Banner image with the text "These common habits can mess up your credit history" and the logo of Saral Banking Sewa
16 Jul, 2026

राम्रो Credit History बनाउन आजै अपनाउनुपर्ने ५ आर्थिक बानी

धेरै मानिसले आफ्नो Credit History को महत्त्व तब मात्र बुझ्छन्, जब ऋण आवेदन अपेक्षाअनुसार स्वीकृत हुँदैन वा "तपाईंको credit profile राम्रो छैन" भन्ने जानकारी प्राप्त हुन्छ। यस्तो अवस्था अचानक आएको जस्तो लागे पनि, यसको पछाडि विभिन्न कारणहरू हुन सक्छन्, जसमध्ये तपाईंको Credit History र लामो समयदेखि बनेका आर्थिक बानीहरू पनि एक हुन सक्छन्। 

राम्रो Credit History कुनै एक दिनमा बन्ने उपलब्धि होइन। यो समयमै किस्ता तिर्ने, आर्थिक दायित्व जिम्मेवारीपूर्वक पूरा गर्ने र आफ्नो वित्तीय व्यवहारलाई अनुशासित रूपमा व्यवस्थापन गर्ने जस्ता दैनिक बानीहरूको परिणाम हो। 

त्यसैले, तपाईं अहिले ऋण लिने योजना बनाइरहनुभएको होस् वा भविष्यमा घर किन्न, व्यवसाय विस्तार गर्न, सवारी साधन खरिद गर्न वा अन्य आर्थिक आवश्यकताका लागि ऋण लिनुपर्ने योजना बनाइरहनुभएको छ भने आज अपनाइने सही आर्थिक बानीहरूले भोलिको Credit History निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। 

यस ब्लगमा तपाईंको Credit History सुरक्षित राख्न र दीर्घकालीन स्वस्थ वित्तीय स्थिति बनाउन सहयोग गर्ने ५ सरल तर प्रभावकारी आर्थिक बानीहरू बारे चर्चा गर्नेछौं। 

Credit History भनेको के हो? 

Credit History भनेको तपाईंले विगतमा बैंक वा वित्तीय संस्थाबाट लिएको ऋण तथा अन्य वित्तीय दायित्वहरू कसरी व्यवस्थापन गर्नुभयो भन्ने रेकर्ड हो। 

यसमा समयमै किस्ता तिरेको वा नतिरेको ऋणको भुक्तानी इतिहास, चेक बाउन्स, ऋण restructuring, settlement जस्ता वित्तीय गतिविधिहरू समावेश हुन सक्छन्। यही रेकर्डका आधारमा बैंक वा वित्तीय संस्थाले तपाईंको वित्तीय अनुशासन र ऋण भुक्तानी गर्ने व्यवहारको मूल्याङ्कन गर्छन्।

१. किस्ता र ऋणको भुक्तानी समयमै गर्नुहोस्

राम्रो Credit History कायम राख्ने सबैभन्दा महत्त्वपूर्ण बानी भनेको ऋणको किस्ता समयमै तिर्नु हो। चाहे त्यो व्यक्तिगत ऋण, व्यवसायिक ऋण, वा क्रेडिट कार्डको नै किन नहोस्, प्रत्येक भुक्तानी तोकिएको समयमा गर्नु आवश्यक हुन्छ। 

समयमै भुक्तानी गर्नु महत्त्वपूर्ण हुनुको कारण, यसले तपाईं आफ्नो आर्थिक दायित्वप्रति जिम्मेवार हुनुहुन्छ भन्ने संकेत गर्छ। भविष्यमा बैंक वा वित्तीय संस्थाले तपाईंको ऋण आवेदन मूल्याङ्कन गर्दा यस्ता भुक्तानीको इतिहास पनि महत्त्वपूर्ण आधार बन्न सक्छ।

कहिलेकाहीँ एक–दुई दिनको ढिलाइ विशेष परिस्थितिका कारण हुन सक्छ। तर, यदि किस्ता ढिलो तिर्ने वा छुटाउने बानी बारम्बार दोहोरिन्छ भने त्यसले तपाईंको Credit History मा नकारात्मक प्रभाव पार्न सक्छ।

यदि भुक्तानीको मिति बिर्सिने बानी छ भने, मोबाइलमा Calendar Reminder राख्ने, SMS वा Banking App Notification सक्रिय गर्ने, वा उपलब्ध भएमास्वचालित भुक्तानी सुविधा प्रयोग गर्ने जस्ता सरल उपाय अपनाउन सकिन्छ। यस्ता साना बानीहरूले समयमै भुक्तानी गर्न सहज बनाउँदै दीर्घकालीन रूपमा स्वस्थ Credit History कायम राख्न मद्दत गर्छन्।

२. आफ्नो आम्दानीले सहज रूपमा धान्न सक्ने ऋण मात्र लिनुहोस्

ऋण लिनु आफैंमा गलत होइन तर, आफ्नो आम्दानी र भुक्तानी क्षमताभन्दा बढी ऋण लिनु भविष्यमा आर्थिक दबाबको कारण बन्न सक्छ। जब मासिक आम्दानीको ठूलो हिस्सा किस्ता तिर्नमै खर्चिनुपर्छ, तब अन्य आवश्यक खर्च व्यवस्थापन गर्न कठिन हुन सक्छ। यस्तो अवस्थामा किस्ता ढिलो तिर्ने वा छुट्ने सम्भावना बढ्छ, जसले तपाईंको Credit History मा पनि नकारात्मक असर पार्न सक्छ।

त्यसैले, ऋण लिनुअघि आफ्नो मासिक आम्दानी, नियमित खर्च र अनुमानित EMI कति हुन्छ भन्ने हिसाब गर्नु राम्रो बानी हो। यसले मासिक किस्ता सहज रूपमा तिर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा पहिले नै बुझ्न मद्दत गर्छ। EMI Calculator जस्ता उपकरण प्रयोग गरेर किस्ताको अनुमान गर्न सकिन्छ, जसले आफ्नो आर्थिक क्षमताअनुसार सही ऋण छनोट गर्न सजिलो बनाउँछ।

जति आवश्यक छ र जति सहज रूपमा समयमै तिर्न सकिन्छ, त्यति मात्र ऋण लिनु जिम्मेवार आर्थिक निर्णय हो। यसले आर्थिक दबाब कम गर्नुका साथै दीर्घकालीन रूपमा स्वस्थ Credit History कायम राख्न पनि मद्दत गर्छ।

३. बैंकिङ जिम्मेवारीहरूलाई हल्का रूपमा नलिनुहोस् 

Credit History मा किस्ता भुक्तानी मात्र होइन, तपाईंले आफ्ना अन्य बैंकिङ जिम्मेवारीहरू कसरी पूरा गर्नुहुन्छ भन्ने कुराले पनि प्रभाव पार्न सक्छ। उदाहरणका लागि, चेक बाउन्स हुनु, अरूको ऋणमा जमानी बसेर आफ्नो जिम्मेवारी बेवास्ता गर्नाले भविष्यमा अनावश्यक समस्या निम्त्याउन सक्छन्।

यी कुराहरू सुरुमा सामान्य लागे पनि, समयमै ध्यान नदिँदा तपाईंको financial credibility र बैंकसँगको सम्बन्धमा असर पर्न सक्छ। त्यसैले, बैंकसँग सम्बन्धित हरेक कागजात, सूचना र आर्थिक दायित्वलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु राम्रो बैंकिङ बानीको महत्त्वपूर्ण हिस्सा हो। 

४. आफ्नो Credit Score समय-समयमा जाँच गर्नुहोस् 

धेरैजसो मानिसले ऋण आवेदन दिनुअघि वा कुनै समस्या आएपछि मात्र आफ्नो Credit Score जाँच गर्ने गर्छन्। तर यसलाई  नियमित रूपमा जाँच गर्ने बानीले भविष्यमा आउन सक्ने समस्या समयमै पहिचान गर्न मद्दत गर्छ। साथै, उपलब्ध भएमा Credit Report पनि हेर्दा ऋणको विवरण सही छ कि छैन, कुनै पुरानो ऋण अद्यावधिक भएको छ कि छैन वा अन्य कुनै विवरण पुन, जाँच गर्न सकिन्छ।  

आफ्नो Credit Score समय-समयमा हेर्दा भविष्यमा ऋणका लागि आवेदन दिनुअघि आफ्नो वित्तीय प्रोफाइल बुझ्न र आवश्यक सुधार गर्न पनि सहज हुन्छ। यदि कुनै विवरणमा शंका वा समस्या देखिएमा सम्बन्धित बैंक वा वित्तीय संस्थासँग समयमै समन्वय गर्न सकिन्छ।

त्यसैले, नियमित रूपमा Credit Score जाँच गर्ने बानी पनि स्वस्थ Credit History कायम राख्ने महत्त्वपूर्ण कदम हो। 

५. आर्थिक योजना बनाएर खर्च गर्नुहोस् 

राम्रो आर्थिक योजना केवल बचतका लागि मात्र होइन, स्वस्थ credit history कायम राख्न पनि महत्त्वपूर्ण हुन्छ। मासिक बजेट बनाउने, Emergency Fund लागि केही रकम छुट्याउने र अनावश्यक ऋण लिनबाट बच्ने बानीले आर्थिक दबाब कम गर्न मद्दत गर्छ। 

उदाहरणका लागि, अचानक स्वास्थ्य खर्च वा अन्य आकस्मिक अवस्था आएमा पर्याप्त बचत नभए किस्ता वा अन्य भुक्तानी समयमै गर्न गाह्रो हुन सक्छ। तर, Emergency Fund भए त्यस्ता परिस्थितिमा पनि नियमित भुक्तानीलाई निरन्तरता दिन सकिन्छ, जसले तपाईंको Credit History मा नकारात्मक असर पर्नबाट जोगाउन मद्दत गर्छ।

यसरी योजनाबद्ध खर्च र स्वस्थ Cash Flow व्यवस्थापनले दीर्घकालीन रूपमा समयमै भुक्तानी गर्न सहज बनाउँदै तपाईंको Credit History लाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछ। 

सुरुवात गर्न धेरै ठूलो परिवर्तन आवश्यक पर्दैन, हरेक महिना सानो रकम बचत गर्ने र आफ्नो आम्दानी तथा खर्चको नियमित हिसाब राख्ने बानीले पनि भविष्यमा ठूलो फरक पार्न सक्छ। 

निष्कर्ष

अन्ततः, राम्रो Credit History ऋण आवश्यक परेपछि होइन, त्यसभन्दा धेरैअघि अपनाइने जिम्मेवार आर्थिक बानीबाट निर्माण हुन्छ। समयमै किस्ता तिर्ने, आफ्नो आम्दानीले धान्न सक्ने ऋण मात्र लिने, बैंकिङ दायित्वलाई जिम्मेवारीपूर्वक पूरा गर्ने र योजनाबद्ध रूपमा खर्च गर्ने जस्ता साना बानीहरूले नै भविष्यको वित्तीय प्रोफाइल तयार पार्छन्।

भोलि घर किन्न, व्यवसाय विस्तार गर्न वा अन्य आर्थिक आवश्यकताका लागि ऋण लिनुपर्ने अवस्था आउन सक्छ। त्यसैले, आवश्यक पर्दा राम्रो Credit History खोज्नेभन्दा पनि आजदेखि नै त्यसलाई निर्माण गर्ने बानी बसाल्नु दीर्घकालीन रूपमा तपाईंका वित्तीय अवसरहरूलाई अझ सहज र सुरक्षित बनाउन मद्दत गर्छ।

Frequently Asked Questions (FAQs) 

१. Credit History भनेको के हो?

Credit History भनेको तपाईंले ऋण तथा अन्य वित्तीय दायित्वहरू विगतमा कसरी व्यवस्थापन गर्नुभयो भन्ने रेकर्ड हो। 

२. Credit History र Credit Score बीच के फरक छ? 

Credit History भनेको तपाईंले विगतमा ऋण तथा अन्य वित्तीय दायित्वहरू कसरी व्यवस्थापन गर्नुभयो भन्ने विस्तृत रेकर्ड हो। Credit Score भने त्यही Credit History का आधारमा तयार गरिएको एउटा संक्षिप्त मूल्याङ्कन (Score) हो, जसले तपाईंको समग्र वित्तीय व्यवहारलाई संकेत गर्छ। 

३. Credit History बिग्रिनुका सामान्य कारणहरू के हुन्?

किस्ता ढिलो तिर्नु, ऋणमा Default हुनु, चेक बाउन्स हुनु, ऋण पुनर्संरचना (Restructuring) वा Settlement जस्ता कारणहरूले Credit History मा असर पर्न सक्छ। 

 ४. Credit Report कति समयमा जाँच गर्नुपर्छ?

कम्तीमा वर्षमा एक पटक वा नयाँ ऋणका लागि आवेदन दिनुअघि आफ्नो Credit Report जाँच गर्नु राम्रो हुन्छ।

५. चेक बाउन्स हुँदा Credit History मा असर पर्छ? 

परिस्थिति र सम्बन्धित बैंकिङ प्रक्रियाअनुसार चेक बाउन्सले तपाईंको वित्तीय विश्वसनीयतामा असर पार्न सक्छ। 

६. राम्रो Credit History बनाउन कति समय लाग्छ? 

राम्रो Credit History कुनै निश्चित समयमा बन्दैन। समयमै भुक्तानी गर्ने र जिम्मेवार आर्थिक बानी अपनाउँदै जाँदा यो क्रमशः निर्माण हुँदै जान्छ।