18 Aug, 2023

के तपाई पनि रिकरिङ डिपोजिट खाता खोल्न चाहनुहुन्छ ? हुन्छ भने यस्तो छ प्रकृया

के तपाई आफ्नो पैसा बचत गर्न निश्चित समयावधिमा निर्धारित रकमको नियमित भुक्तानी गरेर लगानीमा उच्च प्रतिफल कमाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने आजैदेखि बैंकमा रिकरिङ डिपोजिट  (Recurring Deposit) खाता खोल्नुहोस् र निरन्तर र सहज रुपमा बचत गर्नुहोस् ।  रिकरिङ डिपोजिट खातालाई बजारको उतार चढाबले कुनैपनि किसिमको असर गर्दैन । यो खाता तुलनात्मक रुपमा जोखिममुक्त हुन्छ । स्थिर आम्दानी भएका नियमित बचतकर्ताहरु, अल्पकालिन देखी दीर्घकालिन योजना खोज्नेहरु, व्यापार घाटाबाट टाढा रहने व्यक्ति, लगानी शुरुवातकर्ताहरुका लागि रिकरिङ डिपोजिट खाता उत्कृष्ट हुनेछ ।रिकरिङ डिपोजिटको बारेमा हामीले यस अघिका ब्लगहरुमा चर्चा गरिसकेका छौँ । उक्त ब्लगमा हामीले यस खाताले कसरी काम गर्छ ? यसका

फाइदा के कस्ता छन् भन्ने बारेमा विस्तृत रुपमा जानकारी दिइसकेका छौँ ।  आजको ब्लगमा भने हामी तपाईहरुलाई आरडी खाता कसरी खोलिन्छ ? यसका लागि आवश्यक पर्ने प्रकृया के के हो भन्ने बारेमा विस्तृत रुपमा जानकारी दिने छौँ ।  सामान्यतया रिकरिङ डिपोजिट खाता दुई तरिकाले खोल्न सकिन्छ :  • बैंक शाखामा उपस्थित भएर  • अनलाइन द्धारा  यदि तपाई बैंक शाखामा गएर रिकरिङ डिपोजिट खाता खोल्न चाहनुहुन्छ भने तपाईले निम्न लिखित प्रकृयाहरु पार गरेको हुनु पर्नेछ ।  १. आफ्नो सामान्य बचत खाता भएको स्थानीय बैंक शाखामा जाने ।  २. बैंकबाट आवेदन फारम प्राप्त गरी उक्त फारम भर्ने ।  ३. उक्त फारमको आधारमा बैंकले सामान्य खातामा भएको पैसालाई आरडी एकाउन्टमा ट्रान्सफर गर्छ । त्यसका लागि आवश्यक पर्ने रकम खाता खोले पछि उक्त खातामा पहिलो मासिक किस्ताको भुक्तानी चेक वा नगद मार्फत गर्न सकिन्छ ।  ४. यति गरिसकेपछि तपाईले दर्ता गर्नु भएको मोबाइल नम्बर वा इमेलमा बैंकले मेसेज पठाउनेछ ।  अन्यथा, निम्न लिखित प्रकृया अपनाएर तपाईले घर वा अफिसमै बसेर अनलाइन प्रणाली मार्फत रिकरिङ डिपोजिट खाता खोल्न सक्नुहुनेछ ।अनलाइन प्रणाली मार्फत रिकरिङ डिपोजिट खाता खोल्ने प्रकिृया :१. इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ मार्फत यूजर आइडी र पासर्वड प्रयोग गरेर आफ्नो खातामा लगइन गर्नपर्छ ।  २. (RD) खाता खोल्ने विकल्पमा क्लिक गर्नुपर्छ । (यदि उक्त विकल्प स्क्रिनमा नदेखिएमा सर्च बारमा सर्च गर्नुहोस् । )  ३. त्यसपछि तपाईको मोबाइलको स्क्रिनमा आरडी फारम खुलेर आउँने छ ।  ४. उक्त फरममा भित्र मासिक रुपमा रकम भुक्तानी गरिने सामान्य खाताको खाता नम्बर लेख्ने, हकदार (Nominee) को नाम उल्लेख गर्ने, जम्मा गरिने मासिक रकम र परिपक्वता अवधि चयन गर्ने,  ५. आफ्नो विरणहरु प्रमाणित गरिसकेपछि सबमिट बटनमा क्लिक गर्ने ।  ६. इति गरेपछि तोकिएको मासिक किस्ता रकम खाताबाट काटिनेछ र दर्ता गरिएको इमेलमा रकम काटिएको रसिदको साथै मेल पठाईनेछ ।  स्मरण रहोस्, नेपालका केही बैंकहरुले मात्र अनलाइन प्रणाली मार्फत रिकरिङ डिपोजिट खाता खोल्ने सुविधा प्रदान गर्दै आएका छन् । तपाईहरुले पनि आफ्नो समयको बचत गर्न, दक्षता, पारदर्शिता र छिटो स्वीकृति प्रक्रियाका लागि यो सुविधाको उपभोग गरी आजै अनलाइन (RD) खाता खोल्न सक्नुहुनेछ ।  सरल बैंकिङ सेवाले तपाईलाई रिकरिङ डिपोजिट खाता खोल्न कसरी मद्दत  गर्छ ?  सरल बैंकिङ सेवाले तपाईंलाई तुलनात्मक रुपमा ब्याज दर सहितको उपयुक्त रिकरिङ डिपोजिट खाता छनोट गर्न सक्षम बनाउँछ । बैंकहरुद्धारा प्रदान गरिने विभिन्न किसिमका कर्जाहरु, ब्याज दरहरु, सुविधाहरु र फाईदाहरु तुलना गर्न अनुमति दिन्छ । साथै हामी तपाईंलाई खाता खोल्ने प्रक्रियाको लागि बैंकहरूसँग सम्पर्क गराउन मद्दत गर्छौं । थप जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।  हाम्रो सम्पर्क नम्बरःफोनः ९७७–०१–५२६९१०७  व्हाट्सएप: ९८५१३६११०७