10 Aug, 2023

रिकरिंग डिपोजिट भनेको के हो ? यसका विशेषता र फाइदाहरु

तपाईहरुले आफ्नो अल्पकालिन तथा दीर्घकालिन वित्तीय लक्ष्य पुरा गर्न पैसा कहाँ लगानी गर्ने सोच्दै हुनुहुन्छ भने नेपालमा बैंकहरुले प्रस्ताव गरेको उत्कृष्ट रिकरिंग डिपोजिट खाता खोल्नुहोस् ।   रिकरिंग डिपोजिट बैंकहरुले संचालनमा ल्याएको विशेष खाता योजना हो जस अन्तर्गत नियमित आम्दानी भएका व्यक्तिहरुले मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन् । बैकहरुले यस खातामा आर्जित ब्याज जम्मा गर्नेछ र उक्त ब्याजलाई समयावधिको अन्त्यमा कुल रकमसँग प्रदान गर्नेछन् ।  यो खाता अनुशासित बचतलाई प्रोत्साहित गर्न संचालमा ल्याइएको हो र यसले तपाईहरुलाई भविष्यमा अतिरिक्त धन आर्जन गर्न भरपर्दो अवसर प्रदान गर्दछ । नेपालमा रिकरिंग डिपोजिट खाताका विशेषताहरु र फाइदाहरु यस प्रकार छन् :रिकरिंग डिपोजिट खाताका

विशेषताहरु :रिकरिंग डिपोजिटमा तपाईले आफ्नो आम्दानीको निश्चित भाग रकम मासिक रुपमा जम्मा गर्नुपर्ने हुन्छ । जम्मा गरिने रकम खाता खोल्ने बेलामा नै निर्धारण गरिन्छ र अवधिभर उक्त रकम स्थिर रहनेछ ।यसमा छ महिना देखी दश वर्षसम्मको निश्चित समयावधि हुन्छ । तपाईहरुले आफ्नो वित्तीय लक्ष्यको आधारमा समयावधि छनौट गर्न सक्नु हुनेछ ।तपाईले छनौट गर्नु भएको सम्पुर्ण अवधिका लागि परिवर्तन नहुने गरी निश्चित ब्याज दरहरु प्रदान गरिन्छ । ब्याज दर खाता खोल्ने समयमा निर्धारण गरिएको हुन्छ ।यस खाताबाट समयपूर्व रकम निकाल्दा कतिपय बैंकले जरिवाना शुल्क लिन्छन् भने कतिपय बैंकले लिदैनन् ।रिकरिंग डिपोजिटमा जम्मा गर्न सकिने न्यूनतम रकम रु.५०० हो तर यो रकम बैंक अनुसार फरक हुन सक्छ ।रिकरिंग डिपोजिट खाताका फाइदाहरु :तपाईहरुमा मासिक रुपमा रकम बचत गर्ने बानीको विकास हुनेछ ।रिकरिंग डिपोजिट खातामा जम्मा गरिएको रकमले तपाईहरुको वितीय आवश्यकता जस्तैः तपाईका छोराछोरीको शिक्षा, विवाह समारोह, सवारी साधन किन्नका लागि आवश्यक पर्ने ठूलो रकम बचत गर्न मद्दत गर्छ ।खातामा भएको रकम बापत तपाईले ९० प्रतिशत सम्म कर्जा सुविधा पाउन सक्नुहुनेछ । यस्तो किसिमको कर्जामा बैंकले कम ब्याज दर चार्ज गर्दछ ।रिकरिंग डिपोजिटलाई अत्याधिक तरल मानिन्छ । कुनैपनि अपठ्यारो अवस्थामा बैंकले समयपुर्व रकम निकाल्न सुविधा प्रदान गर्छ  ।तपाईसंग सामान्य बचत खाता छ भने घरमा बसेर नै धेरैजसो बैंकले प्रदान गर्ने मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङको माध्यम द्धारा सजिलै सँग रिकरिंग खाता खोल्न सक्नु हुनेछ । बैंकको शाखामा गइरहनु पर्दैन् ।यो खाता खोलेका व्यक्तिहरुले डिम्याट खाता निशुल्क खोल्न सक्नेछन् । यसबाहेक पनि, रिकरिंग डिपोजिटको अन्य फाइदाहरुबारे थप जान्न चाहनुहुन्छ भने सरल बैंकिङ्ग सेवालाई सम्र्पक गर्नुहोस् । रिकरिंग डिपोजिट खाता खोल्न सरल बैंकिङ्ग सेवाले कसरी मद्दत गर्छ ?तपाईहरुले सरल बैंकिङ्ग सेवा मा लग इन गरेर नेपालका सबै वाणिज्य तथा विकास बैंकहरूद्वारा उपलब्ध गराइएका रिकरिंग डिपोजिटको ब्याज दर तुलना गर्न वा फाइदाहरु बारेमा जानकारी हाँसिल गर्न सक्नु हुनेछ । साथै कर्जा, निक्षेप, क्रेडिट कार्ड सँग सम्बन्धित कुनै पनि समस्या भएमा हाम्रा सहयोगीमार्फत तुरुन्तै सहयोग लिन सक्नुहुनेछ भने थप सहयोगका लागि हामीलाई फोन कल तथा ह्वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रो सम्पर्क नम्बरःफोनः ९७७–०१–५२६९१०७  व्हाट्सएप : ९८५१३६११०७