24 Jul, 2023

रेमिट्यान्स मुद्दती खाता खोल्नुका ५ मुख्य फाइदा

रेमिट्यान्स मुद्दती खाता   भनेको वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार (आप्रवासी कामदार) तथा तिनमा आश्रित परिवारका सदस्य (स्वदेशमा रहेका) बाट प्राप्त रेमिट्यान्सलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको निक्षेप खाता हो ।   

यस खातामा सेवाग्राहीहरुले रेमिट्यान्सद्धारा विदेशबाट पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा सुरक्षित रुपमा जम्मा गर्न सक्नेछन् । 

अन्य मुद्दती खाताको तुलनामा उच्च व्याजदर प्राप्त हुने यस खातामा बैंकहरुले विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिहरुलाई डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग सेवा, डिम्याट खाता,  दुर्घटना विमा लगायतका विभिन्न किसिमका सेवा सुविधा प्रदान गर्दैै आइरहेका छन् ।

त्यसबाहेक पनि, रेमिट्यान्स मुद्दती खाताका अनेकौ फाईदाहरु छन्,  जुन  यस प्रकार छ :

१. उच्च ब्याजदरः
नियमित बचत खाताको तुलना  मा रेमिट्यान्स मुद्दती खातामा तपाईले उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुन्छ । बैंकहरुले यस खातामा १० प्रतिशत देखी १२ प्रतिशत सम्मको  उच्च व्याजदर उपलब्ध गराउँदै आएका छन् । रेमिट्यान्स मुद्दती खातामा रकम निक्षेप गरेर यदी तपाई पनि हालसम्मकै उच्च व्याजदरको लाभ उठाएर आफ्नो नियमित खर्च व्यवस्थापन गर्न चाहनुहुन्छ भने आजै यस खातामा रकम जम्मा गर्नुहोस् । 

२. सुरक्षित तथा स्थिर लगानीः

रेमिट्यान्स मुद्दती खाताले रेमिट्यान्स प्रयोगकर्ताहरुलाई सुरक्षित र स्थिर लगानीको अवसर प्रदान गर्दछ । तपाईले आफ्नो रेमिटबाट प्राप्त भएको रकमलाई मुद्दती खातामा जम्मा गरेर बजारको आर्थिक उतारचढावबाट जोगाउन सक्नुहुन्छ । साथै, निश्चित समयावधिको लागि मुद्दती खातामा जम्मा गरेको साँवा रकमलाई वैदेशिक रोजगारीबाट फर्किएपछि नयाँ सीप सिक्न वा नयाँ व्यवसायमा सञ्चालन गर्न आवश्यक पर्ने  लगानीका रुपमा प्रयोग गर्न सकिन्छ ।  

३. कर्जा सुविधाः 

तुलनात्मक रुपमा रेमिट्यान्स मुद्दती खाताले तपाईहरुलाई ब्याजको साथमा अन्य थुप्रै प्रकारका लाभहरु प्रदान गर्छ । जस्तै, सवारी कर्जा, आवास कर्जा, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा इत्यादी ।  

यदी तपाईसित पनि रेमिट्यान्स मुद्दती खाता छ भने आजै बैंकमा जानुहोस् र यी सुविधाहरुको उपयोग गर्नुहोस् । 

४. समयावधि छनौटमा लचिलोपनः 

रेमिट्यान्स मुद्दती खातामा बैंकहरुहरुले समयावधि लचिलो बनाएका छन् । बैंकहरुले प्रायः तीन महिना देखी पाँच वर्ष सम्मको कार्यकाल अवधि प्रस्ताव गर्दछन् । तपाईले आफ्नो वित्तीय लक्ष्य अनुसारको लामो वा छोटो समय अवधि छनौट गरी रकम जम्मा गर्न सक्नुहुनेछ । 

५. नियमित र भरपर्दो ब्याज आम्दानीः 

आफ्ना वित्तिय आवश्यकताका लागि यदी तपाई रेमिट्यान्समा  निर्भर हुनुहुन्छ भने तपाईको लागि रेमिट्यान्स मुद्दती खाताद्धारा नियमित ब्याज आम्दानी प्राप्त गर्ने उत्तम विकल्प हुन सक्छ । यसले एफ.डि ( फिक्स्ड डिपोजिट) क्यालकुलेटरको प्रयोग गरेर पूरक आम्दानीको अनुमानित र भरपर्दो स्रोत पहिचान गर्न मद्दत गर्दछ । 

नेपालमा रेमिट्यान्स मुद्दती खाताले उच्च ब्याजदर र पूँजी संरक्षण देखी लचिलो अवधि विकल्प र कर्जा सुविधा जस्ता आकर्षक फाइदाहरु प्रदान गर्दछ । यस खाताले तपाईको रेमिट्यान्सबाट आएको रकम वृद्धिको लागि सुरक्षित र आकर्षक अवसर प्रदान गर्नुको साथै यी खाता मार्फत तपाईहरुले कमाएको रकम बढाउन सक्नुहुन्छ । 

रेमिट्यान्स मुद्दती खातामा  बैंकहरुले प्रदान गर्दै आइरहेको सुविधाबारे थप जानकारी चाहिएमा सरल बैंकिङ सेवा लाई सम्पर्क गर्नुहोस् । 

सरल बैंकिङ सेवाले तपाईको वित्तिय निर्णयलाई सजिलो बनाउन मद्दत गर्दछ । नेपालमा वाणिज्य तथा विकास बैंकहरुद्धारा सञ्चालन गरिने रेमिट्यान्स मुद्दती खाताको ब्याज दर तुलना गर्न यहाँ  क्लिक गर्नुहोस्। थप जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ । 

हाम्रो सम्पर्क नम्बरः

फोनः ९७७–०१–५२६९१०७ 

व्हाट्सएप:  ९८५१३६११०७: