05 Mar, 2024

भविष्यको लागि योजना बनाउँदै हुनुहुन्छ? आउनुस् रिकरिङ्ग निक्षेप बारे बुझौं

ताजा र सुमधुर बिहानीसंगै मर्निङ्ग वाकबाट जीवनको सुरवात गर्ने क्रममा आज इन्द्र अङ्कल भेटिनु भयो। इन्द्र अङ्कल तपाईं हामी जस्तै धेरै सपना देख्ने र विभिन्न चाहना भएको व्यक्ति हुनुहुन्छ, जसले समाजको लागि केहि गर्नु पर्छ भन्ने सोच राख्ने र सधैं आफ्नो व्यवसाय राम्रो गर्ने आकांक्षाहरू राख्नुहुन्छ। हिड्दै जाँदा कुरा गर्ने क्रममा हाम्रा धेरै कुराहरु भए, त्यसमध्य "हाम्रो वरपर सफा र हरियाली बनाउँ" भन्ने योजना र योजनाको लागि रिकरिङ्ग निक्षेप मार्फत रकम व्यवस्थापनको विचार सारै मन पर्यो। किनकि उक्त योजना आफ्नो तिवारी जनरल स्टोरबाट आज भन्दा ४ बर्ष अगाडी, ८% ब्याजदरमा नियमित मासिक निक्षेप २०,०००/- जम्मा गरेर, ३ बर्षको समय अवधिको लागि रिकरिङ्ग निक्षेप संचालन गर्दा रु. रु ८,१६,११६ जम्मा भएको रकमले पूर्ण भएको रहेछ।  

इन्द्र अङ्कल समाजको एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ। उहाँको योजना, इच्छा अनुसार तपाईंको इच्छा, योजना नहुन पनि सक्छ। तपाईंलाई अन्य केहि चाहना वा आवश्यकता जस्तै घर, सवारी साधन, उच्च शिक्षा, विवाह, आदिको लागि रकम केहि निश्चित समय पछि भविष्यमा चाहिन सक्छ। 

त्यसकारण, तपाईंले के बुझ्न जरुरी छ भने तपाईंको योजना, चाहना वा आवश्यकता जस्तोसुकै होस्। यदि तपाईं स्थिर आम्दानी भएको नियमित बचतकर्ता, अल्पकालिन देखी दीर्घकालिन योजना खोज्ने, सुरक्षित लगानी वा लगानीको लागि शुरुवातकर्ता हुनहुन्छ भने भविष्यमा चाहिने रकमको लागि तपाईंले पनि इन्द्र अङ्कल जसरी आज देखि रिकरिङ्ग निक्षेप संचालन गर्न सक्नुहुन्छ। किनकि तपाईंको लागि रिकरिङ निक्षेप खाता उत्कृष्ट हुनेछ। तर पहिला रिकरिङ्ग निक्षेप भनेको के हो, यसको विशेषताहरू केके छन्, कसरी क्यालकुलेट गरिन्छ सोच्दै हुनहुन्छ भने नअलमलिनुहोस्। सरल बैंकिङ्ग सेवाले, तपाईंलाई यी सबै बारे विस्तृतमा यस ब्लगमा जानकारी दिनेछ। 

रिकरिङ्ग निक्षेप भनेको के हो?

 रिकरिंग डिपोजिट बैंकहरुले संचालनमा ल्याएको विशेष खाता योजना हो जस अन्तर्गत नियमित आम्दानी भएका व्यक्तिहरुले मासिक रुपमा रकम जम्मा गर्न सक्छन् I यो मुद्दती निक्षेप जस्तै सुरक्षित लगानी गर्नेहरुको लागि एउटा उत्तम उपकरण हो जसले व्यक्तिहरूलाई नियमित जम्मा गर्न र लगानीमा सभ्य प्रतिफल कमाउनुको साथै सहजता प्रदान गर्दछ। 

यद्यपि, हामीले यो पनि जान्न आवश्यक छ कि रिकरिङ्ग निक्षेपहरू मुद्दती निक्षेप/फिक्स्ड डिपोजिट भन्दा फरक हुन्छन्। रिकरिङ्ग निक्षेप धेरै पक्षहरूमा लचिलो हुन्छन्। रिकरिङ्ग निक्षेप खाता भएका व्यक्तिहरुले प्रत्येक महिना एउटा निश्चित रकम लगानी गर्न छनौट गर्न सक्छन् र जम्मा रकम अनुसार उचित ब्याज पनि कमाउनु हुन्छ । सामान्य अर्थमा भन्नु पर्दा रिकरिङ्ग निक्षेप एउटा बचत र संचयी(क्युमुलेटिव) लगानी हो।

रिकरिङ्ग निक्षेप खाताहरूले व्यक्तिहरूलाई आवश्यकता अनुसार अवधि छनौट गर्ने अवसर प्रदान गर्दछ। यद्यपि, ब्याजदर, एक पटक निर्धारण गरेपछि, त्यो कार्यकालमा परिवर्तन गर्न मिल्दैन। निक्षेपको अवधि पुरा भएपछी, एकमुस्ट रकम भुक्तानी गरिन्छ जसमा नियमित लगानी र कमाएको ब्याज समावेश हुन्छ (नोट: तर कतिपय बैंकको नीति नियम अनुसार त्रैमासिक आधारमा पनि बचत खातामा ब्याजदर भुक्तानी गरिन्छ)।

रिकरिङ्ग निक्षेप खाताका केहि विशेषताहरू;

  • रिकरिङ्ग निक्षेप योजनाहरूले मानिसहरूमा नियमित बचत गर्ने बानीको विकास गर्दछ।
  • निक्षेपको न्यूनतम रकम प्रायः बैंक अनुसार भिन्न हुन सक्छ जसमा तपाईंले रू. ५०० जति सानो रकमबाट पनि लगानी सुरु गर्न सक्नुहुन्छ।
  • निक्षेपको न्यूनतम अवधि छ महिना देखि अधिकतम अवधि १० वर्ष सम्मको लागि गर्न सक्नुहुन्छ।
  • ब्याजदर पनि उच्च हुने हुँदा मुद्दती निक्षेप खाताको आसपास वा बराबर हुन सक्छ र बचत खाताको तुलनामा ब्याजदर बढी हुन्छ ।
  • समयपूर्व निकासीहरू प्राय: बैंकहरुका लागि मान्य हुँदैनन्, यद्यपि, बैंकको नीति नियमको आधारमा, बैंकहरूले तपाईंलाई निश्चित सर्तहरूमा परिपक्वता अवधि अघि आफ्नो खाता बन्द गर्न अनुमति दिन सक्छन्। अर्को भनेको तपाईंलाई समयपूर्व निकासीको विकल्प स्वरूप जम्मा रकमको न्यूनतम व्याजदरमा ९०% सम्म कर्जा उपलब्ध पनि हुन्छ।
  • सामान्यतया ग्राहकले बैंकलाई ब्याजदर भुक्तानी विकल्पको लागि दिएको निर्देशनहरू अनुसार आफ्नो बचत वा चालु खातामा रिकरिङ्ग निक्षेप खाताबाट क्रेडिट गर्न सकिछ।

रिकरिङ्ग निक्षेपको अवधि पुरा हुँदाको कुल रकम र ब्याज कसरी क्यालकुलेट गरिन्छ?

रिकरिङ्ग निक्षेप क्यालकुलेटरले तपाईंलाई आफ्नो खर्चमा ध्यान राख्न र अनावश्यक कुराहरू काटेर नियमित X रकम(Regular saving) कति बचत गर्दा अवधि पुरा हुँदा Y रकम (maturity Value) र ब्याज(Interest) प्राप्त गर्न सकिन्छ भनेर हिसाब गर्न मद्दत गर्दछ। उदाहरणको लागि पहिलो अनुच्छेदमा इन्द्र अङ्कलको क्यालकुलेसन(हरहिसाब) हेर्न सक्नुहुन्छ।यसको लागि तपाईंले सजिलै सरल बैंकिङ्ग सेवाको रिकरिङ्ग निक्षेप (RD) क्यालकुलेटर प्रयोग गरेर नियमित मासिक निक्षेप, ब्याजदर, समय अवधि राख्नु पर्ने हुन्छ र कम्पाउन्डिङ फ्रिक्वेन्सी मासिक, त्रैमासिक, अर्धबार्षिक, बार्षिक छनोट गरि भविष्यमा अवधि पुरा हुँदा, तपाईंको जम्मा रकम र ब्याज कति हुन्छ भनेर सजिलै क्यालकुलेट (हिसाब) गर्न सक्नुहुन्छ। 

तपाईंपनि आफ्नो लक्ष्य सेट गर्न र परिपक्व भएपछि तपाईंले प्राप्त गर्नुहुने पैसाको मात्रा निर्धारण गर्न रिकरिङ्ग निक्षेप क्याल्कुलेटर प्रयोग गर्न सक्नुहुन्छ किनकि यसले तपाईंलाई तुरुन्तै परिणामहरू(रिजल्ट) प्राप्त गर्न मद्दत गर्दछ र प्रक्रिया झन्झट-मुक्त हुन्छ।

अन्तमा तपाईं स्थिर आम्दानी भएको नियमित बचतकर्ता हुनहुन्छ भने भविष्यमा चाहिने रकमको लागि रिकरिङ निक्षेप उत्कृष्ट हुनेछ।साथै रिकरिङ्ग निक्षेप खाताले कसरी काम गर्छ? यसका फाइदाहरु के कस्ता छन् र  

रिकरिङ्ग निक्षेपको सहायताले थोरै थोरै गर्दै कसरी आफ्नो धन वृद्धि गर्न सकिन्छ भन्ने बारेमा विस्तृत रुपमा हामीले हाम्रा अगाडीका ब्लगमा जानकारी दिइसकेका छौँ। थप रिकरिङ्ग निक्षेप सम्बन्धित अन्य कुनै पनि जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन (01-5269107), व्हाट्सएप (WhatsApp: 9851361107), फेसबुक र इमेल([email protected]) मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।