27 Dec, 2023

बैंकमा कर्जा ब्याजदर घट्दो क्रममा हुँदा आउनुहोस् जानिराखौं कर्जा र कर्जा प्रक्रिया बारे

कर्जा प्राय: सधैं सुनिरहने र सबैलाई आवश्यक पर्ने कुरा हो। हामीले साथीभाई, छरछिमेक, वरपर जताततै यसको कुरा गरेको देखिराखेको हुन्छौं। अझ आफ्नो परिवार र आफैलाई आवश्यक पर्दा यसको असली महत्व थाहाँ हुन्छ। कर्जा एउटा निरन्तर चलिरहेको प्रक्रिया हो। यसको अभ्यास हामीले धेरै पहिला देखि नै गरिआएका थियौं। साँच्चै भन्नुपर्दा हाम्रा तौर-तरीका, आदान प्रदान लगायत अन्य पहुँचमा सहजीकरण भएका मात्र हुन्। वित्तिय बजारको समाचार र नेपाल राष्ट्र बैंकको नीतिमा हुने परिवर्तनले गर्दा अहिले कर्जाले अझ धेरै चर्चा लिन थालेको छ। भर्खरै मात्र पनि कर्जाको ब्याजदर घट्यो भन्ने सुनिरहेका हुन सक्छौं। सोहि खबरसंगै बैंक तथा वित्तिय संस्थाहरुका विभिन्न सेवाहरु जस्तै घर कर्जा,

व्यक्तिगत कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा आदि विविध कर्जाहरुमा चहलपहल प्रारम्भ भइसकेको छ। त्यसैले आउनुहोस् आज जानौं कर्जा र यसका प्रक्रिया बारे। कर्जा भनेको एक व्यक्ति वा कुनै संस्थाले लिएको रकम हो जसलाई कर्जा लिने पक्ष भनिन्छ। त्यसरी नै लेनदेनमा अर्को पक्षलाई कर्जादाता भनिन्छ - सामान्यतया यी बैंक तथा वित्तीय संस्थाहरु हुन्छन्। उक्त संस्थाहरूले कर्जा लिनेलाई आवश्यक रकम कर्जामा दिन्छन्। बदलामा, कर्जा लिने पक्षहरुले रकम सहित अन्य वित्तीय सेवा शुल्क, ब्याज, आदि तिर्ने सर्तहरूमा सहमत हुन्छन्।सरलरुपमा कर्जा भनेको यस्तो रकम हो जुन भविष्यमा कर्जा मूल्यको भुक्तानीको साथसाथै ब्याज र अन्य वित्तीय शुल्कहरूको सहित अर्को पक्षलाई दिइने गरिन्छ। कर्जा निश्चित एक पटकको रकमको लागि लिन सकिन्छ जस्तै घर कर्जा, सवारी साधन कर्जा, आदि वा यो एक निश्चित सीमासम्म पटक पटक क्रेडिटको रूपमा लिन सकिन्छ जस्तै क्रेडिट कार्ड। कर्जाहरू व्यक्तिगत, व्यावसायिक, सुरक्षित-(धितो राखेर दिने), र असुरक्षित-(बिना धितो दिने) कर्जा आदि जस्ता विभिन्न रूपहरूमा लिन सकिन्छ।कर्जा कसले, किन र कहिले दिइन्छ?नेपालको हकमा बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह गर्दछ। यो नै उनीहरुको प्रमुख कार्य हो किनकि सरकारले नै उनीहरुलाई कानुनी परिधिभित्र रहेर समाजमा तरलता आपूर्ति गर्ने जिम्मेवारी सुम्पेको छ। उक्त जिम्मेवारी स्वरुप बैंक तथा वित्तिय संस्थाले धेरै कारणका लागि कर्जा प्रवाह गर्दछ।चालु आर्थिक वर्ष २०८०/२०८१ को ४ महिनामा (साउनदेखि कात्तिकसम्म) मात्र बैंक तथा वित्तीय संस्थाहरुले साढे २८ अर्ब व्यक्तिगत घर कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंक, नबिल बैंक, सानिमा बैंक, कुमारी बैंक, आदिले ल्यायो न्यूनतम ब्याजदरमा घर कर्जा योजना भन्ने खबर आईरहदा सर्वसाधारणलाई कुन बैंकमा कति, कसको सस्तो, कसको राम्रो भन्ने विभिन्न जिज्ञासा आउँन जान्न बुझ्न मन लग्न सक्ने हुँदा सरल बैंक सेवाले तपाईंको निमित्त भरपुर काम गरि सम्पूर्ण बैंक तथा वित्तिय संस्थाका घर कर्जा एकै ठाउँमा सजिलै तुलना गरि सबैभन्दा उपयुक्त छनोट गरि आफ्नो आवेदन प्रक्रिया सहज रुपमा अघि बढाउँनको लागि उत्तम वातावरण सिर्जना गरेको छ। साथै अन्य व्यक्तिगत कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा आदि सबै कर्जा सजिलै तुलना गरि सबैभन्दा उपयुक्त छनोट गरि आफ्नो आवेदन प्रक्रिया सहज रुपमा अघि बढाउँन सक्नुहुन्छ। कर्जा लिने व्यक्ति वा संस्थालाई शिक्षा, स्वास्थ्य, लगायत विभिन वस्तु खरिद गर्न, व्यापार, उद्यम, नवीकरण, वा अन्य लगानी आदिको लागि कर्जा चाहिन्छ। व्यापार कर्जाले कम्पनीहरूलाई आफ्नो सञ्चालन विस्तार गर्न मद्दत गर्न सक्छ।छोटकरीमा, कर्जाले अर्थतन्त्रमा समग्र मुद्रा आपूर्तिमा वृद्धि गर्न र नयाँ व्यवसायहरूलाई प्रतिस्पर्धा गर्न सहायता दिन्छ। त्यसरीनै कर्जादाता (बैंक तथा वित्तिय संस्था) ले कर्जा लिने व्यक्ति वा संस्थाहरुबाट लिने ब्याज र अन्य शुल्क उनीहरुको आम्दानीको स्रोत हुन्छ ।कर्जा प्रक्रियाले कसरी काम गर्छ?जब तपाईंलाई पैसाको आवश्यकता पर्दछ, तपाईंले बैंक तथा वित्तिय संस्थामा कर्जाको लागि आवेदन दिनुहुन्छ। तब सुरु हुन्छ कर्जा प्रक्रिया, जसलाई लिने व्यक्तिगत वा संस्थागत आवश्यकताहरू र दिने वित्तीय संस्थाहरूको नीति अनुसार अवलोकन गर्न र विभिन्न चरणहरूमा विभाजित गर्न सकिन्छ। शिघ्र कर्जा प्रक्रियाको लागि सामान्यतया निम्नलिखित चरणहरूमा ध्यान दिनुपर्छ: १. आवश्यक जानकारीकर्जा प्रक्रिया आरम्भ गर्नुअघि, आवश्यक जानकारीहरूको प्राप्त गर्नुपर्दछ। यसमा आफ्नो व्यक्तिगत विवरण, आर्थिक स्थिति, आय र कर्जा प्रयोजनहरूसम्मको आवश्यक जानकारी हुनु पर्दछ। २. उचित कर्जा संस्था छनोटकर्जा प्राप्त गर्न सबैभन्दा उत्कृष्ट संस्थाहरूमध्ये छानबीन र तुलना गर्नुपर्दछ। नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आ-आफ्ना सर्त र नीति अनुसार कर्जा प्रस्तव गर्दछन्। त्यसैले प्रस्तावित वित्तिय संस्थाहरूमध्ये कर्जा प्राप्तिको लागि प्रक्रिया सुरू गर्नुअघि, सबैभन्दा उपयुक्त संस्थाहरू छान्नुपर्छ।३. आवश्यक कागजात सबमिशन छनोट गरेको वित्तिय संस्थामा कर्जा प्राप्तिको लागि सम्बन्धित आवश्यक कागजातहरूको सबमिशन गर्नुपर्दछ। यसमा कर्जाको प्रकार र बैंक तथा वित्तिय संस्थाको नीति अनुसार व्यक्तिगत र आर्थिक कागजात, आय प्रमाणपत्र, बैंक स्टेटमेन्ट, सहित आफ्नो पहिचान आदि समावेश गर्नुपर्छ। ४. कर्जा अनुपातको निर्धारणआधारभूत जानकारी र वित्तीय संस्थाहरूको नीति अनुसार कर्जा अनुपात तयार गरिनेछ। यसले कर्जाको अनुमानित रकम, व्याजदर, र उद्देश्यलाई प्रतिवद्ध गर्दछ।५. कर्जा स्वीकृतितपाईंको कर्जा प्रस्तावको लागि पेश गरिएको सबै आवश्यक विवरण संस्थामा प्रस्तुत गरेपछि त्यसको आधारमा कर्जा निर्धारण हुन्छ र कर्जा स्वीकृति प्राप्त हुनेछ । ६. कर्जा प्राप्ति तपाईंको वित्तीय अवस्था र आवश्यकताहरूको आधारमा कर्जा प्राप्तिको लागि प्रक्रिया अवलोकन गरिनेछ। अवलोकन पछि, छनोट गरेको संस्थाले कर्जा प्रदान गर्नेछ।यसरी माथि उल्लेखित कर्जा प्रक्रियाका विविध चरणहरू पार गर्दै जाँदा कर्जा प्राप्तिको लागि नियमित अनुगमन र अनुसन्धान आवश्यक हुन्छ जुन तपाईंको लागि सरल बैंकिङ्ग सेवाले गर्नेछ। साथै तपाईंहरूलाई उच्च स्तरको विशेषज्ञता सहित सम्बन्धित संस्थाहरूसँग जोडी सबैभन्दा उत्कृष्ट कर्जा सुनिश्चित गर्नेछ। अन्तमा कर्जा र कर्जा प्रक्रिया बारे राम्ररी बुझ्नु पर्छ। कुनै पनि कर्जा लिनु अघि योजना बनाउन जरुरी हुन्छ। हामीले मुख्य बुझ्नु पर्ने भनेको कति, किन र यति कर्जा प्राप्त छ कि छैन्। कर्जा लिएपछि भविष्यमा समयमा भुक्तानी गर्न सकिन्छ कि सकिन्न, समयमा भुक्तानी नगर्दा के हुन्छ भन्ने जस्ता विषयमा सचेत हुनुपर्छ। कर्जा अर्थात् पैसाको एउटा अर्को श्रोतको महत्त्व बारे बुझ्न पर्छ। यसलाई कसरी सदुपयोग गर्दा आफ्नो जीवनस्तर मात्र नभई सिंगो राष्ट्रको अर्थतन्त्रमा समेत योगदान पुर्याउन सकिन्छ भन्ने बुझ्न पर्छ। पैसालाई बुझी कर्जा लिएर सानो स्तरबाट ठुलो स्तरमा पुगेका संसारमा विभिन उदाहरणहरु देख्न सुन्न पाईन्छन्। त्यसकारण कर्जा लिंदा सबै बैंक तथा वित्तिय संस्थाहरु बुझेर, तुलना गरेर सबैभन्दा उत्तम लिनुपर्छ। कर्जाले व्यक्ति वा संस्थालाई कर्जाको बोझ मात्र नभई, तपाईंहरुको जीवन, व्यवसायलाई समृद्ध र सुदृढ बन्न मद्दत गर्दछ।