बैंक धाउने र घण्टौँ लाइन बस्ने झन्झट अब छोड्नुहोस् । अब देशको जुनसुकै कुनाबाट आफ्नै मोबाइल वा ल्यापटप प्रयोग गरी घरबाटै सहज रूपमा अनलाइन क्रेडिट कार्ड apply गर्न सकिन्छ।
घरबाटै एप्लाई गर्न सकिने त भयो, तर यसका लागि के-कस्ता प्रक्रियाहरू पूरा गर्नुपर्छ, कुन-कुन कागजात चाहिन्छ र आफ्नो योग्यता पुग्छ कि पुग्दैन भन्ने अलमलमा हुनुहुन्छ भने यो guide विशेष गरी तपाईंकै लागि हो।
क्रेडिट कार्डको योग्यता, डिजिटल डकुमेन्ट र आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू प्रस्ट र सरल तरिकाले बुझ्न यो ब्लग पूरा पढ्नुहोस् ।
सजिलो भाषामा भन्नुपर्दा, क्रेडिट कार्ड भनेको बैंकले तपाईंलाई दिने एउटा यस्तो सुविधा हो, जसको मद्दतले खातामा पैसा नहुँदा पनि सामान किन्न वा भुक्तानी गर्न सकिन्छ। तपाईंले कार्डबाट खर्च गरेको यो रकम निश्चित समयभित्र बैंकलाई फिर्ता गर्नुपर्ने हुन्छ।
सबैभन्दा फाइदाको कुरा के भने, यदि तपाईंले खर्च गरेको रकम ४५ दिनभित्रै बैंकलाई बुझाउनुभयो भने यसमा extra charge वा ब्याज लाग्दैन।
पछिल्लो समय डिजिटल सेवाहरूको बढ्दो लोकप्रियतासँगै बैंकहरूले पनि आफ्ना online portalहरू निकै सहज बनाएका छन्। अब तपाईंले कागजी फारम भर्न बैंक गइरहनु पर्दैन, जुनसुकै बेला बैंकको online portalबाटै डिजिटल आवेदन दिन सक्नुहुन्छ।
अनलाइन फारम भर्न बस्नुअघि आफ्नो मोबाइल वा ल्यापटपमा केही आवश्यक कागजातहरू डिजिटल रूपमा तयार राख्नुभए आवेदन प्रक्रिया निकै सहज हुन्छ:
कुनै पनि बैंक देख्ने बित्तिकै सिधै आवेदन नदिनुहोस्। पहिले नेपालमा क्रेडिट कार्ड उपलब्ध गराउने अग्रणी बैंकहरूको बारेमा राम्रोसँग बुझ्नुहोस् किनभने हरेक बैंकको ब्याजदर, अफर र Hidden Charges फरक-फरक हुन्छन्। त्यसैले सिधै apply गर्नुअघि कुन बैंकको कार्डमा बढी फाइदा छ भनेर राम्रोसँग बुझ्नुहोस्।
कार्डका विशेषताहरू तुलना गर्नुहोस्: क्रेडिट कार्डका विशेषताहरू जस्तै आन्तरिक वा अन्तर्राष्ट्रिय प्रयोग, वार्षिक शुल्क, रिवार्ड पोइन्ट र क्यासब्याक तुलना गर्नुका साथै खातामा पैसा नहुँदा पनि आकस्मिक खर्च टार्न, सहज मासिक किस्ता (EMI) मा सामान किन्न र समयमै बिल तिरेर आफ्नो क्रेडिट स्कोर सुधार्दै भवि ष्यमा सहज तरिकाले ऋण पाउने जस्ता फाइदाहरू हेरेर मात्र कार्ड छनोट गर्नुहोस्।
आफ्नो आवश्यकता अनुसार निर्णय गर्नुहोस्: तपाईंलाई सपिङमा छुट, भम्रण अफर, व्यावसायिक खर्च वा आकस्मिक प्रयोग मध्ये केका लागि कार्ड चाहिएको हो, सोही अनुसार रोज्नुहोस्।
विभिन्न बैंकका क्रेडिट कार्डका विशेषता र ब्याजदरहरू तुलना गर्न तपाईंले सरल बैंकिङ्ग सेवा को Credit Card Comparison Tool प्रयोग गर्न सक्नुहुन्छ। साथै, वार्षिक शुल्क छुट सम्बन्धी अफरहरू बुझ्न बैंकको वेबसाइटको "Credit Card Offers" सेक्सन पनि चेक गर्नुहोस्।
सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ्ग एपमा जानुहोस् र 'Apply Online' वा 'Credit Card' को optionमा क्लिक गर्नुहोस्। स्क्रिनमा देखिने Online Application Form मा आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर र रोजगारको विवरण कुनै गल्ती नगरी सही-सही भर्नुहोस्। यदि फारम भर्न अझै अलमल भइरहेको छ भने, तपाईंले सिधै 'सरल बैंकिङ्ग सेवा' को platformबाट पनि विभिन्न क्रेडिट कार्डहरू तुलना गरी सिधै आवेदन दिन सक्नुहुन्छ।
फारमको निर्देशन अनुसार अघि नै तयार पारिएका नागरिकता, फोटो र आयस्रोत खुल्ने डकुमेन्टहरू डिजिटल स्वरूपमा सिस्टममा अपलोड गर्नुहोस्। डकुमेन्टहरू प्रस्ट र पढ्न मिल्ने भएको सुनिश्चित गर्नुहोस्।
सम्पूर्ण विवरणहरू पुनः जाँच गरी फारम 'Submit' गर्नुहोस्। त्यसपछि बैंकको क्रेडिट टिमले तपाईंको डकुमेन्ट र विवरणहरू रुजु गर्नका लागि गर्ने “Mail” वा “Verification Call” को प्रतीक्षा गर्नुहोस्। बैंकले तपाईंको वित्तीय इतिहास वा कर्जा सूचना केन्द्र को रेकर्ड पनि यसै चरणमा जाँच गर्नेछ।
यदि तपाईंका सबै विवरण र कागजातहरू बैंकको मापदण्ड अनुसार मिलेका छन् भने बैंकले तपाईंको आवेदन स्वीकृत गर्दछ। ध्यान राख्नुहोस्, पहिलो पटक आवेदन दिनेहरूका लागि बैंकले सुरुमा कम क्रेडिट लिमिट दिन सक्छ, ताकि तपाईंको ऋण तिर्न सक्ने क्षमता र paymentको अनुशासन हेर्न सकियोस् र पछि बिस्तारै यो लिमिट बढाउन मिलोस्। आवेदन बुझाएको दिनदेखि बैंक अनुसार सामान्यतया ३ देखि १० कार्यदिनभित्र यसको निर्णय आउँछ।
आवेदन स्वीकृत भइसकेपछि बैंकले तपाईंको भौतिक क्रेडिट कार्ड कुरियर/मेलमार्फत पठाउँछ वा शाखामा लिन आउनका लागि फोन गर्छ। कार्ड हातमा परेपछि, यसलाई प्रयोगमा ल्याउन बैंकको मोबाइल एप, इन्टरनेट बैंकिङ्ग पोर्टल, वा तोकिएको एटीएममा गई कार्ड Activate गरेर आफ्नो गोप्य पिन सेट गर्नुपर्छ।
क्रेडिट कार्डको लागि अनलाइन फारम भर्दा र बुझाउँदा सुरक्षित रहन र आवेदन अस्वीकृत हुनबाट जोगाउन केही विशेष कुराहरूमा ध्यान दिनुपर्छ।
डिजिटल प्रविधिको विकासले गर्दा अब बैंकको ढोकासम्म पुगिरहनु पर्दैन। घरैमा बसेर वा आफ्नो कार्यस्थलबाटै अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने यो व्यवस्थाले समय र मेहनत दुवै बचत गरिदिएको छ। माथि भनिएका सजिला चरणहरू पछ्याएर र आफ्ना आवश्यक कागजातहरू सही ढङ्गले बुझाएर तपाईंले पनि बिना कुनै झन्झट आफ्नो क्रेडिट कार्ड प्राप्त गर्न सक्नुहुनेछ।
तपाईँलाई कुन बैंकको क्रेडिट कार्ड आफ्नो लागि सबैभन्दा ठिक लाग्छ? वा कुन कार्डमा बढी फाइदा छ भनेर अलमल्ल पर्नुभएको छ? विभिन्न बैंकका क्रेडिट कार्डहरू, तिनका विशेषता र ब्याजदरहरू आपसमा तुलना गर्न तथा थप विस्तृत जानकारीका लागि आजै सरल बैंकिङ्ग सेवा (Saral Banking Sewa) को वेबसाइटमा भिजिट गर्नुहोस् वा हामीलाई सिधै सम्पर्क गर्नुहोस्।
Sign up to discover Saral Banking Sewa