10 Jul, 2023

खाता एक, फाइदा अनेक : रेमिट्यान्स बचत खाता

वैदेशिक रोजगारीमा रहेका नेपाली (आप्रवासी) कामदार तथा स्वदेशमा बस्ने तिनका परिवार दुवैको सुविधालाई मध्यनजर गरेर नेपालमा विभिन्न बैंकहरुले रेमिट्यान्स बचत खाता सञ्चालनमा ल्याएका छन् । 

यस प्रकारको बचत योजना आप्रवासी कामदारहरुको लागि औपचारिक बैंकिङ च्यानल मार्फत छिटोछरितो एवं विश्वसनीय तरिकाले नेपालमा पैसा पठाउने सजिलो एवं सबैभन्दा भरपर्दो माध्यम हो ।

राष्ट्र बैंकको निर्देशन पश्चात पछिल्लो समय बैंकहरुको समेत प्राथमिकतामा परेको यस बचत खातामा बैंकहरुले आकर्षक व्याजदर प्रदान गर्नुका साथै विभिन्न सुविधाहरु उपलब्ध गराउँदै आएको छ । जसमध्ये केही प्रमुख फाईदा यस प्रकार छ :

१. उच्च ब्याज दर 

अन्य खाताको तुलनामा बैंकहरुले रेमिट्यान्स बचत खातामा उच्च ब्याजदर प्रदान गर्दछन् । अर्थात, राष्ट्र बैंकको निर्देशन अनुसार यस बैंक खातामा अन्य खातामा एक प्रतिशत उच्च प्रतिफल प्राप्त हुनुका साथै  थप ब्याज प्राप्त हुन्छ । 

२. अनलाइन प्रणालीमार्फत सजिलै खाता खोल्न सकिने 

रेमिट्यान्स बचत खाता खोल्नका लागि तपाई नेपाल आउनु पर्दैन । विदेशमा रहेकाहरुले अनलाइन प्रणालीमार्फत आवेदन दिएर पनि यो खाता सजिलै खोल्न सकिन्छ । यसका लागि सर्वप्रथम अनलाइमार्फत आवेदन दिनुपर्छ । त्यसपछि बैंकहरुले निर्धारण गरेको समयमा बैंक प्रतिनिधिहरुले तपाईलाई भिडियो कलमार्फत अनलाइन खाता खोल्न आवश्यक कागतपत्र, आवेदन फारम, लगायत रेमिट्यान्स बचत खाता खोल्ने प्रकृयाबारे आवश्यक जानकारी प्रदान गर्दछन् र अनलाईन खाता खोल्न मद्दत गर्नेछन् ।

३. १०% IPO  आवेदन भर्नका लागि डिम्याट खाताको सुविधा 

यदि तपाईसित श्रम स्वीकृति (वर्क पर्मिट) छ भने रेमिटयान्स बचत खाता मार्फत अनलाइन डिम्याट र मेरो सेयर खोली १०% IPO कोटाका लागि आवेदन दिन सक्नुहुनेछ । यसले तपाईलाई नेपाली कम्पनीहरुले खोलेको आईपिओमा १० प्रतिशतको हिस्सेदार बनाउनेछ । १० प्रतिशत आईपिओको आवेदन गरेबापत आवेदन शुल्क तपाईको रेमिट्यान्स बचत खाताबाट कट्टा गरिन्छ । 

४. मोबाइल बैंकिङ सुविधा 

नेपालमा सञ्चालित बैंकहरुले रेमिट्यान्स बचत खाता खोल्ने सेवाग्राहीहरुलाई मोबाइल बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत विश्वका जुनसुकै देशमा रहेका आप्रवासी कामदार तथा नेपाली नागरिकहरुले बैकिंङ्ग सेवा प्रयोग गर्न तथा वित्त व्यवस्थापन गर्न सक्नेछन् ।

५. वित्तीय समावेशीकरण 

यस बचत खाताले हुण्डी लगायत अनौपचारिक रेमिट्यान्स च्यानलहरुमा निर्भर भएको व्यक्तिहरुलाई औपचारिक माध्यमद्धारा बैंकिङ सेवाहरुमा पहुँच प्रदान गर्न तथा वित्तीय प्रणालीको हिस्सा बन्न सहायता प्रदान गर्छ ।

विशेषतः रेमिट्यान्स बचत खातामार्फत बैंकिङ्ग कारोवार गर्दा बचत , निक्षेप तथा खर्चको स्पष्ट रेकर्ड भेटिने हुदाँ यसको प्रयोगले पारदर्शिता एवं जवाफदेहितालाई बढावा दिन्छ ।

यसबाहेक पनि, रेमिट्यान्स बचत खाताको अन्य फाइदाबारे थप जान्न चाहनुहुन्छ भने सरल बैंकिङ्ग सेवालाई सम्पर्क गनुहोस् ।  

सरल बैंकिङ सेवा नै किन ?

सरल बैंकिङ सेवा तपाईको वित्तीय अस्पष्टताको समाधान हो । यसले तपाईलाई  बैंकहरुले प्रदान गर्ने घरकर्जा, ब्याज दर, सुविधा र फाईदाहरु तुलना गर्न सहायता प्रदान गर्नुका साथै कर्जा, निक्षेप तथा रेमिट्यान्स सम्बन्धि वित्तिय साक्षरता प्रदान गर्छ ।  

सरल बैंकिङ सेवा सम्बन्धि कुनै पनि जानकारी चाहिएमा वा सल्लाह सुझाव दिनु परेमा यहाँहरुले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रो सम्पर्क नम्बरः

फोनः ९७७–०१–५२६९१०७ 

व्हाट्सएप : ९८५१३६११०७