर्ण हुन्छ, किनकि विभिन्न बैंकहरूले फरक फरक ब्याजदर र सर्तहरू प्रस्ताव गर्दछन्। तपाईंको वित्तीय लक्ष्यहरूको लागि उत्तम प्रतिफल प्रदान दिने फेला पार्न विभिन्न बैंकहरूबाट प्रस्तावहरू अनुसन्धान र तुलना गर्न सरल बैंकिङ्ग सेवाको मार्गदर्शन लिन सक्नुहुन्छ।तपाईंले आफ्नो मुद्दती निक्षेप खोल्ने बैंकले सम्झौताका पक्षहरू निर्धारण गर्नेछ, जस्तै समयपूर्व निकासी(Pre-mature Withdrawal)।नेपालीहरूले नाफा कमाउनको लागि धेरै भरपर्दो तरिकाहरू खोज्छन्, र विभिन्न विकल्पहरू मध्ये, मुद्दती निक्षेप सधैं एक रहन्छ।मुद्दती निक्षेप खाताको साथमा ग्राहकले उपभोग गर्न सक्ने थुप्रै फाइदाहरू छन्। केही फाइदाहरूबारे जानौं।तपाईंको रकमको सुरक्षातपाईंले निश्चित अवधिका लागि बैंक तथा वित्तिय संस्थालाई आफ्नो ठूलो रकम उपलब्ध गराउने भएकोले, तपाईंको रकमको सम्पूर्ण जिम्मेवारी सबै बैंकले लिनेछ। चाहे चोरी होस् वा प्राकृतिक प्रकोपका जस्ता कारण, पैसा गुमाउछु भनेर डराउनु पर्दैन। एकपटक तपाईंले आफ्नो रकमलाई मुद्दती निक्षेपमा राख्नुभयो र तपाईंको अवधि पूरा भएपछि, बैंकले कुनै पनि मूल्यमा, तपाईंलाई मूल रकम र कर कटौती पछिको ब्याजहरू प्रदान गर्नेछ।दीर्घकालीन लगानीमुद्दती निक्षेप खाताको अवधि बैंक तथा वित्तिय संस्थाको नीति अनुसार ३ महिनादेखि १० वर्षसम्म हुन्छ। यो अवधि पूरा भएपछि, तपाईंले प्रतिफल कमाउनुहुनेछ जुन तपाईंको सपनाहरूको लागि प्रयोग गर्न सकिन्छ, जस्तै घर निर्माण, सम्पत्ति किन्न, आदि। यसले, स्थिर निक्षेपलाई दीर्घकालीन लगानी बनाउँछ। यसबाहेक, तपाईंले यस्तो बचतमा आकर्षक ब्याजदर पनि पाउँन सक्नुहुन्छ।ग्राहकवर्गको चाहना अनुरुप सेवाग्राहकवर्गका विभिन्न माग र चाहना हुन्छन् कसैलाई एउटा उचित र कसैलाई अर्को उचित। त्यसै अनुरुप बैंकहरूले पनि वर्ग फरक हुँदा अवधि, मुद्दतीको साँवा, र ब्याजदर फरक गरि त्यही ग्राहकहरूको समूह अनुरुपको सेवा प्रदान गर्दछ। जस्तै कुनै वर्गलाई रेमिटान्स मुद्दती निक्षेप, र कुनैलाई सामान्य मुद्दती निक्षेप खाता। समयसंगै उत्कृष्ट प्रतिफल(रिटर्न) बैंकहरूले आफ्नो मुद्दती निक्षेपमा राखेको रकम समयसँगै मोटामोटी यति हुन्छ भनेर रकम गुणन गरेका हुन्छन्। तसर्थ, मुद्दती निक्षेपको अन्तिम फाइदाहरू निर्धारण गर्न समय एक महत्त्वपूर्ण कारक बन्छ। यसबाहेक, तपाईं बैंकको मुद्दती निक्षेपले प्रदान गर्ने सुविधाहरु हरेर र कुन समय अवधि तपाईंको लागि उत्तम छ तुलना गर्न सक्नुहुन्छ। मुद्दती निक्षेप राख्दा तपाईंले समय सीमालाई बुद्धिमानीपूर्वक छान्नुपर्छ किनकि अनुचित योजनाले समयभन्दा पहिले निकासी निम्त्याउन सक्छ र तपाईंलाई बैंकले प्रदान गर्ने सम्पूर्ण लाभहरू छुट्न सक्छ।समयपूर्व निकासीको लागि उचित जरिवाना (पेनाल्टी)निक्षेप कारणवश निश्चित समयपूर्व मुद्दती निकासी गर्दा केहि जरिवाना तिर्नु पर्छ। जरिवानाको रूपमा चार्ज गरिएको रकम बैंक तथा वित्तिय संस्थाको नीतिमा निर्भर गर्दछ। सामान्यतया, जरिवाना उचित र सहन सक्ने नै हुन्छ। उच्च ब्याजदरकर्जा लिंदा कम ब्याजदर उत्तम हुन्छ, तर बचत खाताले धेरै र राम्रो ब्याजदर दिओस भन्ने चाहना हुन्छ। तपाईंका यस्तै चाहना अनुरुप बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना नीति अनुसार आकर्षक ब्याजदर भएको निक्षेप खाताहरु प्रस्ताव गर्दछन्।उक्त व्याज दैनिक मौजातको आधारमा हिसाब गरेर त्रैमासिक वा अर्ध वार्षिक आधारमा बचत खातामा जम्मा गरिने गरिन्छ। तसर्थ तपाईंले कति र कुन उच्च ब्याजदरमा लगानी गर्ने भनेर सबैभन्दा उत्तम छनोट गर्न सक्नुहुन्छ। मुद्दती निक्षेपको साथै कर्जा उपलब्ध मुद्दती निक्षेप सुरुगर्दा निश्चित अवधिको लागि पैसा जम्मा गर्ने गर्छौं तर केहि कारणवश रकम अगाडी नै झिक्न पर्ने अवस्था आउँन सक्छ। उक्त अवस्थालाई ध्यानमा राखेर बैंक तथा वित्तिय संस्थाहरूले विकल्पको रुपमा मुद्दती निक्षेपमा जम्मा भएको रकमको ९०% सम्म उचित ब्याजदरमा कर्जा उपलब्ध गर्दछ। यसरी लिने कर्जाको ब्याजदर न्यून हुने भएकाले बुद्धिमानीपूर्वक उपलध कर्जा विकल्प लिन सक्नुहुन्छ ।मुद्दती निक्षेप खाता मूलतः एक लगानी हो जुन सरल र सुरक्षित हुन्छ। सरलमा, मुद्दती निक्षेप भनेको बचतको ब्याजदरबाट हुने कमाई भएकाले यस अवधिमा, निक्षेपमा ब्याज जम्मा हुन्छ। साथै तपाईंले निश्चित अवधि पछि मूल रकम अर्थात् साँवा रकम प्राप्त गर्नुहुनेछ। तसर्थ, धेरै जटिल वित्तिय योजना नगरी सरल बचत योजना गर्ने खोज्ने लगानीकर्ताहरूको लागि, मुद्दती निक्षेपहरू लोकप्रिय बचत विकल्प बन्न सक्छ। यदि तपाईंलाई यो ब्लग उपयोगी लागेमा कृपया यसलाई आफ्ना साथीहरू र परिवारसँग शेयर गर्न अनुरोध गर्दछौं ।