06 Dec, 2023

शैक्षिक कर्जा बारे आम मानिसको बुझाई र त्यसबारे उहाँहरुका अवधारणा

शैक्षिक कर्जा विशेष रूपमा शिक्षा प्राप्ति गर्न अर्थात् नेपाल वा विदेशमा उच्च शिक्षाको अध्ययन खर्चको लागि प्रदान गरिने कर्जा हो। यसले विधार्थीहरुलाई उच्च शिक्षा प्राप्ति, कलेज वा विश्वविद्यालयका लागि आवश्यक पर्ने आर्थिक सहयोग प्रदान गर्दछ। शैक्षिक कर्जाको मुख्य उद्देश्य भनेको नै शिक्षा प्राप्ति गर्ने विधार्थीहरुको आर्थिक सहायता गर्ने हो।

यस्ता शैक्षिक कर्जाका विविध प्रकारहरू हुन्छन्, जसमा सरकारी कर्जा, बैंक वा वित्तीय संस्थाहरूबाट प्रदान गरिने कर्जा आदि हुन्छन्। यी कर्जाहरूले विधार्थीहरुलाई अनुदान, विद्यालयको शुल्क, बसोबास, पुस्तकहरू र अन्य शैक्षिक खर्चहरूको लागि आर्थिक सहायता प्रदान गर्दछ। शैक्षिक कर्जाको सोहि विषयलाई लिएर आज हामी( सरल बैंकिङ्ग सेवा) बैंक वा वित्तीय संस्थाहरूबाट प्रदान गरिने शैक्षिक कर्जा बारे आम मानिसको बुझाई र त्यसबारे उहाँहरुका  मिथक र गलत धारणाहरूमा चर्चा गर्नेछौं।

हामी आजभोलि दिन प्रति दिन विद्यार्थी बाहिरिरहेको अवस्था हेरेर के अर्थ लगाउन सक्छौं भने नेपाल निस्सन्देह एउटा देश हो जहाँबाट धेरै विद्यार्थीहरू विश्वभर उच्च शिक्षा हासिल गर्न चाहन्छन्। सुविधा सम्पन्न देशमा अध्ययनको लागि आवश्यक पर्ने अन्य खर्चहरु र त्यहाँको रहनसहनसंग घुलमिल नहुँदासम्म अर्थात् विश्वविद्यालय र कलेजको फी(धेरै जस्तो प्रथम वर्ष) आफै तिर्न सक्षम नहुँदासम्म विद्यार्थीहरूको लागि कर्जाले स्वतः एउटा अहम भूमिका निर्वाह गर्दछ। उनीहरूका रोजाईमा प्राय अध्ययन गर्न छनौट हुने राष्ट्र अष्ट्रेलिया, जापान, न्यूजील्याण्ड, क्यानडा, युनाइटेड किंगडम र संयुक्त राज्य, आदि जस्ता हुने गर्छन् । UNESCO रिपोर्ट अनुसार सन् २०२२ मा विदेशमा अध्ययन गर्ने नेपालबाट ९५,२६८ विद्यार्थीहरूमध्ये ४०,७५२ (४२.७७%) विद्यार्थी अष्ट्रेलियामा, १८,४३६ (१९.३५%) विद्यार्थी जापानमा, १३,५७४ (१४.२४%) भारतमा र १२,६२६०% (१३.६२८%) अमेरिकामा पढेका गएका थिए। साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्धयन अनुसार हालसम्मको विश्वभर शिक्षाको लागत वर्षैपिच्छे बढ्दै गएको पाइन्छ। त्यसकारण नेपाली विद्यार्थीहरू विदेश सोहि राष्ट्रहरुमा अध्ययन गर्न इच्छुक भएकाले शैक्षिक कर्जा लिनु सामान्य भएको छ।

समय अनुसार शिक्षा प्रणाली पनि परिवर्तन हुँदै गएको छ देशमै पनि नयाँनयाँ कोर्षहरु र बाहिरका विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजहरुले शिक्षा दिइरहेको अवस्था छ। डाक्टर, इन्जिनियरिङ्ग, लगायत अन्य कोर्षहरु गर्दा पनि शैक्षिक कर्जाले एउटा अहम भूमिका खेलिरहेको हुन्छ। नेपालमा कुल जनसङ्ख्याको १७.६ प्रतिशतले मात्रै कर्जा सुविधा प्रयोग गरिरहेका छन्, र त्यसमा पनि शैक्षिक कर्जा लिनेहरु संख्या न्यून रहेकाले जो पहिले वित्तीय लगायत अन्य बैंक सम्बन्धित जानकारी प्राप्त गर्न झन्झट मान्नेहरुको लागि यस सरल बैंकिङ्ग सेवाले प्रदान गर्ने विविन्न वित्तीय सरलीकरण, कर्जा जानकारी, र छनोटहरूले तपाईंहरुलाई पक्कै पनि लाभ हुनेछ भन्ने विश्वास गरेका छौं ।

नेपालमा शैक्षिक कर्जाको बारेमा धेरै मिथक र गलत धारणाहरू छन्, जसले विद्यार्थी र उनीहरूको परिवारमा धेरै भ्रम वा गलत बुझाई सिर्जना गर्न सक्छ। यी मिथकहरू मध्ये केही हामीले समावेश गरेका छौं :

शैक्षिक ब्याजदरहरू सबैमा स्थिर र समान हुन्छन्

विभिन्न बैंक तथा वित्तीय संस्थाहरू बीच शैक्षिक ब्याजदर फरक हुन्छ। सबैभन्दा अनुकूल विकल्प फेला पार्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रस्तावित ब्याजदरहरू र सर्तहरू तुलना गर्न महत्त्वपूर्ण हुन्छ। साथै हामी तपाईंलाई के पनि जानकरी दिन्छौं भने उक्त ब्याजदरहरू र सर्तहरू तुलना गर्न र यसलाई सरलीकारण गरि तपाईंहरुलाई उचितशैक्षिक कर्जाको निर्णय दिन सरल बैंकिङ्ग सेवा सदैव तत्पर रहनेछ।    

शैक्षिक कर्जा उच्च आय भएका परिवारहरूको लागि मात्र उपलब्ध हुन्छ

शैक्षिक कर्जाहरू विभिन्न आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई समर्थन गर्न डिजाइन गरिएको हो। बैंक तथा वित्तीय संस्थाहरूले प्रायः उच्च आय भएका परिवारमा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा परिवारको नियमित, पर्याप्त र स्थिर आम्दानी लगायत आवेदकको शैक्षिक योग्यता र भविष्यको कमाइको सम्भावनालाई विचार गदर्छन्।

कर्जा चुक्ता तुरुन्तै गर्नुपर्छ

एउटा गलत धारणा के छ भने विद्यार्थीहरूले स्नातक पछि तुरुन्तै कर्जा तिर्न सुरु गर्नुपर्छ। यद्यपि, धेरै शैक्षिक कर्जाहरूको ग्रेस अवधि(Moratorium Period) हुन्छ, जसको अर्थ तपाईंले(कर्जा लिने व्यक्ति) ब्याज मात्र भुक्तानी गर्नुपर्ने हुन्छ तर Monthly EMI भुक्तानी गर्नु पर्दैन।यो अवधि ३ महिना वा ६ महिना र अधिकतम एक वर्ष सम्म हुन सक्छ।

उच्च ब्याजदरहरू

अर्को विश्वास के छ भने शैक्षिक कर्जामा उच्च ब्याजदरहरू हुन्छन्, जसले गर्दा विद्यार्थीहरूलाई कर्जा लिएको रकम फिर्ता गर्न गाह्रो बनाउँछ। वास्तवमा, शैक्षिक कर्जामा ब्याजदर हरू भिन्न हुन सक्छन्। आर्थिक वर्ष २०७९ /२०८० अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले कुल ११९ जना योग्य विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा शिर्षकमा शैक्षिक कर्जा प्रदान गरेको छ। उक्त कर्जा लिनेहरुमा योग्य विद्यार्थीहरूको लागि उचित सुहुलियतपूर्ण कर्जा प्रस्ताव गरिएको छ। 

कर्जा स्वीकृतिको लागि अयोग्य

धेरै विद्यार्थीहरूले शैक्षिक प्रदर्शन, वित्तीय पृष्ठभूमि, वा कोर्ष छनौट जस्ता विभिन्न कारणहरूले गर्दा उनीहरू शैक्षिक कर्जाको लागि अयोग्य छन् भन्ने सोच्छन्। यथार्तमा यो हैन, कर्जा योजनाहरूको मापदण्डहरू फरक फरक हुन्छन्, र बैंक तथा वित्तीय संस्थाले विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई योग्यता, आवश्यकता, वा अन्य कारकहरूमा आधारित भएर सहायता प्रदान गर्दछन्।   

कर्जा स्वीकृतिमा कठिनाई

सामान्य तय सबैको बुझाई के छ भने शैक्षिक कर्जा प्राप्त गर्न एकदमै झन्झट, लामो समय र कठिन प्रक्रिया हुन्छ। जबकि यो हैन्, किनकि कर्जा स्वीकृति गर्दा पालना गर्नुपर्ने आवश्यक प्रक्रियाहरू हुन्छन्, उचित कागजातहरू र योग्यता मापदण्डहरू पूरा भएमा, विद्यार्थीहरूले शैक्षिक कर्जा तुलनात्मक रूपमा सहज रूपमा प्राप्त गर्न सक्छन्।

बेरोजगार भएमा ऋण तिर्न आवश्यक हुँदैन

कसैको बुझाई आफ्नो पढाई पूरा गरेपछि बेरोजगार रहेमा कर्जा तिर्नै पर्दैन भन्ने गलत अनुमान गर्छन्। यद्यपि, यो गलत हो कर्जा सम्झौताहरू सामान्यतया एक निश्चित अवधि पछि रोजगार स्थितिको पर्वाह नगरी चुक्ता गर्न आवश्यक हुन्छ।

यी विभिन्न मिथकहरू र गलत धारणाहरू बुझ्न विद्यार्थीहरू र उनीहरूका परिवारहरूलाई नेपालमा शैक्षिक कर्जा पछ्याउने बारे सूचित निर्णयहरू गर्न महत्त्वपूर्ण हुन्छ। विभिन्न कर्जा विकल्पहरू राम्ररी अनुसन्धान गर्न, नियम र सर्तहरू बुझ्न, र व्यक्तिगत परिस्थितिहरूमा उपयुक्त उत्तम छनौट गर्न सरल बैंकिङ्ग सेवा सधैं तपाईंहरुको साथमा हुनेछ। किनकि बैंकको सम्पूर्ण ब्याजदर, अफर र EMI क्यालकुलेटर  एकै ठाउँमा उपलब्ध हुँदा तपाईंहरुले सजिलै सबैभन्दा अनुकूल सर्तहरू र ब्याजदरहरू फेला पार्न विभिन्न बैंकहरू र कर्जाको विकल्पहरू रिसर्च र तुलना गरि शैक्षिक कर्जाको उचित व्यवस्थापन गर्न सक्नुहुनेछ। 

अन्तमा हामी हजुरहरुलाई यस किसिमका गलत धारणाहरू परिवर्तन गरेर शैक्षिक कर्जा बारे गहन अनुसन्धान गर्न आवश्यक छ भन्ने बुझ्न र उपलब्ध विकल्पहरू पत्ता लगाएर सबैभन्दा उपयुक्त शैक्षिक कर्जा खोज्न सरल बैंकिङ्ग सेवाका विशेषज्ञहरूबाट मार्गदर्शन लिन सक्नुहुनेछ भनि जानकारी गर्दछौं।