बैंकबाट ऋण (Bank loan) लिँदा जति ध्यान दिनुपर्छ, त्यत्ति नै ध्यान ऋण तिरे (loan repayment) पछि पनि दिन आवश्यक हुन्छ। धेरैजसो व्यक्तिहरू ऋण पूरै तिरेपछि आफ्नो जिम्मेवारी सकिएको ठान्छन्। तर वास्तवमा भन्नुपर्दा ऋण तिरिसकेपछि पनि तपाईले बैंकबाट लिन छुटाउनै नहुने केहि अत्यन्त महत्वपूर्ण कागजातहरु हुन्छन्।
यस्ता महत्वपूर्ण कागजातहरूले तपाई र बैंकसँगको कर्जा सम्बन्धित औपचारिक सम्बन्ध अन्त्य भएको जनाउने मात्रै नभई तपाईंको सम्पत्ति सुरक्षित राख्न, भविष्यमा कुनै कानुनी वा वित्तीय जटिलताबाट जोगिन, तथा तपाईंको कर्जा विवरण सफा राख्न मद्दत पुर्याउँछ।
कुनै पनि प्रकारको बैंक कर्जा तिरेर सकिएपछि नबिर्सी लिनुपर्ने महत्वपूर्ण कागजातहरू निम्नानुसार छन्:
ऋण समाप्ति पत्र अर्थात् Loan Closure Letter भन्नाले तपाईले आफ्नो बैंक कर्जा पूर्णत: तिरिसक्नु भएको छ भनेर बैंकले औपचारिक रूपमा दिने प्रमाण पत्र हो। यो कागजातले तपाईंको ऋण खाता बन्द भइसकेको छ र अब कुनै बक्यौता बाँकी छैन भनेर जनाउँछ।
तपाईंले ऋणको अन्तिम किस्तासम्म कति ब्याज, कति सावा र कति कर्जा शुल्क तिर्नुभयो भन्ने विस्तृत लेखाजोखा अन्तिम भुक्तानी विवरणमा हुन्छ। यसले भविष्यमा आउन सक्ने कुनै भ्रम वा विवाद रोक्न र तिरेको प्रमाण स्वरूप आवश्यक हुन्छ।
यदि ऋण लिँदा सम्पत्ति धितो (जस्तै घर वा सवारी) राख्नु भएको थियो भने, ऋण तिरेपछि त्यो सम्पत्ति अब बैंकको नियन्त्रणमा नरहेको भनी बैंकले दिने आधिकारिक कागजात यही हो। यो प्राप्त नगरेसम्म त्यो सम्पत्ति तपाईंको पूर्ण स्वामित्वमा फर्किएको मानिँदैन।
बैंकमा धितोस्वरूप राखिएका लालपुर्जा, सवारी ब्लुबुक वा अन्य मूल कागजातहरू ऋण तिर्नासाथ फिर्ता लिनुपर्छ। यिनको अभावमा तपाईंले कानुनी स्वामित्व प्रमाणित गर्न सक्नुहुन्न, र सम्पत्तिसम्बन्धी भविष्यका सबै प्रक्रियामा समस्या आउन सक्छ।
जबसम्म तपाईंले आवश्यक कागजातहरू फिर्ता लिँनु भएको हुदैन, तपाईंको ऋणसम्बन्धी दायित्व कानुनी वा व्यवहारिक हिसाबले पूर्ण रूपमा समाप्त भएको मानिँदैन। साथै यी कागजातहरू नलिदा वा हराउदा भविष्यमा विभिन्न कानुनी, आर्थिक र स्वामित्वसम्बन्धी समस्या आउन सक्छन्, जसले तपाईंलाई दीर्घकालीन झन्झटमा पार्न सक्छ।
(क) कानुनी सुरक्षा सुनिश्चित गर्छन्: यी कागजातहरूले तपाईंले ऋण तिरिसक्नुभएको छ र बैंकसँगको सबै दायित्व पूरा गर्नुभएको छ भनेर प्रमाणित गर्छन्, जसले भविष्यमा कुनै अनावश्यक कानुनी विवादबाट बचाउँछ।
(ख) स्वामित्व स्पष्ट राख्छन्: धितो मुक्तिपत्र र मूल सम्पत्ति कागजातहरूले तपाईंको सम्पत्तिमाथिको स्वामित्व सुनिश्चित गर्छन् र बैंकको कुनै दाबी नरहने ग्यारेन्टी दिन्छन्।
(ग) भविष्यको आर्थिक झन्झटबाट बचाउँछ: यदि यी कागजातहरू नलिएमा र कुनै भुलचुक भएको खण्डमा, कुनै बाँकी रकम रहेको भनि सम्पत्तिमा रोक लाग्न सक्छ, जसले तपाईंलाई वित्तीय रूपमा असर गर्न सक्छ।
(घ) कुनै अनावश्यक शुल्क र विवादबाट सुरक्षा: ऋण सम्झौतामा कुनै पूर्वभुक्तानी शुल्क छ कि छैन जाँच गर्न र यदि शुल्क लागेमा सो अनुरूप तिरेको हो कि होइन भनी पनि सुनिश्चित गर्न सकिन्छ, जसले विवादको अवस्था कम गर्छ।
यी कागजातहरू केवल औपचारिकता मात्र होइनन्, तपाईंको कानुनी सुरक्षा, सम्पत्तिको स्वामित्व, र भविष्यका आर्थिक झन्झटबाट सुरक्षाको ग्यारेन्टी हुन्। यदि तपाईंले अहिले समय निकालेर यी कागजातहरू फिर्ता लिनुभएन भने, भविष्यमा ठूलो असुविधा, आर्थिक हानि, वा कानुनी विवादमा पर्न सक्नुहुन्छ।
तर अब तपाईंलाई कर्जा लिनुअघि मात्र होइन, पछि पनि के–के आवश्यक हुन्छ भनेर चिन्ता गर्नु पर्दैन। सरल बैंकिंग सेवा (Saral Banking Sewa) ले तपाईंलाई कर्जा सम्बन्धित सम्पूर्ण जानकारी, कर्जा तुलना (Loan comparison), पूर्व-भुक्तानी नियम, र कागजात सम्बन्धित सुझावहरू एकै ठाउँमा बुझ्न सहयोग गर्छ।
कर्जा लिनुअघि वा तिरेपछि के–के गर्नुपर्ने हो स्पष्ट छैन? EMI Calculator देखि ऋण सम्झौता र कागजातसम्म, सबै जानकारी सरल बैंकिंग सेवा (Saral Banking Sewa) मा सजिलै पाइन्छ।
ऋण तिरेपछि बैंकबाट ऋण समाप्ति पत्र र अन्तिम भुक्तानी विवरण लिनुहोस्। यदि धितो राखिएको थियो भने, धितो मुक्तिपत्र र कागजातहरू फिर्ता लिन नबिर्सनुहोस्।
ऋण पूर्ण रुपमा तिरेपछि बैंकले ऋण खाता बन्द गर्छ र ऋण समाप्ति पत्र दिन्छ। क्रेडिट रिपोर्टमा ऋण “Closed” देखिन्छ जसले तपाईंको वित्तीय विश्वसनीयता बढाउँछ। यदि धितो थियो भने, त्यो फिर्ता पाउँनुहुन्छ।
ऋण समाप्ति प्रमाणपत्र (Certificate of Loan Closure) भन्नाले तपाईंले बैंक वा वित्तीय संस्थाबाट लिनुभएको ऋण पूर्ण रूपमा तिरिसक्नुभएको प्रमाणित गर्ने एक आधिकारिक कागजात हो। यसले तपाईं र बैंकबीचको ऋण सम्बन्ध औपचारिक रूपमा समाप्त भएको जनाउछ।
नेपालमा ऋण बन्द गर्नका लागि सबै किस्ताहरू तिरिसकेपछि बैंकमा सम्पर्क गरी ऋण समाप्ति पत्र (Loan Closure Letter), अन्तिम भुक्तानी विवरण (Final Payment Statement), धितो मुक्तिपत्र (Collateral Release Document), र धितोमा राखिएका सम्पत्तिका मूल कागजातहरू फिर्ता लिनुपर्छ।
धेरैजसो अवस्थामा तपाईंले ऋण अगाडि नै तिर्न सक्नुहुन्छ, तर बैंकले सामान्यतया पूर्वभुक्तानी शुल्क (prepayment charge) लिन सक्छ। ऋण सम्झौता (Loan agreement) मा यस सुविधा र शुल्कको विवरण स्पष्ट उल्लेख गरिएको हुन्छ, त्यसैले ऋण अगाडि नै तिर्नु अघि सर्तहरू ध्यानपूर्वक पढ्नुपर्छ।
Sign up to discover Saral Banking Sewa