07 Mar, 2024

फिक्स्ड डिपोजिट क्यालकुलेटर: वित्तिय योजना गर्दाको सुरक्षित र भरपर्दो साथी

हाम्रो वित्तीय संसार परिवर्तन भैरहँदा, र हाम्रा आवश्यकताहरू बढ्दै जाँदा, अतिरिक्त पैसा कमाउने तरिकाहरू खोज्नु अझ महत्त्वपूर्ण हुँदै गइरहेको छ। अन्य धेरै तरिकाहरू मध्य नेपालमा, फिक्स्ड डिपोजिटलाई सुरक्षित र भरपर्दो लगानीको रूपमा लिइन्छ। त्यसैले तपाईंपनि पैसा सुरक्षित राख्न र स्थिर भविष्य निर्माण गर्नको लागि फिक्स्ड डिपोजिटको विकल्प रोज्न सक्नुहुन्छ। थप फिक्स्ड डिपोजिटलाई अझै प्रभाकारी र उचित ढंगले फिक्स्ड डिपोजिट क्यालकुलेटर प्रयोग गरि कसरी भविष्यमा चाहिने रकम क्यालकुलेट गर्न सकिन्छ र यसका फाइदाहरु केके छन् भन्ने बारे यस ब्लगमा जानकारी दिनेछौं।

फिक्स्ड डिपोजिट क्यालकुलेटरले तपाईंलाई तपाईंको निक्षेप प्रचलित ब्याजदरको आधारमा अवधि पुरा हुँदा पाउनु पर्ने ब्याज सहितको कुल रकमको हरहिसाब गर्न मद्दत गर्दछ। यो प्रयोग गर्न सजिलो छ र यसले तपाईंलाई कुन बैंक र अवधिले उच्चतम ब्याज रकम दिन्छ भन्ने निर्णय गर्न सजिलो बनाउँदछ।

सरल बैंकिङ्ग सेवाको फिक्स्ड डिपोजिट क्याल्कुलेटर प्रयोग गर्दाका केहि फाइदाहरू 

१. सरल र सहज तुलना गर्न

फिक्स्ड डिपोजिट क्याल्कुलेटरले तपाईंलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रस्ताव गरेका विभिन्न प्रकारका फिक्स्ड डिपोजिट योजनाहरू तुलना गर्न सजिलो बनाउँछ। त्यसकारण, तपाईंले तपाईंको बजेट र वित्तीय लक्ष्यहरु अनुसार सबैभन्दा राम्रो जुन छ त्यही योजना छनोट गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईंसंग केहि समयको लागि मात्र पैसा होल्डमा छ र छोटो अवधिको लागि लगानीको विकल्प खोज्दै हुनुहुन्छ भने, तपाईंले उत्कृष्ट ब्याज दिने फरक-फरक अवधि भएका विभिन्न फिक्स्ड डिपोजिट योजनाहरूसंग तुलना गर्न सक्नुहुन्छ।

२.सहि एवम् उचित योजना गर्न

फिक्स्ड डिपोजिट क्यालकुलेटर प्रयोग गरेर तपाईंलाई आफ्नो फिक्स्ड डिपोजिटको सहि परिपक्वता(म्याच्युरिटी) रकम अर्थात् ब्याज र कुल रकम थाहाँ हुन्छ। यसले गर्दा तपाईंले आफ्नो भविष्यको वित्तीय बजेट योजना गर्न र लगानीको बारेमा उचित निर्णयहरु गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईं आफ्नो बच्चाको शिक्षा वा घर किन्ने जस्ता ठूलो खर्चको लागि फिक्स्ड डिपोजिटमा लगानी गर्ने विचार गर्दै हुनुहुन्छ भने, म्याच्युरिटी रकम अग्रिम थाहाँ पाउनुले तपाईंलाई प्रभावकारी रूपमा योजना बनाउन मद्दत गर्नेछ।

३.बारम्बार प्रयोग गर्न

 तपाईंले धेरै पटक विभिन्न डिपोजिट रकम, ब्याजदर र अवधिको लागि म्याच्युरिटी रकम हिसाब गर्न फिक्स्ड डिपोजिट क्याल्कुलेटर प्रयोग गर्न सक्नुहुन्छ। यो फ्लेस्जिबिलिटिले तपाईंलाई विभिन्न लगानी विकल्पहरू खोज गर्न र तपाईंको वित्तीय लक्ष्यहरूसँग मिल्ने एउटा छनौट गर्न मद्दत गर्दछ। 

सरल बैंकिङ्ग सेवाको फिक्स्ड डिपोजिट क्याल्कुलेटर कसरी प्रयोग गर्ने?

सरल बैंकिङ्ग सेवाको फिक्स्ड डिपोजिट क्याल्कुलेटर नेपाली वित्तिय बजारलाई बुझेर तयार गरेको हुँदा यसले अन्तिम ब्याज शत प्रतिशत सही क्यालकुलेट गर्दछ। साथै यो प्रयोग गर्न पनि एकदमै सरल छ जसको लागि तपाईंले डिपोजिट रकम, जम्मा अवधि मात्र राखेर सामान्य फिक्स्ड डिपोजिट वा रेमिट्यान्स फिक्स्ड डिपोजिट छनोट गरि  ''Submit'' बटनमा क्लिक गरे पुग्छ। यति गर्न साथ यसले तपाईंलाई अवधि पुरा हुँदा बैंक अनुसार पाउनु पर्ने कुल रकम  र ब्याज तुरुन्तै देखाउने छ।  

उदाहरणको लागि, तपाईं अहिले विदेशमा हुनहुन्छ र ३ बर्ष पछि घर फर्किने सोचमा हुनुहुन्छ। यो ३ बर्षको समय अवधिमा तपाईंको घर परिवारलाई सामान्य खर्च भए पुग्छ, किनकि अन्य आय स्रोतहरु पनि छन्। अब तपाईं कुनै पनि जोखिम नउठाई सरलरुपमा तपाईंसंग भएको १५ लाख रकम सुरक्षित राखेर स्वदेशमा आएर तपाईंले विदेशमा सिकेको सिप प्रयोग गरि एउटा सानो फास्ट फुड रेष्टुरेन्ट संचालन गर्ने सोचमा हुनुहुन्छ भने तपाईंको लागि रेमिट्यान्स फिक्स्ड डिपोजिट फाइदाजनक र उत्कृष्ट हुन्छ। रेमिट्यान्स बचत खाता कसरी खोल्ने यस ब्लगमा बुझ्नुहोस्।  

अझै स्पष्ट रूपमा बुझ्न फिक्स्ड डिपोजिट क्यालकुलेटर प्रयोग गरि निकालेको निम्न हिसाब हेर्यौं। 

सावाँ रकम = १५,००,०००/- 

समय अवधि = ३ बर्ष

ब्याजदर = १०.५% (विभिन्न बैंकको ब्याजदर तुलना गर्न यहाँ जानुहोस्)

रेमिट्यान्स मुद्दती छनोट गरि "submit" मा क्लिक गर्नुहोस्। 

तुरुन्तै तपाईंको हिसाब आउनेछ। जस्तै माथिको डेटा अनुसार केहि सेकन्डमा नै ABC बैंक अनुसार ४,७२,५०० ब्याज र कर पछिको कुल रकम रु १९,४८,८७५/- भनेर हिसाब तुरन्तै बिना कुनै झन्झट आयो। 

त्यसैले तपाईंपनि सुरक्षित र भरपर्दो भविष्यका लागि कुल रकम र ब्याज रकम क्यालकुलेट गर्न फिक्स्ड डिपोजिट क्याल्कुलेटर प्रयोग गरी खर्च, भविष्यको योजना वा आवश्यकताको उचित व्यवस्थापन गर्नुहोस्। 

सरल बैंकिङ्ग सेवाको फिक्स्ड डिपोजिट क्याल्कुलेटरको साथै अन्य क्यालकुलेटरहरू जस्तै ईएमआई क्यालकुलेटर, रिकरिंग निक्षेप क्यालकुलेटर आदि सरल र सहज रुपमा प्रयोग गर्न सक्नुहुन्छ। यी सबै क्यालकुलेटरले तपाईंले डेटा राखे पछि हिसाब निकाल्न केही सेकेन्ड मात्र लिन्छन्। थप अन्य कुनै बैंक तथा वित्तीय संस्थाद्वारा प्रस्तावित सेवामा लगानी गर्ने विचार गर्दै हुनुहुन्छ भने, सरल बैंकिङ्ग सेवाले तपाईंको आवश्यकताहरू वा योजनाहरु सजह र सरल गर्नका लागि अनुभवी विशेषज्ञता सहित विभिन्न वित्तिय उपकरणहरु प्रदान गर्दछ।