व्यावसायिक कारोबार गर्दै हुनुहुन्छ ? गर्दै हुनुहुन्छ भने, अब व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ। हुनत यो सम्बन्धि नियम बैंकहरुमा AML /CFT (सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप) निवारण ऐन अनुसार पहिलेदेखि नै सुरु भइसकेको थियो। यसलाई थप कार्यबल यो नयाँ विधेयकले दिएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, संशोधन गर्दै २०५८ को दफा ८१क. थप गरि व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने जनाएका थिए। सोहि उक्त आर्थिक विधेयक, २०८१ बाट आयकर ऐनले व्यवस्था गरेको नियम बमोजिम आन्तरिक राजस्व विभागले हालै प्रकाशित गरेको सूचना अनुसार “कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत
प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन” भनि उल्लेख गरिएको छ।यसको अर्थ के हो भने अब व्यावसायिक कारोबार मार्फत प्राप्त गरेको रकम सम्बन्धित व्यावसायको कम्पनी तथा संस्थागत खातामा पठाउनु पर्ने हुन्छ। किनकि, व्यवसायिक र व्यक्तिगत बैंक खाताहरू विभिन्न उद्देश्यका लागि डिजाइन गरिएका हुन्छन्। प्रत्येक खातामा तिनीहरूको प्रयोगको लागि उपयुक्त विशेषताहरू हुन्छन्। व्यापार खाताले कम्पनीको आवश्यकताहरूलाई समर्थन गर्ने क्षमताहरू प्रदान गर्दछ, जस्तै उच्च लेनदेन सीमा। व्यक्तिगत खाताहरू, अर्कोतर्फ, व्यक्तिको दैनिक वित्तीय गतिविधिहरू व्यवस्थापन गर्न बनाइएका हुन्छन्।यस बाहेक करको दायराले पनि व्यवसायिक र व्यक्तिगत बैंक खाताहरूलाई एक आपसमा भिन्न बनाउँछ। यहि भिन्नताले गर्दा व्यावसायिक कारोबारलाई करको दायरामा ल्याउन सरकारले नीतिगत हेरफेर गरेको हो। अर्थात्, कर छल्नका लागि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्ने अभ्यास बढेपछि उक्त्त अभ्यास रोक्न जुन प्रयोजनको लागि बनाएको खाता हो, त्यसकै लागि प्रयोग गर्न नेपाल सरकारले यस्तो नियम बनाएको हो।थप प्रकाशित सूचनामा के प्रष्ट परेको छ भने यदि यो व्यवस्था उल्लङ्घन गरेको पाइएमा सोही ऐनको दफा ११९क. को उपदफा (३) मा दफा ८१क. बमोजिम प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ।बैंकसंग सम्बन्धित सम्पूर्ण न्युज, अपडेट, जानकारी वा सेवाको लागि तपाईंको एउटा भरपर्दो साथी सरल बैंकिङ्ग सेवा!सरल बैंकिङ्ग सेवाको साथमा सजिलै उत्कृष्ट बैंकिङ्ग सेवाहरुको आनन्द प्राप्त गर्न आजै यो लिंक क्लिक गर्नुहोस् अथवा हामीलाई निम्न मध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। कल(Call) : 01-5269107 / 9801261107इमेल (Email): [email protected]
Sign up to discover Saral Banking Sewa