पछिल्ला समयमाहरूमा बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको वित्तीय अनुसासन र व्यवहारलाई मूल्याङ्कन गर्न 'क्रेडिट स्कोर' लाई निकै महत्त्व दिन थालेका छन्। यो तपाईँको वित्तीय चरित्रको एउटा मार्कसिट हो। तपाईँले ऋण पाउनुहुन्छ कि हुन्न, बैंकिङ ब्याजदर कति सस्तो वा महँगो हुन्छ, र वित्तीय बजारमा तपाईँको विश्वसनीयता कस्तो छ भन्ने कुराको निर्धारण यही स्कोरले गर्छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ बजेट मार्फत सबै नागरिकका लागि व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली (Personal Credit Scoring System) लागू गर्ने ऐतिहासिक घोषणा गरेपछि यो विषय यतिबेला निकै चर्चामा छ।
आखिर के हो त क्रेडिट स्कोर? यसको गणना कसरी गरिन्छ? नयाँ बजेटले यससम्बन्धी के-के व्यवस्थाहरू ल्याएको छ र आफ्नो क्रेडिट स्कोर कसरी सुधार्न सकिन्छ? यस ब्लग मार्फत यी सबै जिज्ञासाबारे विस्तृत रूपमा बुझ्नेछौ ।
सरल भाषामा क्रेडिट स्कोर भनेको तपाईँले विगतमा लिएको ऋण कति जिम्मेवारीपूर्वक पूरा गर्नुभयो भन्ने आधारमा प्राप्त हुने अंक हो। यो व्यक्तिको ऋण तिर्ने क्षमता र वित्तीय अनुशासन देखाउने डिजिटल सूचक हो।
बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई ऋण वा क्रेडिट कार्ड दिनुअघि जोखिम मूल्याङ्कन गर्न यसको प्रयोग गर्छन्। स्कोर राम्रो हुनुको अर्थ तपाईँ विश्वासिलो ग्राहक हुनु हो।
नेपालमा कर्जासम्बन्धी सम्पूर्ण विवरण संकलन र व्यवस्थापन गर्ने मुख्य काम कर्जा सूचना केन्द्र (CIB) ले गर्छ। तपाईँले बैंकबाट ऋण लिँदा, क्रेडिट कार्ड प्रयोग गर्दा वा कसैको जमानी (Guarantor) बस्दाका सबै विवरण CIB को केन्द्रीय प्रणालीमा दर्ता हुन्छन्।
बैंकहरूले ग्राहकको भुक्तानी स्थिति नियमित रूपमा CIB लाई पठाउँछन् र लामो समयसम्म ऋण नतिर्नेलाई CIB ले कालोसूची (Blacklist) मा राख्छ। संक्षिप्तमा, यो प्रणाली तपाईँको वित्तीय ऐना हो, जसलाई हेरेर बैंकहरूले तपाईँ ऋण दिन योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुराको यकिन गर्छन्।
क्रेडिट स्कोर व्यक्तिको वित्तीय व्यवहारका विभिन्न सूचकहरूलाई वैज्ञानिक ढंगले विश्लेषण गरेर गणना गरिन्छ। मुख्य रूपमा यसको मूल्यांकन गर्दा तलका ५ वटा कारकहरूलाई ध्यान दिइन्छ:
यो सबैभन्दा महत्त्वपूर्ण पाटो हो। यदि तपाइले लोनको किस्ता (EMI) वा क्रेडिट कार्डको बिल समयमै तिर्नुभएको छ भने स्कोर बढ्छ तर ढिलाइ गर्नुभएमा वा किस्ता छुटाउनु भएमा स्कोर घट्छ।
तपाइको आम्दानीको तुलनामा ऋणको मात्रा कति छ भन्ने हेरिन्छ। क्षमताभन्दा बढी ऋण वा क्रेडिट कार्डको लिमिट प्रयोग गर्दा जोखिम बढ्छ र स्कोरमा असर पर्छ।
तपाईँ कति समयदेखि बैंकिङ कारोबारमा हुनुहुन्छ भन्ने यसले देखाउँछ। लामो समयसम्म सफा र जिम्मेवार वित्तीय इतिहास हुनु सकारात्मक संकेत मानिन्छ।
तपाइले छोटो समयमा धेरै वटा बैंकमा ऋण वा क्रेडिट कार्डका लागि आवेदन दिँदा नकारात्मक प्रभाव पर्छ। यसले तपाईँ वित्तीय दबाबमा हुनुहुन्छ भन्ने देखाउँछ।
तपाईँले चलाएको ऋणको सन्तुलन यसमा हेरिन्छ। सुरक्षित कर्जा (जस्तै: घर, गाडी कर्जा) र असुरक्षित कर्जा (जस्तै: व्यक्तिगत ऋण, क्रेडिट कार्ड) को राम्रो मिश्रण हुनु सकारात्मक मानिन्छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा एउटा ठुलो रूपान्तरण ल्याउने कदम चालेको छ। विशेष गरी आम नागरिकको वित्तीय पहुँच बढाउन र ऋण प्रवाहलाई थप पारदर्शी बनाउन बजेटमा केही नवप्रवर्तनात्मक व्यवस्थाहरू गरिएका छन्:
बजेटको यो नयाँ व्यवस्थाले वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग र पारदर्शितालाई बढावा दिने स्पष्ट छ। यदि तपाईँको क्रेडिट स्कोर उत्कृष्ट छ भने भविष्यमा बैंकहरू आफैँ तपाईँलाई खोज्दै आउनेछन्।
तपाईँको क्रेडिट स्कोर जति बलियो हुन्छ, वित्तीय बजारमा तपाईँको साख त्यति नै उच्च हुन्छ। एउटा राम्रो क्रेडिट स्कोर हुनुका मुख्य फाइदाहरू यस प्रकार छन्:
राम्रो क्रेडिट स्कोर तपाईँको वित्तीय स्वतन्त्रता र सुनौलो भविष्यको साँचो हो।
यदि तपाईँको क्रेडिट स्कोर कमजोर छ वा तपाईँ यसलाई अझै बलियो बनाउन चाहनुहुन्छ भने आजैदेखि यी ६ वटा बानीहरू अपनाउनुहोस्:
क्रेडिट स्कोर आधुनिक बैंकिङ प्रणालीको एउटा बलियो र अपरिहार्य आधार बन्दै गएको छ। आर्थिक वर्ष २०८३/८४ बजेट मार्फत सरकारले घोषणा गरेको व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली नेपालको वित्तीय क्षेत्रलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने एक ऐतिहासिक सुधारको कदम हो।
आफ्नो ऋणको किस्ता समयमै भुक्तानी गरेर, जिम्मेवार वित्तीय व्यवहार देखाएर र अनुशासित बैंकिङ अभ्यास अपनाएर मात्र एउटा उत्कृष्ट क्रेडिट स्कोर निर्माण गर्न सकिन्छ। याद राख्नुहोस्, आजको वित्तीय अनुशासन नै भोलिको आर्थिक समृद्धिको साँचो हो र एउटा बलियो क्रेडिट स्कोरले तपाईँका लागि भविष्यका अनगिन्ती वित्तीय अवसरहरूको ढोका खोल्नेछ।
Sign up to discover Saral Banking Sewa