13 Feb, 2024

जानौं नेपालमा रेमिट्यान्समा आधारित बचत र मुद्दती निक्षेप खाताको महत्त्व

दैनिक हजारौंको संख्यामा लाखौं सपना र ठुला जिम्मेवारी बोकेर विदेशिने गरेका नेपालीहरुको चाप अझै घटेको छैन्।अध्यागमन विभागले सन् २०२३ मा १६ लाख ३ हजार भन्दा धेरै नेपाली विदेशिएको बताएको छ। जसमध्य, रोजगारी प्रयोजनका लागि विदेशिने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ जना छन्।पौरखी युवाले खाडी तथा अन्य मुलुकमा कडा मिहिनेत गरेर भित्राउने रेमिट्यान्सको सम्पूर्ण देशको अर्थतन्त्रमा ठुलो महत्त्व छ।

विदेश जाने इच्छा वा बाध्यता दुवै हुनसक्छ तर हामीले के बुझ्नु पर्छ भने विदेश सधैं बस्न सकिन्न कुनै दिन त नेपाल फर्किनु पर्ने हुन्छ। त्यस अवस्थामा हरेक सामान्य नेपालीको पहिलो सपना अर्थात् घर बनाउँने रकम, घरखर्चको लागि रकम, अन्य सरसामान बाहेक एउटा लगानी योग्य पुँजी (आफुले सोचेको, बुझेको काम वा परियोजना सुरु गर्नको लागी छुट्याइएको रकम) हुनुपर्छ। जसको साथमा तपाईंले आफ्नो कारोबार, व्यवसाय सुरु गर्न सक्नुहुन्छ। लगानी योग्य पुँजी व्यवस्थापन गर्ने अन्य धेरै तरिका मध्य एउटा सरल, सुरक्षित र भरपर्दो तरिका भनेको मुद्दती बचत पनि हो।अझै खासगरी वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरू र उनीहरूको परिवारका सदस्यहरूको लागि रेमिट्यान्स बचत र मुद्दती निक्षेप खाता हो।यसले प्रत्यक्ष बैंकिङ्ग च्यानल मार्फत रेमिट्यान्स आउने सुनिश्चित गर्दछ। 

रेमिट्यान्स खाता खोल्नको लागि नभई नहुने अर्थात् मुख्य भनेको १. नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका वा वैदेशिक रोजगारीमा जाने सबै नेपाली नागरिक हुनु पर्ने हुन्छ। २. औपचारिक (फर्मल) बैंकिङ च्यानलहरू मार्फत रेमिट्यान्स प्राप्त गर्ने नेपाली नागरिकका परिवारका सदस्यहरू हुनु पर्ने हुन्छ। वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरुलाई प्रोत्साहन गर्न अन्य बचत खातामा भन्दा १% बढी ब्याजदर दिनुको साथै सेवा सुविधा (जस्तै स्विफ्ट ट्रान्सफरमा छुट, लकरमा छुट, आदि) पनि बढी हुन्छ। रेमिट्यान्स बचत र मुद्दती खाता बारे विस्तृत रुपमा जानकारी लिन सरल बैंकिङ्ग सेवाको वेबसाइटमा क्लिक गर्नुहोस्।

रेमिट्यान्स मुद्दती खाता भनेको के हो, नेपालमा रेमिट्यान्स मुद्दती खाता किन र कसरी खोलिन्छ? साथै रेमिट्यान्स मुद्दती खाता खोल्नुका फाइदा केके छन् भनेर हामीले हाम्रा अघिल्ला ब्लगमा चर्चा गरिसकेको हुनाले यस ब्लगमा रेमिट्यान्स व्यवस्थापन गर्न संरचित बचत योजना बनाउनुको महत्वलाई चर्चा गर्नेछौं। 

१.आर्थिक सुरक्षा

संरचित बचत योजना गरि रेमिट्यान्स बचत तथा मुद्दती खाताबाट कारोबार गर्दा आफ्नो पैसाको हरहिसाब र लेनदेनको हिस्ट्री ट्रयाक हुने हुँदा आफ्नो पैसाको अवस्था बारे जानकारी दिन्छ। यसरी नै अप्रत्याशित आपतकालिन वा आर्थिक संकटको समयमा वित्तीय सुरक्षा प्रदान गर्दछ। साथै यसले तपाईंहरूलाई आफ्नो भविष्यको लागि आधार निर्माण गर्न र अप्रत्याशित खर्चहरूको प्रभावलाई कम गर्न मद्दत गर्दछ।

२.दीर्घकालीन लक्ष्यहरू

रेमिट्यान्स मार्फत बचत तथा मुद्दतीमा पैसा जम्मा गर्नाले व्यक्तिहरूलाई दीर्घकालीन लक्ष्यहरूको लागि सक्षम बनाउँछ, जस्तै घरको स्वामित्व, शिक्षा, वा सानो व्यवसाय सुरु गर्ने। संरचित योजनाले यी आकांक्षाहरू पूरा गर्न क्रमिक रुपमा पैसा संकलनको लागि अनुमति दिन्छ। रेमिट्यान्स मुद्दती खातामा भएको रकम धितो राखी कर्जा प्रदान गर्नुको साथै विभिन्न बैंक तथा वित्तिय संस्थाले सवारी कर्जा, घर कर्जा, शैक्षिक कर्जाधितो कर्जामा अधिमान्य (प्रेफेरेंटीएल) अर्थात् अन्यलाई भन्दा केहि न्यून दर समेत प्रदान गर्दछन्।

३.आर्थिक चुनौतिहरु विरुद्ध सामना

संरचित बचत योजना गरि रेमिट्यान्स बचत तथा मुद्दती खाता खोल्दा भविष्यमा पैसा कति हुन्छ भनि मुल्यांकन गर्न सक्ने हुँदा आर्थिक अनिश्चितताहरू, जस्तै जागिर गुमाउनु वा अप्रत्याशित खर्चहरूलाई न्यून वा सामना गर्न सकिन्छ। रोजगारीको शिलशिलामा विदेशिनु भएका सम्पूर्णलाई रेमिट्यान्स बचत, संकटको समयमा रकम सङ्कलन गर्ने एक वित्तिय उपकरणको रूपमा काम गर्दछ, जसले तपाईं र तपाईंहरूको परिवार दुवैको लागि सुधारिएको आर्थिक सबलताको लागि मार्ग सिर्जना गर्दछ। 

४.सूचित निर्णयहरू मार्फत वित्तीय साक्षरताको लागि

संरचित बचत योजना नै वित्तीय साक्षरताको एउटा पाटो हो। यसले बचत गर्न, बचतका फाइदाहरूबारे तपाईंहरूलाई शिक्षित गर्न र बजेट एवम् लगानीका अवसरहरूमा व्यावहारिक मार्गदर्शन प्रदान गर्न, तपाईंहरूलाई सूचित वित्तीय निर्णयहरू गर्न सक्षम बनाउँछ। रेमिट्यान्सको पैसा बैंकिङ्ग च्यानल मार्फत बचत योजना गर्दै जाँदा आर्थिक सुधार त हुन्छ नै थप बैंक तथा वित्तियसंग सम्बन्ध सुधार पनि हुन्छ।  

५.उन्नत जीवनको गुणस्तर

रेमिट्यान्स पैसा बचतले तपाईंहरूलाई ठुलो आर्थिक आढ भरोसा हुन्छ र आफ्नो समग्र जीवनको गुणस्तर बढाउन सक्षम बनाउँछ। चाहे त्यो शिक्षामा लगानी होस्, जीवनको अवस्था सुधार्ने होस्, वा मनोरञ्जनात्मक गतिविधिहरूको आनन्द लिने होस्, बचतले थप सन्तुष्ट र सुरक्षित जीवनशैलीमा योगदान पुर्‍याउँछ।

अन्त्यमा, आफुमा आइपर्ने विभिन्न परिस्थिले गर्दा बचत चुनौतिपूर्ण लाग्छ तर यो असम्भव भने पक्कै छैन। सरल बैंकिङ सेवा, रेमिट्यान्स व्यवस्थापन गर्न कुन बैंकको बचत र मुद्दती उत्कृष्ट भन्नेहरुको लागि प्रयोगकर्ता-मैत्री प्लेटफर्म प्रदान गरि सजिलै सबैभन्दा उचित छनोट गर्न मद्दत गर्दछ। थप उपयुक्त रेमिट्यान्स बचत विकल्पहरू खोज्नुको साथै उचित मार्गदर्शन प्रदान गर्नलाई पनि सदैव तत्पर रहनेछ। आजै सरल बैंकिङ सेवा मार्फत रेमिट्यान्स बचत तथा मुद्दती खातामा संरचित बचत योजना बनाई आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न पहिलो कदम चाल्नुहोस्।