05 Apr, 2024

बैंकिङ्ग सेवाहरुको लागि बैंक छनोट गर्दा विचार पुर्‍याउनुपर्ने कुराहरु

बैंकले तपाईंको वित्तीय पार्टनरको रुपमा काम गर्दछ र तपाईंको लक्ष्यलाई साथ दिंदै तपाईंको पैसा वृद्धि गर्न मद्दत गर्छ। चाहे तपाईं जीवनमा पहिलो बचत खाता खोल्दै हुनुहुन्छ, कर्जा लिने विचार गर्दै हुनुहुन्छ वा लगानी गर्न खोज्दै हुनहुन्छ, तपाईंले छनोट गर्ने बैंकले धेरै प्रभाव पार्न सक्छ। तर नेपालमा यति धेरै बैंकका विकल्प छन्, कसरी छनोट गर्ने भनेर अलमल त हुनु भएको छैन् ? चिन्ता नगर्नुहोस्।आज यस ब्लगमा बैंक छनोट गर्दा विचार गर्नुपर्ने मुख्य कुराहरू केके छन् र सरल बैंकिङ सेवा (SBS)ले तपाईंलाई कसरी गाइड गर्न सक्छ भनेर बुझ्ने छौं।

बैंकिङ्ग सेवाहरु जस्तै कर्जा, डिपोजिट, क्रेडिट कार्ड प्रस्तावहरूका लागि बैंक छनोट गर्दा विचार गर्नुपर्ने मुख्य कुराहरू:

१. बैंकिङ्ग सेवाहरुको प्रकार: 

बैंकले प्रस्ताव गर्ने विभिन्न योजना र प्रकारका बैंकिङ्ग सेवाहरु जस्तै व्यक्तिगत कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, व्यापार कर्जा, क्रेडिट कार्डहरु, बचत खाता, रेमिट्यान्स खाता, मुद्दती निक्षेपहरू, र रेकरिङ्ग डिपोजिट, आदिहरु आफुलाई उपयुक्त र आफ्ना विभिन्न आवश्यकता पुरा गर्छ कि गर्दैन त्यो हेरेर र विचार गरेर बैंक छनोट गर्नुपर्छ।

२. ब्याजदर र शुल्कहरू:

बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गरेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रस्ताव गर्दछ। त्यसैले तपाईंले पनि सेवाहरु छनोट गर्दा आफुलाई अनुकूल हुने ब्याजदर र शुल्कहरू भएको हेर्नुपर्छ। साथै त्यसमा ब्याजदरहरू, वार्षिक शुल्कहरू, लेट(ढिलो) भुक्तानी शुल्कहरू, र विभिन्न बैंकहरूद्वारा प्रस्ताव गरिएका कर्जा, डिपोजिट, र क्रेडिट कार्डसंग सम्बन्धित अन्य शुल्कहरूको तुलना गर्नुपर्छ। 

३. पहुँच र सुविधा

हामी सबैको आ-आफ्नो व्यवहार, काम र व्यस्तता हुन्छ त्यसैले बैंकद्वारा प्रदान गर्ने सेवाहरूको पहुँच र सुविधा जस्तै एटिएम(ATM), इन्टरनेट /मोबाइल बैंकिङ सुविधा, र शाखा स्थानहरूको मूल्याङ्कन गर्नुपर्छ। 

बैंकिङ्ग सेवाहरुमा कस्ता सुविधा छन् भनेर हेर्नुपर्छ जस्तै क्रेडिट कार्डमा अफर, क्यासब्याक, छुट तथा रिवार्ड आदिहरु। साथै, कर्जामा क्रेडिट लिमिट(सिमा) सुविधाहरू, EMI भुक्तानी गर्दाका सुविधाहरू लगायत सुरुमा कारोबार गर्दाका सर्त, सुविधाहरू र लाभहरूको पनि तुलना गर्नुपर्छ।  

४. नीति, नियम र सर्तहरू

बैंक छनोट गर्दा प्रत्येक बैंकिङ्ग सेवाहरुको लागि बैंकको आफ्नै नीति नियम र सम्बन्धित सर्तहरू हुन्छन् जस्तै भुक्तान अवधि, भुक्तान विकल्पहरू, र प्रोसेसिङ्ग शुल्क लगायत अन्य कुनै पनि अतिरिक्त शुल्क आदिहरू। यस प्रकारका बैंकिङ्ग सेवाहरुको नीति, नियम र सर्तहरूको विवरण मूल्याङ्कन गर्नुपर्छ।

५. ग्राहक सपोर्ट

अझै पनि धेरै ग्राहकहरुको लागि बैंकिङ्ग सेवाहरु नयाँ छन्। बैंकिङ्ग सेवाहरुसंग-सम्बन्धित सोधपुछ, व्यवस्थापन र अन्य सहयोगको लागि बैंकले प्रदान गरेको ग्राहक सपोर्टको गुणस्तर कस्तो छ विचार गर्नुपर्छ।

६. बैंकको प्रतिष्ठा र विश्वसनीयता 

तपाईंले बैंकिङ्ग सेवाहरुको लागि बैंक छनोट गर्दा बैंकको आर्थिक स्थिति, सुशासन, नियामक अनुपालन(नीति, नियम, र निर्देशनहरूको पालना)को साथै बैंकको प्रतिष्ठा र विश्वसनीयता बारे हालै कुनै समाचार वा विवादहरू छन् कि छैनन् भनेर रिसर्च गर्नुपर्छ।

डिपोजिट गर्दै हुनहुन्छ भने छनोट गर्ने बैंकले तपाईंको धन सुरक्षित राख्छ कि राख्दैन, सेवा औपचारिक हो वा हैन, समाजमा राम्रो प्रतिष्ठा छ कि छैन, र कर्जा लिंदै हुनहुन्छ भने बैंकको प्रक्रिया सरल छ कि छैन, आदि विचार गर्नुपर्ने हुन्छ।

. फाइनान्सियल(आर्थिक) प्रदर्शन

बैंकिङ्ग सेवाहरुको लागि बैंक छनोट गर्दा फाइनान्सियल प्रदर्शन सूचकहरू जस्तै निष्क्रिय कर्ज़ा (NPA), पूँजी पर्याप्तता अनुपात (CAR), नेट इन्ट्रेस्ट मार्जिन (NIM) आदि प्रयोग गरि हेर्नुपर्छ, यसले आर्थिक रूपमा बैंकले कति राम्रो गर्दैछ भन्ने जाँच गर्दछ। यसको अर्थ के हेर्नु हो भने बैंकले पैसा कति कमाउँदैछ, कर्जा व्यवस्थापन राम्रोसँग गरिरहेको छ कि छैन, र पर्याप्त पैसा रिजर्भमा छ कि छैन भन्ने हो। समग्रमा, भन्नु पर्दा बैंकको आर्थिक प्रदर्शन कस्तो छ भन्ने जनाउँछ। यसले तपाईंको पैसा सुरक्षित छ र बैंकले राम्रो सेवा प्रदान गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।

८.  सुरक्षा र उपायहरू 

बैंक कतिको सुरक्षित छ। बैंकले प्रदान गर्ने बैंकिङ्ग सेवाहरु जस्तै अनलाइन बैंकिङ्ग कारोबार गर्दा बैंकिङ्ग च्यानल सुरक्षित छ कि छैन, स्क्याम(ठगी) अलर्टहरू लगायत अन्य सेफ्टी(सुरक्षा) उपायहरू कस्ता छन्। बैंकले आफ्ना ग्राहकको रकम, कागजात अन्य सबैको सुरक्षालाई प्राथमिकता दिन के कस्ता योजनाहरु र उपायहरू अपनाइरहेको छ। बैंक छनोट गर्दा त्यस कुरालाई विचार गर्नुपर्छ। 

सरल बैंकिङ्ग सेवा (SBS) को साथमा कसरी सबैभन्दा उत्कृष्ट बैंक छनोट गर्न सकिन्छ त ?

१.सजिलै बैंक तुलना गर्न वित्तिय उपकरणहरू:

 नेपालमा बैंकका विकल्प धेरै छन् त्यसमध्य कुन बैंक उत्कृष्ट भन्ने बुझ्न कठिन र धेरै समय लाग्ने हुन सक्छ। त्यस अवस्थामा तपाईंलाई सहज गर्न SBS ले कर्जा तुलना, डिपोजिट तुलना र क्रेडिट कार्ड लगायत अन्य बैंकद्वारा प्रस्ताव गर्ने सेवाहरु तुलना गर्न वित्तिय उपकरणहरू प्रदान गर्दछ।

२. फाइनान्सियल टूल र क्यालकुलेटर

फाइनान्सियल क्यालकुलेटर जस्तै EMI क्यालकुलेटर, रिकरिङ्ग निक्षेप (RD) क्यालकुलेटर, मुद्दती निक्षेप क्यालकुलेटर प्रयोग गरि बैंकद्वारा प्रदान गर्ने कर्जा, लगायत बचतको योजनाहरू तुलना र छनोट गर्न सक्नु हुन्छ। उदाहरण लागि मुद्दती निक्षेप क्यालकुलेटर प्रयोग गर्दा सावाँ रकम, ब्याजदर, समय अवधि राखेर कुन बैंकको सामान्य मुद्दती निक्षेप वा रेमिट्यान्स मुद्दती निक्षेपबाट कति ब्याज कमाउन सक्नुहुन्छ भनेर सजिलै क्यालकुलेट (हिसाब) गर्न सक्नुहुन्छ।

३. शैक्षिक स्रोतहरू

विभिन्न बैंकले प्रस्ताव गर्ने कर्जा र कर्जा प्रकार, विभिन्न डिपोजिट र डिपोजिटका फाइदा, क्रेडिट कार्ड लगायत अन्य वित्तीय ज्ञानका ब्लग, फेसबुक पोस्ट जुन तपाईंको लक्ष्यहरूसँग मिल्दोजुल्दो हुन्छ, त्यसबारे जानकारी दिई सुचित निर्णयहरू लिन  मद्दत गर्दछ।

४. व्यक्तिगत सपोर्ट र सुझाव

SBS ले तपाईंलाई बैंकसंग सम्बन्धित कुनै पनि बैंकिङ्ग कारोबार गर्दा दक्ष्य र अनुभवी टिमद्वारा सपोर्ट गर्दछ। थप तपाईंको विवरण सुरक्षित राखी व्यक्तिगत मेल मार्फत सुझावका साथै तपाईंले कारोबार गर्न खोज्नु भएको बैंकसंग सहज रुपमा जोड्न पनि मद्दत गर्दछ।

अन्तमा, बैंक छनोट गर्ने भनेको तपाईंले आफ्नो लागि गर्ने लगानी हो। बैंकलाई तपाईंले आफ्नो पैसा राख्ने ठाउँ मात्र भन्दा पनि आर्थिक रुपमा सपोर्ट गर्ने एउटा पार्टनर बनाउनु पर्छ। सरल बैंकिङ सेवाको प्रयोग गर्नुहोस्, आफुले रिसर्च गर्नुहोस्, र एउटा बैंक छनोट गर्नुहोस् जसले तपाईंलाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न आजको दिनमा र भविष्यमा सधैं सहयोग गर्नेछ।