समृद्ध भविष्यको लागि तपाईले प्रत्येक महिना कमाएको आम्दानीबाट सानो अंश बचत गर्न सक्नुहुन्छ । तपाईको मासिक खर्चलाई असर नगरी सुरक्षित रुपमा पैसा लगानी गर्ने विभिन्न विकल्पहरु मध्ये रिकरिङ डिपोजिट उत्तम बचत योजना हो जसले समयसँगै आम्दानी बढाउन मद्दत गर्दछ ।
रिकरिङ डिपोजिटमा बैंकहरुले प्रदान गर्ने ब्याज दर तपाईले छनौट गर्नु भएको समयावधिमा निर्भर गर्दछ । रिकरिङ डिपोजिट (RD) खाताका लागि आवश्यक पर्ने न्युनतम रकम र ब्याज दर बैंकको आधारमा फरक हुन्छ ।
वाणिज्य बैंकहरुले साउन महिनाको तुलनामा भदौ महिनामा रिकरिङ डिपोजिटको ब्याज दर बढाएका छन् । नेपाल बैंकर्स संघ ( एनबीए ) को बैठक अनुसार बैंकहरुले व्यक्तिगत रुपमा आफ्नो ब्याज दर निर्धारण गर्न सक्ने भएका छन् । बैंकहरुले २०८० भाद्र १ देखी लागु हुने गरी सार्वजनिक गरेको रिकरिङ डिपोजिट खाताका ब्याज दर यस प्रकार छन् :
भाद्र २०८० को Top 10 रिकरिङ डिपोजिट खाताको ब्याज दर
बैंकको नाम | अधिकत्तम ब्याज दर | समयावधि |
कुमारी बैंक लिमिटेड | १०.८९६% | ६ महिना |
सिटिजन्स बैंक लिमिटेड | १०.८९६% | ३ महिना भन्दा माथि |
एनआईसी एशिया बैंक लिमिटेड | १०.८९६% | ३ महिना |
नेपाल बैंक लिमिटेड | १०.८९६% | ३ महिनादेखि १ वर्षसम्म |
लक्ष्मी सनराइज बैंक लिमिटेड | १०.४० | ५ वर्ष |
एभरेष्ट बैंक लिमिटेड | १०% | १२ महिना देखि ६० महिना सम्म |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ९.९९% | १ वर्ष |
हिमालयन बैंक लिमिटेड | ८.९९% | ३ वर्ष |
सिद्धार्थ बैंक लिमिटेड | ८.७५% | १० वर्ष |
माछापुच्छ्रे बैंक लिमिटेड | ७.४१% | ६ महिना |
रिकरिंग डिपोजिट खाता खोल्दा तपाईले छनौट गर्नु भएको अवधिको लागि बैंकले माथि उल्लेख गरिएका ब्याज दरहरु प्रदान गर्दछ । उक्त ब्याज दर खाता खोल्ने समयमा नै निर्धारण गरिने हुनाले (RD) अवधिभर स्थिर रहन्छ ।
सरल बैंकिङ सेवाले तपाईलाई रिकरिङ डिपोजिट खाता खोल्न कसरी मद्दत गर्छ ?
सरल बैंकिङ सेवाको अनलाइन प्लेटफर्मले तपाइलाई सहज रुपमा रिकरिंग डिपोजिट खाता खोल्ने प्रक्रियाको लागि बैंकहरुसँग सम्पर्क गराउन मद्दत गर्छ । हामीले आवेदन प्रक्रियालाई सरल बनाउँन कागजी कार्यलाई न्यूनीकरण गर्छौ र तपाईंलाई तुलनात्मक रुपमा ब्याज दर सहितको आवश्यक जानकारीहरु प्रदान गरी रिकरिङ डिपोजिट खाता छनोट गर्न सक्षम बनाउँछौं ।
यदि आवेदन प्रक्रिया भरि तपाईसँग कुनै प्रश्नहरु छन् वा सहयोग चाहिन्छ भने सरल बैंकिङ सेवाले मद्दत गर्न तयार छन् । तपाईले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।
हाम्रो सम्पर्क नम्बरः
फोनः ९७७–०१–५२६९१०७
व्हाट्सएप : ९८५१३६११०७