visa-mastercard-maestro-credit-cards
12 May, 2022

क्रेडिट कार्ड, कार्ड ‘एक’ फाइदा ‘अनेक’

बैंक तथा वित्तिय संस्थाहरुले सेवाग्राहीलाई लक्षित गरेर विभिन्न किसिमका कार्डहरु बजारमा ल्याएका छन् । त्यसमध्ये डेविड कार्ड र क्रेडिट कार्ड प्रमुख हुन् । डेविड कार्ड मुख्यतया एटिम मेसिनबाट पैसा निकाल्न र सामान र सेवाको भुक्तानी गर्न प्रयोग गरिन्छ । 

डेविट कार्ड प्रयोग गर्न खातामा पैसा हुनु पर्दछ । जबकी क्रेडिट कार्डमा ‘पहिला खर्च गर्ने, पछि भुक्तानी गर्ने’ अर्थात ‘क्रेडिट’मा सामान र सेवाको भुक्तानी गर्ने सुविधा प्राप्त हुन्छ । यो सुविधा बैंकद्धारा प्रदान गरिने (आवश्यक परेको बेला बैंकले ऋण स्वरुप कार्डमा पैसा उपलब्ध गराइदिने) हुदाँ क्रेडिट कार्ड प्रयोग गर्दा खातामा पैसा हुन जरुरी छैन । बरु बैंकहरुले व्यक्तिको विगत, मासिक आम्दानी तथा बैंकसितको सम्बन्ध लगायतका आधारमा कर्जा सिमा निर्धारण गर्ने हुदाँ क्रेडिट कार्ड लिन चाहनेहरुका लागि यी कुरा महत्वपूर्ण हुनसक्छ । 
- बलियो आर्थिक पृष्ठभूमि, 
- नियमित आयआर्जन , 
- बैंकसितको सम्बन्ध राम्रो 
- स्वरोजगार व्यक्ति तथा कुनै एक संस्थामा कार्यरत रहेर नियमित आयआर्जन गरेको । 
माथि उल्लेखित विवरण भएका जो कोही व्यक्ति क्रेडिट कार्ड लिनका लागि सक्षम मानिन्छन् । उनीहरुले बैंकबाट क्रेडिट कार्ड लिन चाहेमा निम्न लिखित कागतपत्र बैंकमा पेश गर्नुपर्छ । 

एकपटक क्रेडिट कार्ड लिएमा त्यसका अनेकौ फाइदा हुन्छ । 

क्रेडिट कार्डका फाइदाः
- खल्तीमा वा बैंक एकाउन्टमा पैसा नहुदाँ पनि प्रयोग गर्न ।
- विना शुल्क सुरुको १५ दिनदेखि ४५ दिनसम्म क्रेडिट कार्ड प्रयोग गर्न सकिने । 
- क्रेडिट कार्ड प्रयोग गरेर एटिएम मेसिनबाट रकम निकाल्न पाइने ।  
- क्यासव्याक अफर, डिस्काउन्ट अफर प्राप्त गर्न ।
- अनलाइन तथा अफलाइन माध्यमबाट रकम भुक्तानी गर्न ।
- नियमित खर्चको प्रवद्र्धन÷ व्यवस्थापन गर्न ।
- इएमआई (EMI) मा विभिन्न सामान खरिद गर्ने सुविधाको उपयोग गर्न ।
तर कहिलेकाहीँ सही तरीकाले प्रयोग गर्न नजानेमा भने यसको फाइदा भन्दा बेफाइदा धेरै हुन्छ । 

क्रेडिट कार्डका बेफाइदाः
- चर्को व्याजदर
- वार्षिक शुल्क, व्याजदर
- अत्याधिक खर्च 
त्यसो त,  नेपालमा क्रेडिट कार्ड प्रयोग खासै चलनचल्तीमा छैन । यसमा व्याज तथा अन्य अतिरिक्त शुल्क लाग्ने भएकोले पनि मानिसहरुले उल्लेख्य रुपमा क्रेडिट कार्ड प्रयोग गरेको पाइँदैन । यद्यपी, शुल्क तिर्ने मिति याद गर्ने, ‘यो ऋण हो भन्ने सम्झेर’ चलाउने, तथा अत्यावश्यक परेको बेलामा मात्र प्रयोग गर्ने जस्ता वित्तिय अनुसासन पालना गरेर मात्र क्रेडिट कार्डको उपयोग गरेको खण्डमा भने यो निकै उपयोगी सावित हुन्छ ।
यसका बाबजुद कुनै कारणवस क्रेडिट कार्ड हराएमा तुरुन्तै बैंकलाई सम्पर्क गर्नु पर्दछ ।  

क्रेडिट कार्डको बिल भुक्तानी गर्ने तरीका ( अनलाइन वा अफलाइन) ?

–बैंकको भ्रमण गरेर तथा क्रेडिट कार्डको नविकरण मार्फत क्रेडिट कार्डमा लाग्ने शुल्क नगद वा चेकमार्फत भुक्तानी गरेर ।  

–अनलाइन माध्यम जस्तै मोबाइल बैंकिङ्ग, डिजिटल वालेट तथा पेमेन्ट सर्भिस अपरेटर  (पिएसओ) जस्तै कनेक्ट आईपिएसमार्फत रकम भुक्तानी गरेर ।  

अधिकांश बैंकहरुमा मोबाइल बैंकिङ्ग, डिजिटल वालेट तथा पोइन्ट अफ सेल (पिओएस) क्रेडिट कार्ड सिस्टम छ । यी तीनमध्ये भुक्तानी शुल्क कम गर्न कनेक्ट आइपिएस मार्फत रकम भुक्तानी गर्न उपयुक्त हुन्छ ।  

कारणः बैंकिङ्ग तथा डिजिटल वालेटमार्फत क्रेडिट कार्डको बिल भुक्तानी गर्दा न्युनतम रु दश देखि पन्ध्र रुपैया प्रति ट्रान्जेक्सन बापत शुल्क तिर्नु पर्नेछ । जबकी कनेक्ट आईपिएस मार्फत रकम भुक्तानी गर्दा शुल्क जति लागेपनि न्युनतम  १५ रुपैयाँ शुल्क तिरे पुग्छ ।