28 May, 2024

जानौं सरल बैंकिङ सेवाले कसरी तपाईंको बैंकिङ यात्रालाई सरल बनाउन सक्छ

बैंक भन्ने वित्तिकै हाम्रो दिमागमा बैंकका विभिन्न जटिल वित्तीय प्रक्रियाहरू याद आउँन् सक्छन्। तर त्यी जटिल वित्तीय प्रक्रियाहरूमा अलमलिने दिनहरू गए किनकि सरल बैंकिङ सेवाले अब बैंकसंग सम्बन्धित सबै वित्तीय प्रक्रियाहरूलाई सरल गर्नेछ। कर्जा, निक्षेप, क्रेडिट कार्ड, लगायत विभिन्न वित्तिय श्रोतहरूको लागि एकै ठाउँमा सम्पूर्ण समाधान दिन्छ। साथै, तपाईंको बैंकिङ अनुभवलाई सुव्यवस्थित र तपाईंलाई सूचित वित्तीय निर्णयहरू गर्न सशक्त बनाउन सरल र उत्कृष्ट वित्तीय उपकरणहरू पनि प्रदान गर्दछ। आउनुहोस्, आज यस ब्लगमा सरल बैंकिङ सेवाका वित्तीय उपकरणहरूले कसरी तपाईंको बैंकिङ यात्रालाई यी ५ तरिकाहरूले सरल बनाउन सक्छ भन्ने बारे जानौं। १. सरल बजेट: ५०/३०/२० क्याल्कुलेटरबजेट विनियोजन/ बजेटिङ्ग सुन्ने वितिकै आत्तिनु पर्दैन।

तपाईंको आवश्यकता, चाहना, र लक्ष्यको लागि कति भनेर अनुमान गर्ने सबै काम हाम्रो ५०/३०/२० बजेट क्यालकुलेटरले तपाईंको वित्तीय योजना अनुसार सहजै तयार गर्दिन्छ। तपाईंले आफ्नो मासिक कर पछिको आयलाई राख्नुहोस्, र क्यालकुलेटरले स्वचालित रूपमा तपाईंको आयको ५०% आवश्यकताहरूमा, ३०% चाहनाहरूमा, र २०% बचत/ कर्जा भुक्तानी (लक्ष्य) को लागि तीन भागमा विभाजन गर्दछ। यो सरल उपकरणले तपाईंलाई आफ्नो पैसा नियन्त्रण गर्न, तपाईंलाई आफ्नो खर्चको ट्रयाक राख्न र बजेट योजना बनाउन मद्दत गर्दछ।२. सजिलै आत्मविश्वासका साथ तुलना गर्न; कर्जा, निक्षेप र क्रेडिट कार्ड तुलना उपकरणहरूनेपालमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरु छन् जसका आ-आफ्ना नीति, नियम र सर्तहरु छन्। सोहि अनुसार वित्तिय सेवाहरु पनि छन्। यति धेरै विकल्पबाट आफुलाई सबैभन्दा उपयुक्त र उत्कृष्ट सहि वित्तीय सेवा खोज्नु कठिन हुन सक्छ।यो कठिन अवस्थालाई सरल बैंकिङ सेवाको कर्जा तुलना, निक्षेप तुलना, र क्रेडिट कार्ड तुलना उपकरणहरूले तपाईंको खोजलाई सरल बनाउँछ। साथै एकै ठाउँमा नेपालका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट ब्याजदर, शुल्कहरू र सुविधाहरू तुलना गर्न सक्नुहुन्छ। यो सहज र पारदर्शिताले तपाईंलाई तपाईंको आवश्यकता र वित्तीय अवस्थासंग पूर्ण रूपमा मिल्ने सेवा छनोट गर्न मद्दत गर्दछ।३. भविष्यको लागि योजना गर्न: फिक्स्ड डिपोजिट र रिकरिंग क्यालकुलेटरहरूतपाईंको भविष्यमा लगानी योजनाबाट सुरु हुन्छ। त्यसैले तपाईंपनि सुरक्षित र भरपर्दो भविष्यका लागि कुल रकम र ब्याज रकम क्यालकुलेट गर्न फिक्स्ड डिपोजिट क्याल्कुलेटर र रिकरिंग निक्षेप क्यालकुलेटर प्रयोग गरी खर्च, भविष्यको योजना वा आवश्यकताको उचित व्यवस्थापन गर्न सक्नुहुन्छ। यी निक्षेप क्यालकुलेटरहरूले तपाईंलाई तपाईंको सम्भावित रिटर्न निर्धारण गर्न मद्दत गर्दछ। यो प्रयोग गर्न पनि एकदमै सरल छ जसको लागि तपाईंले केवल आफ्नो लगानी रकम, ब्याजदर, र लगानी अवधि छनोट गरि  ''Submit'' बटनमा क्लिक गरे पुग्छ। यति गर्न साथ यसले तपाईंलाई अवधि पुरा हुँदा बैंक अनुसार पाउनु पर्ने कुल रकम  र ब्याज तुरुन्तै देखाउने छ। साथै तपाईंलाई यी क्यालकुलेटरले तपाईंको बचत समयसंगै कसरी बढ्न सक्छ र लक्ष्यहरुको लागी बचतको बारेमा सूचित निर्णयहरु लिनलाई सशक्त बनाउँछ।४. समान मासिक किस्ता (EMI) क्यालकुलेट गर्न; EMI क्यालकुलेटर यदि तपाईं कर्जाको लागि बैंक तथा वित्तिय संस्थासंग बुझ्न खोज्दै हुनुहुन्छ भने, पक्कै पनि तपाईं समान मासिक किस्ता (ईएमआई/EMI) शब्दसँग परिचित हुनुपर्दछ। एक समान मासिक किस्ता (EMI), एक निश्चित भुक्तानी रकम हो जुन कर्जा लिनेले प्रत्येक महिनामा तोकिएको मितिमा कर्जा प्रदान गर्नेलाई बुझाउन पर्ने हुन्छ। समान मासिक किस्ताहरू प्रत्येक महिना ब्याज र साँवा दुवैमा लागू गरिन्छ जसले गर्दा तोकिएको वर्षहरूमा, कर्जा पूर्ण रूपमा भुक्तान हुन्छ। कर्जा लिंदा वा योजना गर्दा मासिक कति भुक्तानी गर्नु पर्ला भनेर अलमलिनु भएको छ ? अब तपाईंले कर्जा लिंदा समान मासिक किस्ता (EMI) कति हुन्छ भन्ने अनुमान गर्न सरल रूपमा, सरल बैंकिङ्ग सेवाको EMI क्यालकुलेटर प्रयोग गरि कर्जा रकम, कर्जा अवधि, र ब्याजदर राखी क्यालकुलेट गर्न सक्नुहुन्छ। यसरी EMI क्याल्कुलेटरले तुरुन्तै तपाईंको अनुमानित मासिक EMI प्रदर्शन गर्दा तपाईंले प्रभावकारी रूपमा आफ्नो वित्त योजना बनाउन सक्नुहुन्छ। EMI क्यालकुलेटर कसरी काम गर्छ भनेर जान्नको लागि यो उदाहरण हेर्नुहोस्। मान्नुहोस् कि तपाईंले नयाँ घर निर्माणको लागि कर्जा लिंदै हुनुहुन्छ। जसमा कर्जा रकम १०,००,०००, र कर्जा अवधि ५ वर्षको लागि १०.७५ % को ब्याजदर छ भने तपाईंको समान मासिक किस्ता (EMI) रु. २१,६१७.९५ पर्न आउँछ।५. प्रक्रियाहरू सहज, व्यवस्थित र बैंकसंग जोड्न; प्रयोगकर्ता-अनुकूल अनलाइन प्लेटफर्म वित्तीय उपकरणहरूको अतिरिक्त, सरल बैंकिङ सेवाले डिपोजिट, कर्जा र क्रेडिट कार्ड आवेदन प्रक्रियालाई सरल बनाउन मद्दत गर्न सक्छ। साथै तपाईंलाई नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग जोड्न र तपाईंले खोजिरहनु भएको उत्कृष्ट बैंकिङ्ग सेवाहरू प्रस्ताव गर्न सक्छ। थप बैंकसंग प्रत्यक्ष सम्पर्क गरि तपाईंको आवेदन प्रक्रिया छिटो र सरल रुपमा अघि बढाउन मद्दत गर्नेछ। व्यक्तिगत रूपमा सम्पूर्ण बैंकहरू पुग्न र बुझ्नको तुलनामा यसले तपाईंको समय र प्रयास दुवै बचत गर्न सक्छ।तपाईंपनि आजै आफ्नो वित्तिय अवस्था बुझ्नुहोस् र भविष्यको योजना गर्नुहोस्। सरल बैंकिङ सेवा, ब्लग अन्य श्रोत र यसका वित्तीय उपकरणहरू सधैं तपाईंको एक असल वित्तिय मित्रको रुपमा साथ दिइरहनेछ।