10 Jul, 2023

खाता एक, फाइदा अनेक : रेमिट्यान्स बचत खाता

वैदेशिक रोजगारीमा रहेका नेपाली (आप्रवासी) कामदार तथा स्वदेशमा बस्ने तिनका परिवार दुवैको सुविधालाई मध्यनजर गरेर नेपालमा विभिन्न बैंकहरुले रेमिट्यान्स बचत खाता सञ्चालनमा ल्याएका छन् । यस प्रकारको बचत योजना आप्रवासी कामदारहरुको लागि औपचारिक बैंकिङ च्यानल मार्फत छिटोछरितो एवं विश्वसनीय तरिकाले नेपालमा पैसा पठाउने सजिलो एवं सबैभन्दा भरपर्दो माध्यम हो ।राष्ट्र बैंकको निर्देशन पश्चात पछिल्लो समय बैंकहरुको समेत प्राथमिकतामा परेको यस बचत खातामा बैंकहरुले आकर्षक व्याजदर प्रदान गर्नुका साथै विभिन्न सुविधाहरु उपलब्ध गराउँदै आएको छ । जसमध्ये केही प्रमुख फाईदा यस प्रकार छ :१. उच्च ब्याज दर अन्य खाताको तुलनामा बैंकहरुले रेमिट्यान्स बचत खातामा उच्च ब्याजदर प्रदान गर्दछन् । अर्थात, राष्ट्र बैंकको निर्देशन अनुसार यस

बैंक खातामा अन्य खातामा एक प्रतिशत उच्च प्रतिफल प्राप्त हुनुका साथै  थप ब्याज प्राप्त हुन्छ । २. अनलाइन प्रणालीमार्फत सजिलै खाता खोल्न सकिने रेमिट्यान्स बचत खाता खोल्नका लागि तपाई नेपाल आउनु पर्दैन । विदेशमा रहेकाहरुले अनलाइन प्रणालीमार्फत आवेदन दिएर पनि यो खाता सजिलै खोल्न सकिन्छ । यसका लागि सर्वप्रथम अनलाइमार्फत आवेदन दिनुपर्छ । त्यसपछि बैंकहरुले निर्धारण गरेको समयमा बैंक प्रतिनिधिहरुले तपाईलाई भिडियो कलमार्फत अनलाइन खाता खोल्न आवश्यक कागतपत्र, आवेदन फारम, लगायत रेमिट्यान्स बचत खाता खोल्ने प्रकृयाबारे आवश्यक जानकारी प्रदान गर्दछन् र अनलाईन खाता खोल्न मद्दत गर्नेछन् ।३. १०% IPO  आवेदन भर्नका लागि डिम्याट खाताको सुविधा यदि तपाईसित श्रम स्वीकृति (वर्क पर्मिट) छ भने रेमिटयान्स बचत खाता मार्फत अनलाइन डिम्याट र मेरो सेयर खोली १०% IPO कोटाका लागि आवेदन दिन सक्नुहुनेछ । यसले तपाईलाई नेपाली कम्पनीहरुले खोलेको आईपिओमा १० प्रतिशतको हिस्सेदार बनाउनेछ । १० प्रतिशत आईपिओको आवेदन गरेबापत आवेदन शुल्क तपाईको रेमिट्यान्स बचत खाताबाट कट्टा गरिन्छ । ४. मोबाइल बैंकिङ सुविधा नेपालमा सञ्चालित बैंकहरुले रेमिट्यान्स बचत खाता खोल्ने सेवाग्राहीहरुलाई मोबाइल बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत विश्वका जुनसुकै देशमा रहेका आप्रवासी कामदार तथा नेपाली नागरिकहरुले बैकिंङ्ग सेवा प्रयोग गर्न तथा वित्त व्यवस्थापन गर्न सक्नेछन् ।५. वित्तीय समावेशीकरण यस बचत खाताले हुण्डी लगायत अनौपचारिक रेमिट्यान्स च्यानलहरुमा निर्भर भएको व्यक्तिहरुलाई औपचारिक माध्यमद्धारा बैंकिङ सेवाहरुमा पहुँच प्रदान गर्न तथा वित्तीय प्रणालीको हिस्सा बन्न सहायता प्रदान गर्छ ।विशेषतः रेमिट्यान्स बचत खातामार्फत बैंकिङ्ग कारोवार गर्दा बचत , निक्षेप तथा खर्चको स्पष्ट रेकर्ड भेटिने हुदाँ यसको प्रयोगले पारदर्शिता एवं जवाफदेहितालाई बढावा दिन्छ ।यसबाहेक पनि, रेमिट्यान्स बचत खाताको अन्य फाइदाबारे थप जान्न चाहनुहुन्छ भने सरल बैंकिङ्ग सेवालाई सम्पर्क गनुहोस् ।  सरल बैंकिङ सेवा नै किन ?सरल बैंकिङ सेवा तपाईको वित्तीय अस्पष्टताको समाधान हो । यसले तपाईलाई  बैंकहरुले प्रदान गर्ने घरकर्जा, ब्याज दर, सुविधा र फाईदाहरु तुलना गर्न सहायता प्रदान गर्नुका साथै कर्जा, निक्षेप तथा रेमिट्यान्स सम्बन्धि वित्तिय साक्षरता प्रदान गर्छ ।  सरल बैंकिङ सेवा सम्बन्धि कुनै पनि जानकारी चाहिएमा वा सल्लाह सुझाव दिनु परेमा यहाँहरुले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।हाम्रो सम्पर्क नम्बरःफोनः ९७७–०१–५२६९१०७ व्हाट्सएप : ९८५१३६११०७