16 Jul, 2023

सामान्य बचत खातालाई रेमिट्यान्स बचत खातामा (IPO को लागि) कसरी परिवर्तन गर्ने ?

नेपाल धितोपत्र बोर्ड (SEBON ) ले ‘विदेशमा कार्यरत आप्रवासी कामदारको लागि आईपिओ कोटा विनियोजन सम्बन्धि धितोपत्र जारी तथा बाँडफाँड (छैटों संशोधन) निर्देशिका, २०७९’  आईपिओ कोटा  छुट्याउने व्यवस्था गरेको हो। नेपाल सरकारबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले नेपालमा जारी भएको सबै किसिमको आईपिओमा दश प्रतिशत आईपिओ कोटाको लागि योग्य हुने उल्लेख गरिएको छ । 

 

तर सेवनको यो निर्देशनले आप्रवासी कामदारहरुको लागि खाता खोल्ने प्रक्रिया, खाता योजना परिवर्तन, योग्यताको मापदण्ड, अतिरिक्त लाभ  र अन्य सान्दर्भिक कुराहरुको बारेमा जानकारी नभएको कारण उनीहरुको मनमा धेरै प्रश्न खडा भएको छ ।

 

यद्यपी, आईपिओको लागि आवश्यक पर्नेप्रकृयाबारे स्पष्ट जानकारी नहुँदा मानिसहरुमा आईपिओलाई लिएर थुप्रै भ्रमतथा जिज्ञासाहरु सिर्जना भएका छन् ।     

 

यदि तपाई कुनै बैंकमा रेमिट्यान्स बचत खाता खाता खोल्न चाहनुहुन्छ तर तपाईसँग पहिले नै त्यो बैंकमा सामान्य बचत खाता छ भने याद राख्नुस् तपाई एउटै बैंकमा दुई बचत खाताहरु खोल्न सक्नुहुन्न् । 

 

अब चिन्ता नलिनुहोस्, बैंकहरुले तपाईको खातालाई सामान्य बचत खाताबाट रेमिट्यान्स बचत खातामा परिवर्तन गर्ने योजना ल्याएको छ । तर यदि तपाईले शाखारहित बैंकिङ एजेन्ट मार्फत खाता खोल्नुभएको छ भने तपाईले योजना परिवर्तन गर्न सक्नुहुन्न् । 

 

यसरी नेपालमा तपाईको खाता योजना परिवर्तन गर्ने तीनवटा विकल्पहरु छन् । जून यस प्रकार छ :

१. यदि तपाई नेपालमा हुनुहन्छ भने स्वंय बैंकमा उपस्थित भएर खाता परिवर्तन गर्न सक्नु हुनेछ । 

२. विदेशमा रहेका सम्बन्धित बैंकका प्रतिनिधिमार्फत खाता योजना परिवर्तनका लागि आवश्यक प्रकृया पूरा गर्न सकिन्छ । 

३. इमेलबाट पनि आवश्यक कागजातहरु पठाएर खाता परिवर्तन गर्न सकिन्छ ।

 

सामान्य बचत खातालाई रेमिट्यान्स बचत खातामा परिवर्तन गर्नको लागि बैंकको प्रतिनिधि वा नजिकैको शाखामा जाँदा तपाईले खाता योजना परिवर्तन फारम भर्नु पर्छ र आवश्यक कागजातहरु पेश गर्नुपर्दछ । सम्बन्धित बैंकलाई मेल पठाउँदा खाता योजना परिवर्तन फारमको स्क्यान गरिएको प्रतिलिपि, हस्तलिखित आवेदन र अन्य सबै आवश्यक कागजातहरु सहित भरेर पठाउनुपर्छ ।  

 

याद राख्नुहोस्, तपाईले आफ्नो बचत खाताको केवाईसी (नो योर कस्टोमर) मा दर्ता गर्नुभएको मेलबाट इमेल पठाउँनु पर्छ ।  यसरी खाता परिवर्तन गर्दा अवस्थित बचत खाताको खाता विवरणहरु (नाम, खाता नम्बर, शाखाको नाम) पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

निम्न आवश्यक कागजातहरु तपाईले आवेदन फारमको साथ पेश गर्नुपर्ने हुन्छ : 

  • भिसा र पासपोर्टको कपी
  • आधिकारिक सम्झौता पत्र वा कर्मचारी परिचय पत्र
  • नेपाल सरकारले जारी गरेको श्रम स्वीकृति (वर्क पर्मिट)
  • हस्तलिखित आवेदन
  • डिजिटल हस्ताक्षरको स्क्यान कपी

 

बैंक द्धरा निर्धारण गरिएको अन्य कुनैपनि कागजातहरुको साथै सामान्य बचत खातालाई रेमिट्यान्स बचत खातामा परिवर्तन गर्न खाता योजना परिवर्तन गर्ने अनुरोधको साथ योजना परिवर्तनको दस्तुर रु.५०० समेत बुझाउनु पर्छ । 

 

यदि तपाई IPO को लागि आवेदन गर्न इच्छुक हुनुहुन्छ भने आवश्यक योग्यता मापदण्ड बारे बुझ्न यहाँ क्लिक गर्नुहोस् । यसका बाबुजुद, पनि तपाईलाई रेमिट्यान्स बचत खाताबारे थप  जानकारी चाहिएमा सरल बैंकिङ्ग सेवालाई तुरुन्तै सम्पर्क गर्नुहोस् ।  हामी तपाईहरुको जिज्ञासालाई सक्दो छिटो सम्बोधन गर्ने कोशिश गर्नेछौ । 

 

हाम्रो सम्पर्क नम्बरः

फोनः ९७७–०१–५२६९१०७ 

व्हाट्सएप ः ९८५१३६११०७