two-banks-shaking-hands-resembling-merger-between-banks
24 Feb, 2023

हिमालयन बैंक र सिभिल बैंकको एकिकृत कारोवार आज देखि सुरु

हिमालयन बैंक र सिभिल बैंकको एकिकृत कारोवार शुक्रवारदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात्त हिमालयन बैंकले सिभिल बैंक प्राइभेट लिमिटेडलाई प्राप्ती गरी ‘हिमालयन बैंक’को नामबाट आज २०७९-११-१२ देखि एकिकृत कारोवार सुरु गरेको हो । गत पुस २८ गते बसेको हिमालयन बैंक र सिभिल बैंककको साधारण सभाले सिभिल बैंक प्राप्तीको प्रस्ताव पारित गरेको थियो । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बीच मर्जरको सम्झौता असफल भएपछि बैंक प्राप्तीको सन्दर्भमा हिमालय बैंक र सिभिल बैंक बीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्त गरे पश्चात्त हिमालयन बैंकको शेयरमा भने कुनै परिवर्तन हुने

छैन । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०ः२७ को अनुपातमा प्राप्त गरेको हो । जस अनुसार अब प्रत्येक १०० शेयर नयाँ बैंकको ८०ः२८ शेयरमा रुपान्तरित हुनेछ । हाल हिमालयन बैकको चुक्ता पुँजी १४ अर्व रहेको भने सिभिल बैंकको चुक्ता पुँजी नौ अर्व सात करोड रहेको छ । सिभिल बैंक प्राप्ती पछि हिमालयन बैंकको कुल पुँजी ३४ अर्वरुपैयाँ रहनेछ भने यसको रजिष्टर्ड कार्यालय हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान काडमाडौ वडा नम्बर २८ कमलादीमै रहने बैंकले सुचनामार्फत जानकारी दिएको छ । नेपालमा हालसम्म आठवटा बैंक एक आपसमा गाभिएका÷प्राप्ती गरेका छन् । जसमध्ये पौषमा मात्र कुमारी बैंक – एनसिसि बैंक, ग्लोबल आईएमई बैक–बैंक अफ काठमाडौं, प्रभु बैंक–सेञ्चुरी कर्मसियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक–मेघा बैंक लगायत रहेका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गरेसँगै बैंक प्राप्तीलाई लिएर ग्राहकहरुबीच विभिन्न प्रश्न उठ्न थालेको छ । जसको समाधान हामी यहाँहरुलाई दिने कोशिश गर्नेछौ । जस्तैः १. हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गरेपछि बैंकको नाम के हुनेछ ? उत्तरः ‘हिमालयन बैंक लिमिटेड’ रहनेछ । २. प्राप्तीपछि देशभर रहेका सिभिल बैंकका शाखा के हुनेछन् ?उत्तरः प्राप्ती पछि देशभर रहेका सिभिल बैंकका शाखा हिमालयन बैंकको नामबाट नै सुचारु हुनेछ ।३. बैंक प्राप्ती पछि सिभिल बैंकमा रहेको मेरो खाता के परिवर्तन हुन्छ ? उत्तरः  बैंक प्राप्ती पछि तपाईको सबै खाता हिमालयन बैंकको नाममा परिवर्तन हुन्छ ।४. हिमालयन बैंक र सिभिल बैंक दुवैमा मेरो खाता छ ?  अब यी दुईमध्ये एउटा खाताको अवस्था के हुन्छ ? उत्तरः यस्तो अवस्थामा तपाईलाई सम्बन्धित बैंकले फोन गरेर एउटा खाता बन्द गर्न आग्रह गर्दछ । त्यसरी आग्रह गर्दा पनि  ग्राहकले आफ्नो खाता बन्द नगरे बैंकले व्यक्तिगत रुपमा फोन गरी उक्त खाता बन्द गर्न अनुमति माग्ने गर्दछ ।त्यसबाहेक, बैंकले आफ्नो वेभसाइटमा सार्वजनिक सुचना जारी खाता सम्बन्धि कुनै पनि समस्या भएमा सम्बन्धित बैंकलाई सम्पर्क  गर्न अनुरोध गर्दछ । मुद्दती खाता, निक्षेप खाता कर्जाको हकमा भने खातावालले एउटा बैंकमा जति पनि खाता खोल्न सक्दछन् ।  अर्थात, यदी कसैको ‘ए’नाम गरेको बैंकमा एक भन्दा बढी मुद्दती खाता छ भने उक्त खाता परिपक्व नहुदाँसम्म त्यस खाता यथावत् राखिन्छ । किनकी खातावालाको अनुमतिविना उक्त खाता चलाउन पाइँदैन ।५. के मेरो चेकबुक तथा कार्ड पनि परिर्वतन हुन्छ? वा मैले पुरानै चेकबुक वा कार्ड चलाउन सक्छु ?उत्तरः चेकबुक तथा कार्डको हकमा म्याद नसकिदाँसम्म खातावालले  बैंकिङ्ग कारोवारका लागि पुरानै बैंकको चेकबुक तथा कार्ड प्रयोग सक्दछन् । ६. अनि बैंकिङ्ग ऐप? उत्तरः बैंकिङ्ग ऐपको हकमा बैंकहरु एक आपसमा गाभिएपश्चात्त पुरानो ऐन नचल्ने हुदाँ नयाँ ऐप डाउनलोड गर्नु पर्ने हुन्छ ।बैंकहरुले यो प्रक्रियालाई झन्झट रहित एवं सजिलो बजाउन प्रायः बैंकले ग्राहकले यसअघि प्रयोग गरिरहेको पुरानो संस्थाको एप खोल्दा स्वचालित रूपमा नयाँ बैंकको एपमा ‘कनेक्ट’ हुने व्यवस्था गर्दै आएको छ । थप जानकारीका लागि सरल बैंकिङ्ग सेवामा लगइन गर्नुहोस् । धन्यवाद