बढ्दो लोकप्रियतासँगै सामाजिक सञ्जाल अब केवल मनोरञ्जनको माध्यम मात्र नभई समाचार र सूचनाको प्रमुख स्रोत पनि बनिसकेको छ। हरेक दिन फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता प्लेटफर्महरूमा स्वास्थ्य, करिअर, वित्तीय योजना र जीवनशैलीसम्बन्धी थुप्रै सल्लाह तथा सुझावहरू देख्न पाइन्छ।
विशेष गरी वित्तीय सल्लाह दिने स्वघोषित ‘गुरु’हरूको बिगबिगी दिन प्रतिदिन बढ्दै गइरहेको छ। 'बचतमा महिनाको १ लाख रुपैयाँ नाफा, हेर्नुहोस् कसरि,' 'नेप्सेमा बुल आउँदै, यो स्टकमा लगानी गर्नुस,' '२१ दिनमै पैसा Double' जस्ता आकर्षक शीर्षक भएका धेरै पोस्टहरू आजभोली हाम्रो फिडमा बारम्बार देखा पर्दछन्। यी दाबीहरू लोभलाग्दा लाग्न सक्छन्, तर के ती वास्तविक पनि हुन् त?
वित्तीय सचेतना नभएका वा आवश्यकतामा परेका व्यक्तिहरू यस किसिमका सुझावलाई आँखै चिम्लेर सिधै अपनाउन सक्छन्। यही कारणले गर्दा ‘Think Before You Follow, Wise Money Tomorrow’ नाराका साथ Global Money Week 2025 संसारभर वित्तीय सचेतना फैलाउन मनाइँदैछ।
सामाजिक सञ्जालमा देखिने वित्तीय सल्लाहहरू सबै सही नै हुन्छन् भन्ने छैन। कसैले वित्तीय विषयमा पोस्ट गर्यो र त्यो भाईरल (viral) भयो भन्दैमा, त्यो व्यक्ति वास्तवमै अनुभवी र दक्ष छन् भन्ने ग्यारेन्टी हुँदैन। कतिपयले आफ्नो व्यक्तिगत अनुभव बाँडिरहेका हुन्छन्, जुन तपाईंको आर्थिक अवस्थासँग मेल नखान सक्छ।
त्यसैगरी, कतिपय व्यक्ति वा इन्फ्लुएन्सर (influencer) हरूले त सिधै कुनै ब्रान्ड वा कम्पनीहरूबाट पैसा लिएर विभिन्न वित्तीय उत्पादनहरूको प्रचार गर्नकै लागि सल्लाह दिइरहेका हुन्छन्। त्यस्तो अवस्थामा, त्यो व्यक्ति स्वतन्त्र रूपमा जानकारी दिइरहेको छ वा कुनै वित्तीय संस्थाबाट पैसा लिएर स्पोन्सर्ड (sponsored) प्रचार गरिरहेको छ भन्ने कुरा जान्नु आवश्यक छ। यदि पोस्ट स्पोन्सर्ड छ भने, त्यसमा दिइएको सल्लाह तथा सुझाव पूर्ण रूपमा निष्पक्ष नहुन पनि सक्छ।
त्यसैले, हरेक वित्तीय सुझावलाई आलोचनात्मक दृष्टिकोणले हेर्नु जरुरी छ – नत्र, त्यस्ता सल्लाहहरूले तपाईंलाई फाइदाभन्दा बढी नोक्सान पुर्याउन सक्छन्।
सामाजिक सञ्जालका केही सुझावहरू वास्तविक अनुसन्धानमा आधारित हुन्छन्, भने केही प्रचार वा ठगीको हिस्सा पनि हुन सक्छन्। त्यसैले, कुन सल्लाह अनुसरण गर्ने र कुन बेवास्ता गर्ने भन्ने कुरा बुझ्नका लागि निम्न उपायहरू प्रयोग गर्न सक्नुहुन्छ।
वास्तविक वित्तिय विज्ञहरु सँग वित्तीय अध्ययन, अनुभव, र प्रमाणपत्रहरू हुन्छन् र उनीहरुले विगतमा दिएका सुझावहरु पनि लाभ्दायिक भएका हुन्छन। साथै उनीहरुले कुनै पनि सुझाव प्रतुस्त गर्दा प्राय: जसो तथ्यांक र वास्तविक उदाहरण समेत राखेर विस्लेषण गर्ने गर्दछन। त्यसैले, कुनै व्यक्ति वित्तीय सल्लाह दिइरहेका छन् भने, उनीको पृष्ठभूमि हेर्न यी कुराहरु याद गर्नुहोस,
विश्वसनीय र भरपर्दो वित्तीय सुझावहरू तथ्यांक र अनुसन्धानमा आधारित हुन्छन्। विज्ञहरूले विभिन्न वित्तीय रणनीतिहरूलाई स्पष्ट रूपमा बुझाउँछन् र जोखिमहरूबारे पनि जानकारी दिन हिच्किचाउँदैनन्।
तर, यदि कुनै पनि सल्लाह "मलाई लाग्छ यो लगानी राम्रो छ" वा "मेरो साथीले गरेको थियो, उसले धेरै नाफा कमायो" जस्ता व्यक्तिगत धारणा र सम्भावनामा मात्रमा आधारित छ भने, त्यसलाई आँखै चिम्लेर विस्वास गर्नु उचित हुँदैन।
त्यसैले आधिकारिक स्रोतहरु बाट प्राप्त सुझावहरु मात्र लिनु पर्ने हुन्छ। जस्तै सरल बैंकिंग सेवा जसले वित्तिय क्षेत्रको सहि अवलोकन गरि बजारमा उपलव्ध सबै किसिमका वित्तिय सेवाहरु सम्बन्धि सत्य तथ्य खबरहरु तथ्यांक र अनुसन्धानसहित प्रदान गर्दछ।
यदि कुनै पनि वित्तीय सुझावले तपाईंलाई रातारात लाखपति बनाउने दाबी गर्छ भने, सतर्क रहनुहोस् – त्यस्ता सल्लाहहरू शंकास्पद हुन सक्छन्। बजारमा आउने उतारचडावले कुनै पनि वित्तीय रणनीति जोखिम रहित हुदैनन्।
तर, तुलनात्मक रूपमा आधिकारिक बैंकिङ सेवाहरू जस्तै फिक्स डिपोजिट (Fixed Deposit), रिकरिङ डिपोजिट (Recurring Deposit), बचत खाता (Savings Account), SIP (Systematic Investment Plan), र आधिकारिक कम्पनीहरूको बीमा योजना (Insurance Policies) जस्ता वित्तीय लगानीहरू केहि हद सम्म सुरक्षित हुन्छन।
त्यसैले हल्लाको सट्टामा, सरल बैंकिंग सेवाको वेबसाईटमा गएर कुन कस्ता वित्तिय सेवाहरु बढी लाभदायिक हुन्छ, आफैले एक्कै ठाउँमा हेर्न र तुलना गर्न सक्नु हुन्छ।
सामाजिक सञ्जालमा Influencers हरुले कुनै कम्पनी वा ब्रान्डसँग प्रतिबद्ध भएर उनीहरुको वित्तिय योजना तथा लगानी उपाएहरुलाई प्रचार गर्ने गर्दछन्। उनीहरुले त्यस किसिमको पोस्टहरुमा Paid-Partnership अथवा Sponsored भनेर राखे पनि झट्ट हेर्दा नदेखिने ठाउँमा हुन्छन, जसले गर्दा प्राय मान्छेहरुलाई थाहा पनि हुँदैन कि त्यो पोस्ट विज्ञापन हो भनेर।
यस्ता वित्तीय सुझावहरू निष्पक्ष नहुन सक्ने भएकाले, तिनलाई अनुसरण गर्ने निर्णय लिनुअघि त्यसबारे अध्ययन गर्नु आवश्यक हुन्छ।
सामाजिक सञ्जालमा पाइने वित्तीय सल्लाह सबै उपयोगी हुँदैनन्। विज्ञता नभएका व्यक्तिहरूबाट आउने सल्लाहले तपाईंलाई वित्तीय नोक्सानीमा पार्न सक्छ। त्यसैले, सल्लाह दिने व्यक्तिको पृष्ठभूमि, तथ्यमा आधारित जानकारी, नाफा र जोखिमको स्पष्ट व्याख्या, र स्रोतको निष्पक्षता जाँच गर्नु अत्यावश्यक छ।
वित्तीय निर्णयमा हतार नगरौं, विभिन्न विश्वसनीय स्रोतहरु जस्तै सरल बैंकिंग सेवा बाट अनुसन्धान गरौं, र सही जानकारीको आधारमा मात्र निर्णय लिऔं – किनभने आजको बुद्धिमानी निर्णयले मात्र भोलिको वित्तीय भविष्य सुरक्षित गर्न सक्छ!
Sign up to discover Saral Banking Sewa