19 Apr, 2024

विदेशको मेहनतको कमाई सुरक्षित गरौं; रेमिट्यान्समा हुने ठगीबाट बचौं

नेपाल पैसा पठाउनु भनेको तपाईंको परिवारप्रतिको प्रेम, समर्पण र जिम्मेवारी हो। यसले तपाईंले गर्नुभएका त्यागहरू, घन्टौं समय गर्नुभएको काम, र तपाईंले साकार गर्न देखिरहनुभएको सपनाहरूलाई प्रतिनिधित्व गर्दछ। दुर्भाग्यवश, ठगी गर्नेहरूलाई यो सबै थाहा हुने हुँदा रेमिट्यान्समा संलग्न विश्वासको शिकार हुन्छन्। त्यसैले, आज यस ब्लगमा हामीले ठगीहरु कसरी संचालन हुने गर्छन्, आफुले कडा परिश्रम गरि कमाएको रकमलाई कसरी सुरक्षित गर्ने, ठगी संका लाग्दा के गर्ने, र प्रत्येक कमाएको रुपैयालाई आफ्नो इच्छित गन्तव्यमा सुरक्षित पुग्न के कस्ता आवश्यक सुरक्षा कदम अपनाउने भन्ने बारे कुराकानी गर्नेछौं। 

सामान्यतय रेमिट्यान्समा हुने ठगीहरु कसरी संचालन हुने गर्छन्  

१.नक्कली रेमिट्यान्स च्यानलहरू

ठगी गर्नेहरूले विदेशी रोजगारदाताहरूलाई उच्च विनिमय दरहरू प्रलोभन देखाई नक्कली रेमिटेन्स च्यानलहरू बनाउन सक्छन्। पीडितहरूपनि उच्च प्रतिफल पाउने विश्वासमा सोहि च्यानलहरू मार्फत रकम ट्रान्सफर गर्दछन्। अन्तमा विदेशमा कसरी पैसा धेरै कमाउने भनिरहेकालाई राम्रो दरहरूको आकर्षक डिल प्रस्ताव गरि लोभ देखाई शोषण गर्दछन्।

ध्यान दिनु पर्ने कुरा: कारोबार सञ्चालन गर्नु अघि रेमिट्यान्स च्यानल र एजेन्टहरू आधिकारिक छ कि छैन प्रमाणित गर्ने र अत्यधिक उच्च विनिमय दर वा रिटर्न /प्रतिफलको आशा देखाउने सम्झौताहरूलाई बेवास्ता गर्नुपर्छ।

२.फिसिङ र नक्कली वेबसाइटहरू

तपाईंको विश्वसनीय बैंक वा रेमिट्यान्स सेवा जस्तो देखिने गरी डिजाइन गरिएको ठग वेबसाइटहरू वा इमेलहरू मार्फत छल गरि तपाईंलाई तपाईंको खाता विवरणहरू राख्न र ठगी गर्ने व्यक्ति(आफ्नो)को खातामा पैसा पठाउन लगाउछन्। 

ध्यान दिनुपर्ने कुरा: बैंक तथा रेमिट्यान्स संस्थाले प्राय सोध्ने भन्दा असामान्य जानकारीको लागि अनुरोधहरू गर्दैछन कि छैनन्, URL हरू वास्तविक वेबसाइट/आधिकारिक जस्तो छ कि छैन् र उनीहरुले प्रयोग गर्ने भाषा वा व्यवहार औपचारिक छ कि छैन्। 

३.लोटरी र पुरस्कारको नाममा हुने ठगी

तपाईं रेमिट्यान्स पठाउने लक्की १०००औं मा पर्नुभयो त्यसैले पुरस्कार/लटरी जित्नुभएको छ भनी सन्देश प्राप्त गर्नुहुन्छ। यसलाई दावी गर्न, तपाईंले शुल्क तिर्नुपर्ने वा आफ्नो व्यक्तिगत विवरणहरू पठाउनु पर्ने हुन्छ भनि पैसा वा महत्त्वपूर्ण विवरण लगी ठगी गर्न सक्छन्।

ध्यान दिनुपर्ने कुरा: विश्वासनै गर्न नसकिने ठुलो रकम वा पुरस्कार, अफर पर्यो, साथै दावी गर्न व्यक्तिगत विवरण र शुल्क तिर्नु पर्ने नत्र नजित्ने, आदि जस्ता सर्त छन् भने पहिला कसरी जित्नुभयो त्यसको पुष्टि गर्न तर्फ लाग्नु पर्दछ।

४.सम्बन्ध बनाई गर्ने स्क्यामहरू

कसैले तपाईंलाई फेक वा रेअल आइडी मार्फत अनलाइन सम्बन्ध बनाउँछन् र तपाईंको विश्वास प्राप्त गर्दछन्।अन्ततः कुनै न कुनै बहानामा तिनीहरू आर्थिक आपतकालिन आविष्कार गरि मद्दत वा पैसाको लागि सोध्छन्। 

ध्यान दिनुपर्ने कुरा: तपाईंले तिनीहरूको कथा जतिसुकै भावनात्मक वा आपतकालिन भएपनि व्यक्तिगत रूपमा नभेटेको कसैलाई पनि पैसा नपठाउनुहोस्।  

५.लगानी घोटाला

उच्च प्रतिफल पाउने प्रलोभन देखाई प्रायः क्रिप्टोकरेन्सी वा अपरिचित योजनाहरूमा लगानी गर्न समावेश गराउछन्। 

ध्यान दिनुपर्ने कुरा: तपाईंले बुझ्नुभएको नियमित लगानीहरू मात्र गर्नुहोस्।अवास्तविक देखिने प्रतिफल(रिटर्न)मा लगानी गर्दा विचार गर्नुहोस्।    

तपाईंको रेमिट्यान्सको सुरक्षा गर्न चाल्नुपर्ने आवश्यक कदमहरू

१.भरपर्दो सेवाहरू छनौट गर्नुहोस्

रेमिट्यान्स सेवाहरू प्रदान गर्ने संस्थाको राम्ररी अनुसन्धान/रिसर्च गर्नुहोस्। नेपाल राष्ट्र बैंकद्वारा नियमन गर्ने, सकारात्मक सेवा र उत्कृष्ट सुरक्षा उपायहरु अपनाउने रेमिट्यान्स सेवाहरू खोज्नुहोस्।सरल बैंकिङ सेवाले तपाईंलाई उत्कृष्ट  रेमिट्यान्स खाताको विकल्पहरू तुलना गर्न मद्दत गर्न सक्छ।

२. सबै कुरा दोहोरो-जाँच गर्नुहोस्

 जहिले पनि पैसाको कुरा आउँदा हतारमा निर्णय नगर्नुहोस्। पठाउनु वा "सेन्ड" मा थिच्नु अघि पाउने व्यक्तिको नाम, खाता नम्बर, ठेगाना, आदि प्रमाणित गर्नुहोस्। एउटा सानो टाईप गर्दा हुने गल्तीले तपाईंको पैसा गलत व्यक्ति सामु पुग्न सक्छ।

३.संवेदनशील डाटा कहिल्यै सेयर नगर्नुहोस्

बैंकहरू र रेमिट्यान्स सेवाहरूले फोन वा इमेलमा तपाईंको OTP, PIN, पासवर्ड, वा खाताको पूर्ण विवरणहरू जस्ता अन्य व्यक्तिगत संवेदनशील डाटा कहिलै पनि सोध्दैनन्, त्यसैले अरुलाई अत्तिकै सेयर नगर्नुहोस्। 

४. निर्णय गर्नु अघि समय लिनुहोस्

यदि वेबसाइट, Request /अनुरोध, वा कुनै परिस्थितिको बारेमा केहि संखा वा महसुस हुन्छ भने, अगाडि नबढ्नुहोस्। तपाईंले विदेशमा मेहेनत गरेको कमाई गुमाउनु भन्दा निर्णय गर्नु अघि सावधान रहनु राम्रो हुन्छ।

यदि तपाईंलाई ठगीको शंका लाग्दा के गर्ने

१. लेनदेन कारोबार रोक्नुहोस्

 यदि सम्भव छ भने, आफ्नो बैंक वा रेमिट्यान्स सेवालाई तुरुन्तै सम्पर्क गर्नुहोस्। उनीहरुलाई अनुरोध गर्नुहोस् ट्रान्सफर गरेको रकम उल्टाउन सक्छन् कि सक्दैनन् वा अन्य अगाडीको कदम के गर्न सकिन्छ कारोबार रोक्न त्यो प्रयास गर्नुहोस्। 

२. रिपोर्ट गर्नुहोस्

 ठगी हुनु अगाडी/ हुँदा कुन प्लेटफर्म(भाइबर, व्हाट्सएप) प्रयोग भएको छ त्यसलाई रिपोर्ट /ब्लक गर्नुहोस्। साथै तपाईंले पैसा पठाउनुभएको कम्पनीलाई पनि सूचित गर्नुहोस्। यदि ठुलो रकम हराएको छ भने तुरुन्तै पुलिसमा रिपोर्ट फाइल  गर्नुहोस्।

३. परिवारलाई चेतावनी दिनुहोस्

स्क्यामरहरू प्राय: तपाईंलाई मात्र भन्दापनि तपाईंको नेटवर्कमा हुने अरूलाई लक्षित गर्छन्। आफ्ना प्रियजनहरूलाई उनीहरूको सुरक्षा गर्न तपाईंमा भएका ठगी प्रयासको बारेमा थाहा दिनुहोस्।

SBS: सुरक्षित रेमिट्यान्समा तपाईंको साझेदार

सरल बैंकिङ सेवा तपाईंलाई रेमिट्यान्स खाता र घरमा पैसा पठाउने बारे सूचित निर्णय लिन र छनौटहरू गर्न मद्दत गर्न प्रतिबद्ध छ।

१.विश्वसनीय तुलना संगै सशक्तिकरण 

SBS ले तपाईंलाई सूचित निर्णय गर्न, वित्तिय उपकरणहरूको प्रयोग गर्न, विदेशमा मेहनतले कमाएको पैसाको सहि सदुपयोग र उचित व्यवस्थापन गर्न सक्षम बनाउँछ। 

२.शैक्षिक स्रोतहरू

SBS ले रेमिट्यान्स खाताहरु, रेमिट्यान्ससंग सम्बन्धित सम्पूर्ण जानकारी र वित्तीय अवधारणाहरू बारे ब्लगहरू र स्रोतहरू प्रदान गर्दछ। साथै ब्लग मार्फत  रेमिट्यान्स सुरक्षा बारे थप जानकारी पनि दिनेछौं। 

३.पारदर्शिता

तपाईंलाई रेमिट्यान्स खाताहरूको ब्याजदरहरू, शुल्कहरू, र सुविधाहरू जस्ता महत्त्वपूर्ण विवरणहरू एकै ठाउँमा सजिलै तुलना गर्न मद्दत गर्दछ। 

अन्तमा हामीलाई हाम्रा बैंक वा अन्य धेरै मध्यमबाट बारम्बार ठगी बारे सुन्दासुन्दै पनि आफु ठगीको सिकार हुन पुग्छौं किनकि ठगी गर्ने व्यक्तिपनि यी सबै जानकारी, हाम्रा प्रलोभन, हाम्रा परिवार र प्रियजनको  आवश्यकता, आदिलाई नै लक्ष्य गरि ठगी गर्ने गर्दछन। तसर्थ, सतर्क रहनुहोस् विश्वसनीय सेवाहरू प्रयोग गर्नुहोस्, र SBS मार्फत सुरक्षित र उत्कृष्ट रेमिट्यान्स खाता छनोट गरि भरपर्दो मध्यमबाट मात्र रेमिट्यान्सको कारोबार गर्नुहोस्।