अहिलेको खर्चिलो जीवनशैली र बढ्दै गएको महंगीको बीचमा, प्रायः नेपाली नागरिकहरूले आफ्नो रिटायरमेन्ट योजनालाई प्राथमिकता दिन थालेका छन् र रिटायरमेन्टको लागि पुग्ने रकम जम्मा गर्नु सबैको प्रमुख चिन्ता बनिसकेको छ। त्यसैले, फिक्स डिपोजिट र बचत खाता नेपालमा विशेष गरी लोकप्रिय बनेका छन्, र यसको प्रमुख कारण भनेको अन्य लगानी विकल्पहरूमा भन्दा न्यूनतम जोखिम र स्थिर नाफा हो।
तर के फिक्स डिपोजिट र बचत खाता मात्र रिटायरमेन्टको लागि पर्याप्त होलान त? के आफुले मेहनत गरेर जम्मा गरेको पैसामा आउने स्थिर नाफाले तपाइको बुढेसकालको भविष्यलाई सुरक्षित र आरामदायक बनाउला? आउनुहोस् यो ब्लगपोस्टमा फिक्स डिपोजिट र बचत खातामा मात्र रिटायरमेन्टको लागि बचत गर्दा हुने फाइदा/ बेफाइदाहरू र अन्य विकल्पहरुको चर्चा गरौं।
फिक्स डिपोजिट अर्थात मुद्दति निक्षेप भनेको न्यूनतम जोखिम भएको एक वित्तीय सेवा हो जसमा केहि निश्चित अवधिका लागि आफ्नो रकम बैंक वा कुनै वित्तीय संस्थामा राखिन्छ। निर्धारित बचतको समयावधि सकिएपछि तपाईले बचत गर्नु भएको सावा रकम र तोकिएको ब्याजदर अनुसार ब्याज प्राप्त गर्नुहुनेछ।
तर बढ्दो महंगी र पैसाको खस्किदो किन्न सक्ने क्षमतालाई विचार गर्ने हो भने फिक्स डिपोजिट र बचत खाताले प्रदान गर्ने नाफा मात्र दीर्घकालीन रिटायरमेन्ट योजनाको लागि पर्याप्त हुदैन। तर यसको मतलब फिक्स डिपोजिट र बचत खाताको दीर्घकालीन रिटायरमेन्ट योजनामा कुनै फाइदानै नभएको भने होइन। त्येसैले यसका फाइदा र सीमाहरू के के छन् हेरौं।
फिक्स डिपोजिटमा तपाईंले निर्धारित अवधि भित्र नियमित रूपमा प्राप्त गर्ने ब्याज रकम निश्चित हुन्छ, जसले गर्दा तपाईंले निर्धारित अवधि सकिएपछि कति रकम पाउनुहुन्छ, त्यो अवधि अगाडि नै थाहा हुन्छ।
फिक्स डिपोजिटमा बजारको अर्थतन्त्रमा आउने उतारचढाव अथवा तरलताले कुनै असर पार्दैन, जसले गर्दा तपाईंको बचत रकम सुरक्षित रहन्छ। त्यसरी, फिक्स डिपोजिट र बचत खातामा राख्नु भएको पुंजी नेपाल राष्ट्र बैंकद्वारा संरक्षित पनि हुन्छ।
साधारण बचत खाताहरुको तुलनामा फिक्स डिपोजिटमा बैंक तथा वितिय संस्थाहरुले बढी ब्याजदर प्रदान गर्छन्, जसले तपाईंको बचतलाई छिटो बढाउन मद्दत पुर्याउँछ।
केहि नेपाली बैंकहरुले फिक्स डिपोजिट विरुद्ध ऋणको व्यवस्था पनि गरेका हुन्छन, जसमा साधारण ऋण विकल्पहरु भन्दा कम ब्याजदर हुने गर्दछ। यो सुविधाले रिटायरमेन्ट पश्चात आउन सक्ने आकष्मिक आर्थिक आवश्यकता पुरा गर्न मद्धत पुर्याउँछ।
नेपालका केही बैंकहरूले बचत खातासँगै विभिन्न प्रकारका बीमा सुविधाहरू (दुर्घटना बीमा, स्वास्थ्य बीमा वा जीवन बीमा) पनि प्रदान गर्छन्, जसले आकस्मिक खर्चमा वित्तीय सुरक्षा दिन्छ। कुन-कुन नेपाली बैंकहरूले बचत खातामा के कस्ता सुविधाहरू उपलब्ध गराएका छन् हेर्नको लागि, सरल बैंकिङ सेवाको तुलना पेजमा गएर हेर्न सक्नुहुन्छ।
रिटायर्मेन्टपछि उपयोगी हुने बचत खाताको अर्को फाइदा भनेको बैंकहरूले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने सुविधा प्रदान गर्नु हो। बैंकहरूले आफ्ना ज्येष्ठ नागरिक ग्राहकहरूका लागि बैंकिङ कार्यलाई सहज बनाउन प्राथमिक सेवा काउन्टर, लाईन बस्नु नपर्ने सुविधा, र घरमै बैंकिंग सेवाहरू उपलब्ध गराउँछन्।
फिक्स डिपोजिटमा तपाईंको पैसा तोकिएको अवधि अगाडि झिक्न सकिँदैन वा झिक्दा जरिवाना लाग्न सक्छ। त्यसैले, आकस्मिक आर्थिक आवश्यकता पर्दा तपाईंको आफ्नै पूंजी निकाल्न समेत मुस्किल पर्ने सम्भावना हुन्छ।
बचत खाता र फिक्स डिपोजिटबाट आर्जन हुने नाफा मात्र दीर्घकालीन रिटायरमेन्ट योजनाका लागि पर्याप्त नहुन सक्छ। अन्य वित्तीय लगानीको तुलनामा यी धेरै सुरक्षित भए तापनि, बढ्दो महँगीका कारण प्राप्त आम्दानी दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्दैन। त्येसैले, रिटायरमेन्टको लागि फिक्स डिपोजिट र बचत खाता बाहेक पनि विभिन्न विकल्पहरुमा निर्भर हुन जरुरी छ।
फिक्स डिपोजिटमा ब्याजदर निश्चित हुने भएकाले, बजारमा आउने सकारात्मक परिवर्तनहरूको लाभ उठाउन सकिदैन। साथै, लामो अवधिको फिक्स डिपोजिट गर्दा राम्रो प्रतिफल दिने नयाँ अवसरहरू गुम्न सक्छन्।
फिक्स डिपोजिट र बचत खाताले सुरक्षित तर सीमित प्रतिफल दिन्छन्। यदि तपाईं दीर्घकालीन रिटायरमेन्ट योजना बनाउन चाहनुहुन्छ भने, अन्य लगानी विकल्पहरूलाई पनि विचार गर्नुपर्छ।
त्येसैले, फिक्स डिपोजिट र बचत खाता बाहेक तपाईले रिटायरमेन्टको लागि गर्न सकिने सहज विकल्पहरु यस प्रकार रहेका छन्:
फिक्स डिपोजिट र बचत खाता सुरक्षा र स्थिरता प्रदान गर्ने विकल्प भए तापनि, यी मात्र दीर्घकालीन रिटायरमेन्ट योजनाका लागि पर्याप्त हुँदैन। बढ्दो महँगी र आर्थिक परिस्थितिका कारण, तपाईंको भविष्यलाई सुरक्षित र समृद्ध बनाउन विभिन्न लगानी विकल्पहरूको उपयोग गर्नु आवश्यक छ। म्युचुअल फन्ड, शेयर बजार, घर जग्गा, र पेन्सन योजनाहरू जस्ता विकल्पहरूले तपाईंलाई उच्च प्रतिफल र जोखिम व्यवस्थापनको अवसर दिन्छ। त्यसैले, आफ्नो रिटायरमेन्ट योजना सशक्त र दीर्घकालीन बनाउन विविधता अपनाउनुहोस्।
Sign up to discover Saral Banking Sewa