घर किन्नु वा बनाउनु अधकांश मानिसको जीवनको एउटा ठुलो सपना रहेको हुन्छ । त्यो सपना साकार बनाउनका लागि घर कर्जाले आवश्यक रकम प्रदान गरी अहम भुमिका निर्वाह गर्छ । नेपालमा घर कर्जा लिनु महत्वपुर्ण वित्तीय निर्णय हो । घर कर्जाको लागि आवेदन गर्नु अघि धेरै कारक तत्वहरुलाई ध्यानपुर्वक विचार गर्नुपर्ने हुन्छ । यो ब्लगले तपाईलाई घर कर्जा लिनुअघि ध्यान दिनुपर्ने कुराहरुको बारेमा बुझ्नका लागि उत्तम जानकारी प्रदान गर्नेछ ।
घर खरिद गर्न वा घर बनाउन तथा आवासीय प्रयोजनको लागि, जग्गा खरिद गर्नको लागि कर्जा लिनुपर्ने रकम निर्धारण गर्नुपर्ने हुन्छ । तपाईको आम्दानी, घर जग्गा र सरल क्रेडिट मुल्याङकनको आधारमा घर कर्जा लिन सक्नुहुनेछ । यो दिर्घकालीन कर्जा भएकाले समयमा नै भुक्तानी गर्न सकिने रकम छनौट गर्नुपर्दछ । तपाईले कर्जा रकम निर्धारण गर्नु अघि वर्तमान र भविष्यका सबै दायित्वहरुलाई विचार गर्नुपर्ने हुन्छ । कर्जा भुक्तानीका लागि तपाई नियमित ईएमआईको योजना बनाउन सक्नुहुनेछ ।
कर्जा लिनुअघि विभिन्न बैंकहरुले प्रदान गर्ने प्रचलित ब्याजदरको बारेमा जानकारी हासिल गर्नु पर्दछ । आफ्नो वित्तीय लक्ष्य अनुरुपको स्थिर र परिवर्तनशील ब्याज दरहरु बीच तुलना गर्न सक्नुहुनेछ । पहिलो वर्ष ब्याज दर कर्जा अवधिभरी स्थिर रहने र पछि बजारको अवस्था अनुसार फरक फरक हुने भएकाले तपाईको कर्जा योजनामा सबैभन्दा राम्रोसँग मेलखाने ब्याज दरमा कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।
कर्जा लिनु अघि यस विषयमा विशेष रुपले विचार गर्नुपर्दछ । किनभने लामो समयावधिले कम ईएमआई भुक्तानीको परिणाम दिन्छ भने भुक्तानी गरिने समग्र ब्याज बढाई दिनेछ । अर्कोतर्फ छोटो समयावधि छनौट गर्दा अधिक ईएमआईमा भुक्तानी गर्नुपर्ने हुन्छ । तसर्थ यहाँहरुले आफ्नो ईएमआईलाई सहज बनाउन र धेरै ब्याज दर तिर्नबाट जोगिनका लागि सहि कर्जा अवधि छनौट गर्न सक्नुहनेछ ।
प्रकृया शुल्क, सीआईभी शुल्क, मूल्याङकन शुल्क र कर्जासँग सम्बन्धित बीमा प्रिमियमहरु जस्ता अतिरिक्त लागतहरुबारे जानकारी प्राप्त गर्नु पर्दछ । प्रकृया शुल्क बैंकहरु बीचमा फरक फरक हुने भएकाले सबैभन्दा प्रतिस्पर्धी शुल्कको साथ बैंकको छनौट गर्न सक्नुहुनेछ । किनभने यसले कर्जाको सम्पुर्ण लागतमा थप वृद्धि गर्दछ ।
बैंकद्धारा निर्धारित घर कर्जा योग्यताको बारेमा बझ्नु पर्दछ । यसमा न्युनत्तम आय आवश्यकता, रोजगारी स्थिरता, उमेर समावेश हुन्छन् । आवेदन प्रकृयालाई छिटो बनाउन आय प्रमाण, कर रिर्टन, सम्पति प्रमाण जस्ता सबै आवश्यक कागजात तयार गरी रिभ्यू गर्नु जरुरी हुन्छ । पुर्व भुक्तानी नियम र सर्तहरु बुझेर अतिरिक्त भुक्तानी गर्न वा समयमा नै कर्जा तिर्ने योजना बनाउन सक्नुहुनेछ ।
तपाईले छनौट गर्नु भएको बैंकले उपलब्ध गराएको कर्जा चुक्ता विकल्पहरु बझ्नु पर्दछ । तपाईले आफ्नोे वित्तीय अवस्था, लक्ष्य र जोखिम बहन गर्ने क्षमतालाई ध्यानमा राखी बैंक र सरल बैंकिङ सेवाको वित्तीय सल्लाहकारसँग परामर्श लिएर कर्जा चुक्ता गर्ने विकल्पहरुको बारेमा सुचित निर्णय गर्न सक्नुहुनेछ ।
आफ्नो योग्यता मुल्याङकन गरेर, कर्जा सर्तहरु बुझेर, आफ्नो कर्जा चुक्ता गर्ने क्षमतालाई ध्यानमा राखेर र गहिरो अनुसन्धान गरेर तपाईले आफ्नो वित्तीय लक्ष्यहरुसँग मिल्दोजुल्दो घर कर्जा छनौट गर्न सक्नुहुनेछ । सहि दृष्टिकोण भएमा स्थिरता र दीर्घकालीन लाभ सहित आफ्नो घर स्वामित्वको सपना पुरा गर्न सक्नुहुन्छ ।
सरल बैंकिङ्ग सेवाले तपाईलाई सबै बैंकद्धारा प्रदान गरिने घर कर्जा ब्याजदरहरु, सुविधाहरु र फाईदाहरु तुलना गर्न सहयोग गर्दछ । सरल बैंकिङ सेवाले आफ्नो वेबसाइटमा घर कर्जा योग्यताका मापदण्ड सहित आवश्यक पर्ने कागजातहरु समावेश गरेको छ । आवेदन गर्नुअघि सरल बैंकिङ सेवाको विशेषज्ञको परामर्श र सल्लाह लिएर जान सक्नुहुन्छ र आफ्नो आवेदन पहिलो पटक मै स्वीकृत गराउन सक्नुहुनेछ ।
थप जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन, व्हाट्सएप, भाइबर, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ ।
हाम्रो सम्पर्क नम्बरः
फोनः ९७७–०१–५२६९१०७
व्हाट्सएप/भाइबरः ९८५१३६११०७
The choice between a fixed interest rate and a variable interest rate for a home...
A home loan is a financial product provided by banks to individuals or families...
घर कर्जा दीर्घकालिन कर्जा भएकाले यो कर्जा लिनको लागि उचित अनुसन्धान, कागजी कार्य...
घर कर्जा भनेको व्यक्तिले वित्तीय संस्थाहरु जस्तै घर वित्त कम्पनीहरुबाट नयाँ वा ब...