बैंक खातामा पैसा छैन तर अपर्झट पैसाको खाँचो छ? EMI शून्य प्रतिशत ब्याजदरमा चाहियो? क्रेडिट कार्ड (Credit Card)। अहिले क्रेडिट कार्डको लोकप्रियता बढ्दै गइरहेको छ — अनलाइन किनमेल होस् या आकस्मिक खर्च, जताततै क्रेडिट कार्डको प्रयोग किनकि यो अब शोख मात्र रहेन, आवश्यकता नै बनिसकेको छ।
तैपनि क्रेडिट कार्ड अझै सबैको पहुँचमा भने पुगेको छैन। किनभने धेरैलाई बैंकले कार्ड दिन्छ कि दिँदैन, आफू योग्य छु कि छैन, र के–के कागजात चाहिन्छ भन्ने जस्ता जिज्ञासा हुन्छ। तर जानकारीको अभावले गर्दा उनीहरूले प्रक्रिया अगाडि बढाएका हुदैनन्।
त्यसैले, यो ब्लग पोस्टमा हामी क्रेडिट कार्ड (Credit Card) को लागि कसरी आवेदन (Application) गर्ने, के के चाहिन्छ, यसको फाइदाहरू के–के छन्, र सरल बैंकिङ सेवाले तपाईंलाई यसमा कसरी साथ दिन सक्छ — यिनै सबै कुरा प्रस्ट पार्नेछौं।
क्रेडिट कार्डले पैसाको अभावमा पनि तुरुन्त खर्च गर्न सजिलो बनाउँछ, महँगो सामान किन्न शून्य ब्याजदरमा किस्ता सुविधा दिन्छ। यति मात्रै होइन किनमेल गर्दा क्यासब्याक र छुट पाउन पनि मद्दत गर्छ। अझ समयमै क्रेडिट कार्डको बिल एकमुष्ट तिर्दा ब्याज पनि तिर्नु पर्दैन।
सर्वप्रथम, क्रेडिट कार्डको लागि योग्य हुन तपाईंसँग नियमित आम्दानीको स्रोत हुनुपर्छ। अधिकांश बैंकहरूले मासिक रु. १५,००० देखि रु. २०,००० सम्मको आम्दानी भएका व्यक्तिहरूलाई क्रेडिट कार्ड प्रदान गर्छन्। तर यो बैंक अनुसार फरक फरक पर्न आउँछ। यसका साथै तपाईले आयकर पनि तिरेको हुनुपर्दछ।
यसको मतलब यदी तपाई जागिरे हुनुहुन्छ भने तपाईले TDS (Tax Deducted at Source) मार्फत आयकर तिरेको हुर्नुपर्छ, जुन प्राय:जसो तलबबाटै कटौती हुन्छ। व्यवसायीहरूको हकमा, व्यवसाय सञ्चालनबाट भएको आम्दानी अनुसार कर तिरेको हुनुपर्दछ, जसका लागि व्यवसाय दर्ता प्रमाणपत्र, आर्थिक विवरणहरू, र आयकर विवरणहरू आवश्यक पर्छन्। यसबाहेक जुन सुकै किसिमको आयस्रोत भए पनि कानुनीरुपमा दर्ता भई कर तिरेको प्रमाण चाहिन्छ।
सरल बैंकिंग सेवामा विभिन्न बैंकहरुको क्रेडिट कार्डको तुलना (Credit Card comparison) मात्र होईन, तपाईको आवेदन प्रक्रिया पनि छिटो र सहज बनाउछौ। तपाईले आवेदन दिनु अघि तपाईको आम्दानी स्रोत (income source) हेरेर बैंकले तपाईलाई क्रेडिट कार्ड दिन्छ कि दिदैन, यदी नमिल्ने खण्डमा के के विकल्प गर्न सकिन्छ, के कस्ता कागजात चाहिन्छ जस्ता कुराहरुको तपाईलाई जानकारी दिन्छौ। साथै हाम्रो पाटनर्ड बैंकसँग तपाईको आवेदन प्रक्रिया पनि अगाडी बढाई दिन्छौ।
अन्ततः, क्रेडिट कार्ड अब केवल सुविधा मात्रै रहेन, स्मार्ट वित्तीय योजना नै बनिसकेको छ। सही जानकारी र सही समयको निर्णयले तपाईंको दैनिक जीवनलाई अझ सहज, सुरक्षित र फाइदाजनक बनाउन सक्छ। सरल बैंकिङ सेवाको साथमा, यो प्रक्रिया अझ सरल, छिटो र भरपर्दो हुन्छ। त्यसैले ढिला नगर्नुहोस्—आजै जान्नुहोस्, तुलना गर्नुहोस् र आवेदन प्रक्रिया सुरु गर्नुहोस्।
Sign up to discover Saral Banking Sewa