14 Dec, 2023

व्यक्तिगत कर्जा लिने सोच्दै हुनुहन्छ भने यी हुन् तपाईंहरुले ध्यान दिनु पर्ने कुराहरु

मानिसको जन्मसंगै उसका इच्छा, आकांक्षा र सपनाहरु पनि विकास हुँदै जान्छन्। उक्त इच्छा, आकांक्षा र सपनाहरु पुरा गर्दै जाँदा जीवनमा विभिन्न उतार चडावहरु आउने गर्छन् र त्यी उतार चडावहरुलाई सन्तुलन गर्न एउटा अहम भूमिका खेल्ने पात्र बन्छ 'पैसा'। पैसा भन्ने बित्तिकै हरेक मानिस अनुसार यसका फरकफरक धारणा आउने गर्दछन्। तर समग्र र सरल रुपमा हामीले के बुझ्न सक्छौं भने "पैसा महत्त्वपूर्ण हुन्छ"।

पैसा कति चाहिन्छ भनेर ठ्याक्कै अनुमान त गर्न सकिन्न तर तपाईंलाई तपाईंको जीवनको कुनै न कुनै मोडमा आफुसंग भएको पैसा भन्दा अतिरिक्त पैसा चाहिन्छ। चाहे त्यो तपाईंको व्यक्तिगत लगानी, घर निर्माण, नयाँ कार, सम्पत्तिको सृजनको लागि होस् वा तत्काल आर्थिक खर्चहरू जस्तै चिकित्सा, शिक्षा, नवीकरण, इत्यादिको आवश्यकताको लागि। सरल रूपमा भन्नु पर्दा तपाईंको जीवनमा कुनै पनि समयमा पैसाको आवश्यकता पर्न सक्छ।

यसरी पैसा आवश्यक पर्ने समयमा, तपाईंलाई कर्जा चाहिन्छ जसले तपाईंलाई एकमुष्ट रकम दिन्छ र सबै परिस्थितिबाट बाहिर निस्कन मद्दत गर्दछ। तपाईं हतार हतार यी विभिन्न परिस्थितिको लागि सबैभन्दा उपयुक्त कर्जा विकल्पहरु खोज्नुहुन्छ, र तपाईंको दिमाकमा प्राय: सुरुमा आउने विकल्प भनेको व्यक्तिगत कर्जा हो।  

धेरैजसो व्यक्तिगत कर्जाहरु असुरक्षित (धितोले सुरक्षित नगरेको) हुन्छन्, यसको मतलब व्यक्तिगत कर्जा लिंदा तपाईंले कुनै पनि धितो प्रदान गर्न आवश्यक हुँदैन, मात्र आम्दानीको श्रोतलाई आधार बनाएर प्रदान गरिन्छ। तर अहिलेको समयमा व्यक्तिगत कर्जा प्रदान गर्दा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका आफ्ना-आफ्ना नीति अनुसार दुवै धितो र बिना धितोमा कर्जा उपलब्ध गराउँछ। व्यक्तिगत कर्जाको लागि चाहिने धितो लगायत कागजात र अन्य सबै सम्बन्धित सम्पूर्ण जानकारी सजिलै सरल बैंकिङ्ग सेवा मार्फत प्राप्त गर्न सक्नुहुनेछ। 

नेपालमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले प्रस्ताव गर्ने व्यक्तिगत कर्जामा विभिन्न सर्तहरू हुने गर्दछन् त्यसैले कति र कुन ब्याजदरमा कर्जा प्रदान गर्दैछ र सबैभन्दा तपाईंलाई उत्तम कुन हुन्छ भनेर थाहाँ पाउन सरल बैंकिङ्ग सेवाको प्रयोग गर्न सक्नुहुन्छ। सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अबलोकन गर्दा सामन्यतया व्यक्तिगत कर्जा प्राय: कुनै पनि क्षेत्रमा लगानी गर्न स्थिर सम्पत्ती धितोको रुपमा प्रदान गर्न सक्ने नियमित, पर्याप्त र स्थिर आयश्रोत भएका व्यक्तिलाई प्रदान गरिने कर्जा हो।

व्यक्तिगत कर्जा लिंदा ध्यान दिनु पर्ने महत्त्वपूर्ण कुराहरु 

  • कर्जा विकल्पहरूको रिसर्च गर्नुहोस्: व्यक्तिगत कर्जा लिनु अघि सबै आवश्यक प्रस्तावहरू, नियम र सर्तहरू, र मासिक किस्ताको रकम (EMI) पनि राम्ररी हेर्नु उचित हुन्छ। सबैभन्दा अनुकूल सर्तहरू र ब्याजदरहरू फेला पार्न विभिन्न बैंकहरू र कर्जा उत्पादनहरू तुलना गर्नुहोस्।
  • अवधि र सर्तहरुलाई राम्ररी हेर्नुहोस्: ब्याजदर, भुक्तानी सर्तहरू, र कुनै पनि सम्बन्धित शुल्कहरू सहित कर्जा सम्झौताका सर्तहरू र अन्य सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्।
  • तपाईंको कर्जा भारको मूल्याङ्कन गर्नुहोस्: तपाईंको आफ्नो पुरानो कर्जाहरू मूल्याङ्कन गर्नुहोस् र समयको साथ व्यवस्थापन र कम गर्न योजना बनाउनुहोस्।
  • आवश्यक रकमको लागि मात्र आवेदन दिनुहोस्: अत्यधिक ठूलो कर्जा रकमको लागि आवेदन गर्दा तपाईंको बढी खर्च हुनेछ र अन्ततः भविष्यमा आर्थिक बोझ थपिनेछ। त्यसैले आफुलाई जति आवश्यक पर्छ त्यति कर्जा रकमको लागि मात्र आवेदन दिनुहोस्।
  • रोजगारीको स्थिरतालाई बलियो बनाउनुहोस्: स्थिर रोजगारीको इतिहासले कर्जा स्वीकृतिमा सकारात्मक प्रभाव पार्न सक्छ। कर्जा लिंदा जागिर स्थिरता चिन्ताको विषय हुन सक्छ, तपाईंको रोजगारीको इतिहासलाई बलियो बनाउने दिशा तर्फ काम गर्नुहोस्।
  • सम्पूर्ण जानकारी प्रदान गर्नुहोस्: तपाईंको कर्जा आवेदन प्रदान गर्दा सबै आवश्यक कागजातहरू र जानकारी पूर्ण छ कि छैन् सुनिश्चित गर्नुहोस् । आवेदनहरू पूर्ण नहुँदा अस्वीकार हुन सक्छ।

कुनै पनि एउटा कर्जाको लागि आवेदन दिनु अघि तपाईंले म कर्जा प्राप्त गर्नका लागि कत्तिको योग्य छु भनेर जाँच्दा उत्तम हुन्छ। यसरी जाँच गर्ने क्रममा तपाईंले आफ्ना त्रुटीहरु सुधार गर्ने मौका पाउने हुँदा तपाईंको कर्जा प्राप्त गर्ने सम्भावना पनि बढ्न सक्छ। तपाईंले कर्जा लिनु अघि सजिलै आफ्नो क्रेडिट स्कोर जाँच गर्न सरल क्रेडिट मूल्याङ्कनको उपयोग गर्न सक्नुहुन्छ। व्यक्तिगत कर्जाको लागि आवेदन दिंदा सर्वप्रथम तपाईं नेपाली नागरिक र तपाईंको उमेर कर्जा लिंदा १८ पुगेको हुनुपर्ने, कुनै पनि विश्वसनीय संस्थामा परमानेन्ट रुपमा काम गरेको, आफ्नै व्यवसाय/स्वरोजगार भएमा जस्तै डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, शिक्षक, इन्जिनियर, आदि हो भने आम्दानीको स्रोत दिगो र पर्याप्त हुनुपर्ने आदि जस्ता विभिन्न सर्तहरु ध्यानमा राख्नुपर्ने हुन्छ।

व्यक्तिगत कर्जाले तपाईंलाई प्राय: व्यक्तिगत रुपमा क्रेडिट कार्डमा पाउने उधारो पैसा भन्दा बढी कर्जा लिन मद्दत गर्दछ, र तपाईंले सजिलै मासिक किस्ताहरूमा वा एकमुष्ट रकम फिर्ता गर्न सक्नुहुन्छ। यद्यपि, व्यक्तिगत कर्जा सधैं सबैको लागि सही विकल्प नहुन पनि सक्छ यसका आफ्नै फाईदा र बेफाईदा हुन्छन् त्यसैले कर्जा लिन अगाडी गहन भएर सोच्न पर्छ र उचित मार्गदर्शन अपनाउनुपर्छ। सबैभन्दा उचित र कुन अवस्थामा कुन कर्जा लिने भनेर सहि निर्णय लिनको लागि सधैं तपाईंको साथमा सरल बैंकिङ्ग सेवा तत्पर रहनेछ। 

यदि तपाईंलाई यो ब्लग उपयोगी लग्यो भने, कृपया यसलाई आफ्ना अरु साथीहरू र परिवारसँग शेयर गर्न अनुरोध गर्दछौं ।