Text in center- Topic of article in red color
24 May, 2023

वैदेशिक रोजगारीमा गएकाहरुले १० % आईपिओमा आरक्षण पाउनका लागि गर्नुपर्ने कार्यहरु

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुले प्राथमिक सार्वजनिक निष्काशन  (आईपिओ) मा दश प्रतिशत आरक्षण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेवन) को ‘धितोपत्र जारी तथा बाँडफाँड (छैटों संशोधन) निर्देशिका, ०७९’ मा यो व्यवस्था लागु भएसँगै नेपाल सरकारबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले नेपालमा जारी भएको सबै किसिमको आईपिओमा दश प्रतिशत आवेदन दिन पाउने भएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘मेरो सेयर’ मार्फत आईपिओ भर्न सक्नेछन् भने रेमिट्यान्स वचत खातामार्फत आईपिओको लागि रकम भुक्तानी गर्नुपर्नेछ । साथै, रकम भुक्तानीका लागि सम्बन्धित व्यक्तिले उक्त बचत खातामा आफूले काम गरेको मुलुकबाट पछिल्लो छ महिनामा कम्तीमा पचास हजार रुपैया जम्मा गरेको हुनुपर्ने छ।

त्यसबाहेक आईपिओ भर्नका लागि निश्चित योग्यता पूरा गरेको हुनुपर्दछ । जुन यस  प्रकार छ।  

१० % IPO आवेदनका लागि चाहिने योग्यता 

  • आप्रावासी कामदार,
  • रेमिट्यान्स बचत खाता अनिवार्य,
  • तपाईले काम गरेको देशबाट विगत छ महिनामा रेमिट्यान्स बचत खातामा कम्तीमा ५० हजार बराबरको नेपाली रुपैँया जम्मा गरेको हुनुपर्ने,
  • DEMAT खाता खोलेको हुनुपर्दछ,
  • डिम्याट खातालाई रेमिट्यान्स बचत खातासँग लिङक गरी नयाँ CRN नम्बर लिएको हुनुपर्ने,
  • प्रत्येक आईपीओको आवेदन दिनका लागि श्रम स्वीकृति मान्य हुनुपर्दछ ।

तपाईसंग आईपीओको लागि आवेदन दिन पहिले नै सामान्य बचत खाता छ भने १० % IPO कोटाको लागि आवेदन गर्दा के गर्ने भन्ने कुरा यहाँ छ ।  

यस्तो अवस्थामा बैंकले ग्राहकहरुको अवस्थित खाता परिवर्तन गरदिन्छ । नयाँ खाता खोल्नु पर्दैन, तर १० % IPO को आवेदन गर्नको लागि रेमिट्यान्स बचत खाता हुनुपर्दछ । बैंकमा भएको सामान्य बचत खातालाई रेमिट्यान्स बचत खातामा परिवर्तन गरिदिन आफ्नो बैंकलाई अनुरोध गर्न सक्नुहुन्छ । तपाईको सामान्य बचत खाता रेमिट्यान्स बचत खातामा परिवर्तन भएपछि १० % IPO को आवेदन दिनका लागि नयाँ CRN नम्बर चाहिन्छ ।

समान्य बचत खातालाई रेमिट्यान्स बचत खातामा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारे बुझ्न यँहा  क्लिक गर्नुहोस्  

सेयर कारोबारको लागि CRN नम्बर कसरी प्राप्त गर्ने ?

  • आफ्नो नजिकैको बैंक शाखामा जानुहोस् वा सम्पर्क गर्नुहोस् ,
  • C-ASBA दर्ता गर्न बैंकलाई CRN नम्बरको लागि सोध्नुहोस् ,
  • बैंक बाट CRN  नम्बर प्राप्त गरेपछि त्यसलाई सुरक्षित साथ राख्नुहोस् ।

विदेशबाट IPO को लागि आवेदन गर्न श्रम स्वीकृति कसरी नवीकरण गर्ने ?

श्रम स्वीकृति विभागको वेब प्रणालीले शुरुमा नै तपाईहरुको आँखा र औंठाछापहरु स्क्यान गरिसकेको हुनाले तपाईहरुले आफ्नो श्रम स्वीकृति अनलाइन मार्फत नवीकरण गर्न सक्नुहुन्छ ।  

www.dofe.gov.np मा अनलाइन श्रम स्वीकृति अन्र्तगत पुन: रोजगारीका लगि फारम भर्न सकिन्छ । फारम भरिसकेपछि तपाईले नवीकरण श्रम स्वीकृति प्राप्त गर्नको लागि शाखा चयन गर्नुपर्छ ।  

यदि तपाई विभिन्न बैकहरुले प्रदान गर्दै आईरहेको रेमिट्यान्स वचत खाताको ब्याजदरहरु तुलना गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।  

हामी यहाँहरुलाई आवश्यक सहयोग गर्न सदैव तत्पर छौं ।  

सरल बैंकिङ्ग सेवा परिवार ।

हाम्रो सम्पर्क नम्बरः

फोनः ९७७–०१–५२६९१०७ 

व्हाट्सएप: ९८५१३६११०७