क्रेडिट कार्ड हराउनु वा चोरी हुनु चिन्ताको विषय हो । यसले तपाई मौद्रिक घाटाको शिकार मात्र नभई चोरीको क्रेडिट कार्डले तपाईको नाममा विभिन्न किसिमका ठगी पनि हुन सक्छ ।
यदि कुनै कारणबस तपाईले आफ्नो क्रेडिट कार्ड हराउनु वा गुमाउनु भयो भने तपाईले यी ४ कार्यहरु गर्न सक्नुहुन्छ ।
१. आफ्नो बैंकलाई तुरुन्तै सम्पर्क गर्नुहोस्
तपाईको क्रेडिट कार्ड हराएको बेला गर्नपर्ने पहिलो कार्य कार्डलाई कसैले प्रयोग गर्ने मौका नदिनु हो । यसका लागि बैंकलाई रिपोर्ट गरी थप घाटाहरुको लागि जिम्मेवार हुनबाट बच्न सकिन्छ ।
२. बैंकलाई जानकारी गर्नु अघि तपाईसंग निम्न कुराको जानकारी हुनुपर्दछ
३. तपाईले हराएको कार्ड ब्लक गराउनुपर्छ
हराएको क्रेडिट कार्डबाट हुन सक्ने दुरुपयोगबाट बच्न कार्ड ब्लक गर्नुपर्छ ।अधिकांश बैंकले तपाईलाई मोबाईल एप वा इन्टरनेट बैंकिङ्ग मार्फत आफ्नो कार्ड ब्लक वा फ्रिज गर्न अनुमति दिन्छ । कार्ड ब्लक वा फ्रिज नभएसम्म कार्ड स्टेटमेन्टमा ध्यान दिनुपर्छ ।
४. माथिका सबै जानकारी पाएपछि बैंकले के गर्छन् ?
तपाईले आफ्नो कार्ड हराएको रिपोर्ट र ब्लक गरेपछि कार्ड जारीकर्ताले यस विषयमा हेर्छन् र तपाईको कार्ड प्रतिस्थापन गर्ने कार्य गर्दछ ।
यस्तो अवस्थामा बैंकले पुरानो कार्ड रद्द गरी तपाईलाई नयाँ कार्ड जारी गरि दिन्छ । नयाँ कार्ड आउन केही दिन लाग्न सक्छ । यदि तपाईलाई चाँडै आवश्यक छ भने तपाईको अनुरोधमा बैंकहरुले छिटो उपलब्ध गराउन सक्छ ।
भविष्यमा क्रेडिट कार्ड हराउनबाट जोगाउन वा चोरी हुनबाट बचाउनको लागि तपाईले गर्नुपर्ने कार्यहरु तल दिएको छ
तपाई संग माथिका सुझाव र जानकरीहरु छन् भने तपाईको कार्ड सुरक्षित रहन्छ ।
क्रेडिट कार्ड उपयोगी हुनका साथसाथै यसका धेरै फाइदा तथा बेफाइदाहरु छन् । यसलाई प्रयोग गर्दा र यसबाट भरपुर लाभ लिनको लागि हजुरहरुले ध्यान दिनुपर्ने कुराहरु
सरल बैंकिङ सेवाले तपाईको वित्तिय निर्णयलाई सजिलो बनाउन मद्दत गर्दछ । नेपालमा वाणिज्य तथा विकास बैंकहरुद्धारा प्रदान गरिने क्रेडिट कार्डको सेवा बारे बुझ्न यहाँ क्लिक गर्नुहोस्
हामी यहाँहरुलाई आवश्यक सहयोग गर्न सदैव तत्पर छौं ।
सरल बैंकिङ्ग सेवा परिवार ।
हाम्रो सम्पर्क नम्बरः
फोनः ९७७–०१–५२६९१०७
व्हाट्सएप : ९८५१३६११०७