रेमिट्यान्स पठाउनुहुन्छ? अब यसरी खोल्नुहोस् नेपालमा रेमिट्यान्स बचत खाता
06 Jun, 2025

नेपालमा रेमिट्यान्स बचत खाता कसरी खोल्ने? सरल प्रक्रिया

विदेशमा पसिना बगाएर कमाएको पैसा, यहाँ घरमा सुरक्षित पठाउने माध्यम मध्य रेमिट्यान्स बचत खाता (Remittance Savings Account) सबै भन्दा उत्कृस्ट विकल्प हो। नेपालको अर्थतन्त्र नै रेमिट्यान्समा निर्भर भयकाले, बैंकहरुले विदेशमा रहनु भयका नेपालीहरुमा आधिकारिक बैंकिंग च्यानेलको प्रयोग प्रोत्साहन गर्न अन्य बचत खाताको तुलनामा रेमिट्यान्स खातामा १ प्रतिशत बडी ब्याजदर दिने गर्छन्।

त्यसैले, यदि तपाईं वैदेशिक रोजगारीको क्रममा विदेश जान लाग्नुभएको छ वा पुगिसक्नुभएको छ तर अझै रेमिट्यान्स बचत खाता खोल्नुभएको छैन, भने यो ब्लग पोस्ट तपाईंका लागि अत्यन्त महत्वपूर्ण हुन सक्छ। यसमा हामीले रेमिट्यान्स खाता कसरी खोल्ने, के के कागजात चाहिन्छ, र कुन बैंकमा खाता खोल्दा बढी फाइदा हुन्छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गरेका छौँ।

रेमिट्यान्स बचत खाता खोल्न के के कागजातहरू चाहिन्छ?

यदी तपाई आफैले रेमिट्यान्स बचत खाता खोल्न लाग्दै हुनुहुन्छ भने तपाईंले निम्न कागजातहरूको प्रतिलिपि तयार गर्नु पर्ने हुन्छ:

१. श्रम स्वीकृती अर्थात् वर्क परमिट

२. नागरिकता वा राहदानी (पासपोर्ट)

३. राष्ट्रिय परिचय पत्र 

४. हालै खिचेको पासपोर्ट साइज फोटो

रेमिट्यान्स बचत खातामा इच्छाईएको व्यक्ति राख्नु हुन्छ भने इच्छाईएको व्यक्तिको पासपोर्ट साइज फोटो र सो व्यक्तिको पहिचान खुल्ने प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। 

साथै विदेशमा हुनुहुन्छ र राष्ट्रिय परिचय पत्र नभएको खण्डमा नेपाल आएको ३५ दिनभित्र बुझाउन पर्ने हुन्छ। 

यदि तपाईँको परिवारका सदस्यले रेमिट्यान्स बचत खाता खोल्न चाहनुहुन्छ भने, माथि उल्लेखित कागजातहरू बाहेक रेमिट्यान्समार्फत प्राप्त रकमको रसिद, पर्ची वा वैदेशिक रोजगारमा संलग्नता देखाउने कागजात पनि आवश्यक पर्छ।

रेमिट्यान्स बचत खाता कसरी खोल्ने?

तपाईले रेमिट्यान्स बचत खाता दुई तरिकाले खोल्न सक्नु हुन्छ, अनलाईन मार्फत डिजिटल आवेदन र कुनै बैंक शाखामा गएर।

(क) अनलाईन प्रक्रिया

रोजगारको क्रममा विदेशमा हुनुहुन्छ भने, तपाईंले रेमिट्यान्स बचत खाता अनलाइनमार्फत नै खोल्न सक्नुहुन्छ। 

त्यसका लागि सरल बैंकिंग सेवा (Click to Open Remittance Account) वा बैंकको आधिकारिक वेबसाईटमा गएर अनलाईन फारम भर्नुपर्छ। त्यसपछि माथि उल्लेखित कागजातहरुको डिजिटल स्क्यान गरेर अपलोड गरि तपाईले रेमिट्यान्स बचत खाता खोल्न सक्नु हुन्छ।

(ख) बैंक शाखा मार्फत

यदि तपाईं नेपालमै हुनुहुन्छ वा नजिकैको बैंक शाखामा जान मिल्ने अवस्थामा हुनुहुन्छ भने, बैंकमा गई आवश्यक फारमहरू भरेर सजिलै रेमिट्यान्स खाता खोल्न सक्नुहुन्छ। 

कुन कुन बैंकहरूमा रेमिट्यान्स बचत खाता खोल्न सकिन्छ?

नेपालमा प्रायः सबै वाणिज्य तथा विकास बैंकहरूले रेमिट्यान्स बचत खाताको सुविधा उपलब्ध गराएका छन्, त्यसैले तपाईंले कुनै पनि बैंकमा सजिलै खाता खोल्न सक्नुहुन्छ। तर रेमिट्यान्स खाताको ब्याजदर र सेवा सुविधा बैंकअनुसार फरक–फरक हुने भएकाले, सबैभन्दा धेरै ब्याजदर र उपयुक्त सुविधाहरू उपलब्ध गराउने बैंक छनोट गर्नु प्रभावकारी हुन्छ।

त्यसैले खाता खोल्नु अघि सरल बैंकिंग सेवाको वेबसाइटमा गई, कुन बैंकले रेमिट्यान्स खातामा उत्कृष्ट ब्याजदरका साथै अतिरिक्त सुविधा दिएको छ भन्ने कुरा हेरी, एक–आपसमा तुलना गरेर मात्र निर्णय लिनुपर्छ। यसरी सोचविचार गरेर खाता खोल्दा तपाईंको विदेशको मिहिनेतले कमाएको रकममा अझ बढी लाभ लिन सकिन्छ।

कुन कुन बैंकहरूमा रेमिट्यान्स बचत खाता खोल्न सकिन्छ?

निस्कर्ष (आजै रेमिट्यान्स बचत खाता खोलेर, भविष्य सुरक्षित गरौं)

रेमिट्यान्स बचत खाता विदेशमा रहेका नेपालीहरूका लागि मात्र नभएर, उनीहरूका परिवारहरूका लागि पनि सुरक्षित र लाभदायक विकल्प हो। यसले विदेशबाट पठाइएको रकम सुरक्षित राख्ने मात्रै होइन, बैंकको उच्च ब्याजदर र अन्य सुविधाबाट पनि लाभ लिन मद्दत गर्छ।

विदेशमा मिहिनेतले कमाएको पैसा सही ठाउँमा सुरक्षित राख्न अब ढिलाइ नगर्नुहोस् — आजै सरल बैंकिंग सेवाको वेबसाइटमा गई बैंकको सेवा र ब्याजदर तुलना गर्नुहोस्, र रेमिट्यान्स बचत खाता खोल्नका लागि आवेदन दिनुहोस्।