13 Sep, 2023

‘नाडा अटो शो’ मा सरल बैंकिङ्ग सेवाको सहायताले बनाउनहोस् आफ्नो ‘कार’ किन्ने सपना साकार

गाडी पारखीहरुको प्रतिक्षाको घडी समाप्त भएको छ । कोभिड माहामारीका कारण झण्डै चार वर्ष देखि स्थगित भएको गाडीहरुको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो २०२३’ (पन्ध्रौ संस्करण) सञ्चालनमा आएसँगै गाडी पारखीहरुको प्रतिक्षाको घडी सकिएको हो । यही भदौ २६ गते देखि काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालनमा आएको यो मेला (नाडा अटो शो) लाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको हो ।मेलामा करिब ३० देशका ७४ कम्पनीका अत्याधुनिक सवारीसाधन र सामान सहित अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ । त्यसैगरी, विभिन्न बैंक तथा वित्तीय संस्थाको समेत छुट्टाछुट्टै स्टल राखिएको छ

। अटोमोबाइल कम्पनी, गाडी पारखी , बैंक, विमा कम्पनी लगायतका सरोकारवाला निकाय एउटै छानामुनी भेला हुने यस्तो मेला, अवलोकन गर्नका लागि मात्र नभएर आफ्नो गाडी किन्ने सपना साकार पार्ने एउटा सुनौलो अवसर पनि हो ।  नाडा अटो शोमा गएर गाडीहरु हेर्नु भयो अथवा गााडी रोज्नु भयो । त्यसपछि यहाँहरुले गाडी किन्ने सोच पनि बनाउनु भयो । अब गाडी फाइनान्स कसरी गर्ने ? सवारी कर्जाको लागि कुन बैंक रोज्ने जस्ता शंकामा हुनुहुन्छ ? यदि हुनुनहुन्छ भने सरल बैंकिङ्ग सेवाले हजुरहरुको शंका स्पष्ट गरि दिनेछन् ।सरल बैंकिङ्ग सेवाले तपाईहरुको शंका स्पष्ट कसरी गर्छ त ?  १. सबै बैंकहरुको जानकारीएकै ठाउँमा पाउन सकिनेः  सरल बैंकिङ्ग सेवाले नेपालका सम्पुर्ण बैंकहरुको निक्षेप उत्पादन, कर्जा, विद्युतीय कार्डहरुको बारेमा जानकारी राखेको हन्छ । तपाईहरुले नाडा अटो शोमा रोज्नु भएको गाडीका लागि न्यून ब्याज दर प्रदान गर्ने बैंक छनौट गर्नमा सल्लाह सुझाव दिनेछ । १४ लाखको न्युनतम मुल्य देखी एक करोडभन्दा बढी पर्ने लक्वरियस सवारी छेउमै कर्जा दिन तत्पर वाण्ज्यि र विकास बैंकहरुको लोभ्याउने अफरको साथै नाडा अटो शो मै गाडी बुकिङ गर्दा पाउने थप सुविधाहरुको बारेमा जानकारी प्रदान गर्नेछ ।  २. सवारी कर्जाको ब्याज दर सजिलैसँग तुलना गर्न सकिनेः  सरल बैंकिङ्ग सेवा वेबसाइटको मद्दतबाट यहाँहरुले विभिन्न बैंकहरुले प्रदान गर्ने सवारी कर्जाको ब्याज दर तुलना गर्न सक्नुहनेछ । यदि गाडीमा एकमुष्ट रकम लगानी गर्न चाहनुहुन्न भने बैंकहरुले ५० देखी ८० प्रतिशतसम्मको सुविधा दिने योजना गरेको छ । एक वर्ष देखी कर्जा अवधिभर उतारचढाव नहुने गरी स्थिीर ब्याज दर तुलना गर्न सक्नुहुन्छ ।  ३ सजिलैसँग ईएमआई क्यालकुलेट गर्न सकिन्छःसरल बैंकिङ्ग सेवाको ईएमआई क्यालकुलेटर प्रयोग गरेर हजुरहरुले सवारी कर्जाको लागि मासिक रुपमा भुक्तानी गर्नुपर्ने रकम क्यालकुलेट गर्न सक्नुहुन्छ । तपाईले लिन चाहेको कर्जा रकमको आधारमा बैंकलाई मासिक रुपमा तिर्नुपर्ने ईएमआई, कर्जा प्रकृयाको शुल्कको बारेमा बुझ्न सरल बैंकिङ्ग सेवाले सहायता प्रदान गर्नेछ ।  ४. ग्राहक प्रतिनिधिमार्फत प्रत्यक्ष रुपमा जानकारी लिन सकिन्छः  यहाँहरुले सरल बैंकिङ्ग सेवाको ग्राहक प्रतिनिधिको सहयोग द्धारा सहज कर्जाका लागि बैंक छनौट देखी लिएर गाडीको प्रकार अनुसार सवारी कर्जाको ब्याज दर, कर्जा स्वीकृति हुन लाग्ने समय, कर्जा लिँदा लाग्ने प्रशासनिक शुल्कमा छुटका साथै अन्य अफरहरुका बारेमा जानकारी लिएर आफूलाई लागेको शंका मेटाउन सक्नुहुनेछ ।  तसर्थ,  गाडी खरीद गर्ने सोचमा हुनुहुन्छ र कुनै पनि किसिमको परामर्शको आवश्यकता महसुस गर्नुहुन्छ भने यहाँहरुले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।हाम्रो सम्पर्क नम्बरःफोनः ९७७–०१–५२६९१०७  व्हाट्सएपः ९८५१३६११०७