आजको समयमा प्राय:जसो हामी सबैले आफ्नो पैसा सुरक्षित राख्न कुनै न कुनै बैंकमा बचत खाता खोल्छौ। खाता खोल्दा बैंकले कति ब्याज दिन्छ र के कस्ता सुविधा छ भन्ने सुन्छौं, तर त्यसपछि मुस्किलले नै कहिले काही हेर्छौ या हेर्दै हेर्दैनौं। महिनौं–वर्षौं बित्छ, पैसा खातामै थन्किन्छ, तर त्यो पैसाले कति फाइदा दिइरहेको छ भन्ने कुरा हामी बिर्सिन्छौं।
तपाई आफै सोच्नु होस् त पछिल्लो पटक कहिले आफ्नो बचत खाताको ब्याजदर के कति छ भनेर हेर्नु भएको थियो ? पैसा सुरक्षित बैंक खातामा राख्नु राम्रो बानि हो, तर त्यो पैसाले तपाईंका लागि के कति फाईदा दिदैछ थाहा हुनु जरुरि हुन्छ।
बचत खातामा पैसा जम्मा गर्नु केवल सुरक्षित राख्ने उपाय मात्र होइन; यदि तपाईंले उच्च ब्याज दिने खाता रोज्नुहुन्छ भने, जम्मा गरेको पैसा तपाईंका लागि थप आम्दानी गर्ने स्रोत पनि बन्न सक्छ। तर, खाता खोलेको समयदेखि आफ्नो खाताको ब्याजदर कति छ भन्ने कुरा ख्याल नराख्दा आम्दानीको स्रोतको साटो उल्टै घाटा बन्न सक्छ।
नेपाली बैंकहरूले हरेक महिना आफ्ना वित्तीय सेवाहरूको ब्याजदर बजारको स्थिति र बैंकको नाफा/घाटा अनुसार परिवर्तन गर्छन् र यो ब्याजदर बैंक अनुसार फरक फरक हुन्छन्। उदाहरणको लागि रेमिट्यान्स बचत खातामा सिद्धार्थ बैंकले ५.१५% ब्याजदर जेष्ठ महिनाको लागि राखेका छन् तर सोहि किसिमको खातामा एभरेस्ट बैंकले भने ४.०५% राखेका छन्।
ब्याजदर बाहेक पनि बैंकहरुले समय समयमा ग्राहक आकर्षित गर्न नयाँ नयाँ फाईदाजनक अफर भएका बचत खाता ल्याएका हुन्छन् जसबाट तपाइले सक्दो धेरै लाभ उठाउन सक्नु हुन्छ। तर जब तपाईंले ब्याजदर ख्याल नगरी वर्षौंसम्म पैसा एउटै खातामा राख्नुभयो भने तपाईंले यो सबै सुविधाबाट वञ्चित हुन सक्नुहुन्छ।
हरेक महिना बैंकहरूले ब्याजदर मात्रै हैन, नयाँ नयाँ अफरहरु, सुविधाहरू र खाता सर्तहरू समेत परिवर्तन गर्छन्, यसको मतलब हरेक बैंकको वेबसाईटमा गई एक–एक गर्दै हेर्ने त?
यही झन्झट हटाउनको लागि छ – सरल बैंकिंग सेवा।
सरल बैंकिंग सेवाको प्रयोग गरी तपाईंले,
१. एकै ठाउँमा, एकैपटक, नेपाली बैंकहरूले उपलब्ध गराएका विभिन्न किसिमका बचत खाताहरूको ब्याजदरदेखि न्यूनतम रकम, सेवा शुल्क र अतिरिक्त सुविधासम्म तुलना गर्न सक्नुहुन्छ।
२. बैंकहरूले ल्याएका अफर, बोनस ब्याज वा नयाँ प्रकारका खाताहरूका बारेमा नियमित रूपमा अद्यावधिक जानकारी सजिलै हेर्न सक्नुहुन्छ।
३. हाम्रो पार्टनर्ड बैंकहरूमा सजिलै अनलाइन मार्फत खाता खोल्न सक्नुहुन्छ, जसले बैंक जानुपर्ने झन्झट हटाउँछ।
४. सजिलै सबै नेपाली बैंकहरूको वित्तीय सुविधा एकै ठाउँमा तुलना गर्न सकिने भएकाले, तपाईंले आफ्नो अमूल्य समय बचाई सही निर्णय लिन सक्नुहुन्छ।
अब घण्टौंसम्म हरेक बैंकको वेबसाइट हेरिरहनु पर्दैन, एकै क्लिकमा सरल बैंकिंग सेवाबाट सबै तुलना गर्नुहोस् – त्यो पनि सबै निशुल्क।
अन्ततः बचत खाता केवल पैसा सुरक्षित राख्ने ठाउँ मात्र नभई, यो तपाईंको निष्क्रिय आय (Passive Income) को स्रोत समेत बन्न सक्छ। तर, यदि तपाईंले ब्याजदर, बैंकको नीति, र बजारको अवस्थाको समय समयमा ख्याल गर्नुभएन भने, यही सुविधा घाटाको कारण बन्न सक्छ।
त्यसैले आज नै सरल बैंकिंग सेवाको वेबसाईटमा गई आफ्नो बचत खाताको ब्याजदर चेक गर्नुहोस्, अरू बैंकहरूले कति ब्याज दिँदैछन्, र नयाँ कुनै अफर वा सुविधाजनक खाता आएको छ कि छैन चेक गर्नु होस्।
Sign up to discover Saral Banking Sewa