How to take home loan in Nepal
26 Jun, 2023

नेपालमा घर कर्जा कसरी लिन सकिन्छ ?

घर कर्जा भनेको व्यक्तिले बैंकबाट प्रत्येक महिना ईएमआई मार्फत भुक्तानी गर्नुपर्ने निश्चित ब्याज दरमा लिने कर्जा रकम हो । अहिले बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट घर कर्जा उपलब्ध गराइएका छन् । यो तपाईको सपनाको घर किन्न र परिवारसँग खुशीसाथ बस्नको लागि वित्तीय योजना हो । घर कर्जा  घर खरीद गर्नको लागि वा घर बनाउनको लागि सबैभन्दा भरपर्दो वित्तीय उपकरणहरु मध्ये एक हो । यसले ठूलो खरिदलाई सरल र धेरै व्यवस्थित बनाउन सक्छ । तर, यसमा घर कर्जाको ब्याजदरले महत्वपूर्ण भूमिका खेल्छ।  नेपालमा घर कर्जाले कसरी काम गर्छ वा यो कर्जा कसले पाउन सक्छ ? स्थायी जागिर भएका व्यक्ति, भाडा, पेन्सन, रेमिट्यान्सबाट

प्राप्त हुने आय, स्थिर र भरपर्दो स्रोत भएको कम्तिमा २१ वर्ष उमेर पुगेका कुनै पनि नेपाली व्यक्ति, आवेदकको उमेर कर्जाको अवधि सामुहिक रुपमा ६० वर्ष भन्दा बढी हुनु हुदैन । बैंकहरुले घर कर्जा दिँदा के कुरामा ध्यान दिन्छन् ?बैंकहरुले विचार गर्ने पहिलो पक्ष भनेको तपाईको ऋण तिर्न सक्ने क्षमता, चलिरहेको ईएमआई, क्रेडिट स्कोर, समग्र आर्थिक स्थिति, कर्जा  कसरी सुरक्षित हुन्छ भन्ने हो। घर कर्जाको प्रयोजन :घर कर्जा निम्न प्रयोजनको लागि उपलब्ध गराईन्छ :नयाँ घर निर्माण,आवासीय घर तथा फ्ल्याट खरिद,प्रिफ्याब्रिकेशन घर निर्माण,घर मर्मत तथा पुनसंरचना,घरभित्रको फर्निचर तथा फिनिसिङईन्टेरियर आदि ।घर कर्जाको लागि तपाईलाई आवश्यक पर्ने कागजातहरु :आवेदक र ग्यारेन्टरको व्यक्तिगत पहिचानPAN/VAT प्रमाणपत्र (यदि व्यापार आयमा समावेश छ भने)स्थानीय अधिकारीको पारिवारिक विवरणहरुको सम्बन्धसुरक्षणको फाइल र वार्ड नक्साजग्गा स्वामित्वको प्रमाणपत्रजग्गा राजस्वको रसिदस्थानीय निकायले स्वीकृत गरेको घरको नक्साचार किलासाझेदारी सम्झौतापत्रभवन निर्माणको इजाजतपत्रबैंक स्टेटमेन्ट र तलब प्रमाणपत्रआयको लागि कर तिरेको प्रमाणपत्रगत वर्षको लेखापरीक्षण गरिएको वित्तिय विवरण र आगामी वर्षको प्रक्षेपण (Projection) (व्यवसायिक गतिविधिमा संलग्न भएमा)५० लाख वा सोभन्दा माथिको कर्जाको लागि आवेदकको प्यान कार्डनेपालमा घर कर्जाको अवधि कति छन् ?  घर कर्जाको अवधि बैंकहरुमा निर्भर गर्दछ । तीमध्ये धेरैजसो बैंकको अवधि १५ देखी २५ वर्षसम्मका छन् भने एनआईसी एशिया जस्ता केही बैंकहरुले ५० वर्ष सम्मको कार्यकाल उपलब्ध गराउन सक्छन् । उमेर पुगेका व्यक्तिले तुलनात्मक रुपमा लामो अवधिका लागि संयुक्त घर कर्जा कसरी लिन सकिन्छ ? यदि तपाईको उमेर ६० वर्ष पुगिसकेको छ, तपाइलाई १०/ १५ वर्ष अवधिको कर्जा चाहियो भने पाउनु हुन्न । तर श्रीमति, भाईबहिनी वा छोराछोरीलाई ज्वाइन्ट एप्लिकेन्ट बनाएर कर्जा लिन जानुभयो भने बैंकले कर्जा दिन्छन् । किनभने, त्यहाँ तपाईले ज्वाइन्ट एप्लिकेन्ट बनाएर राखेका व्यक्तिको उमेरले काम गर्छ । यी सबै जानकारी पछि तपाईहरुको मनमा धेरै प्रश्नहरु आउँछ जस्तै–कुन तरिकाबाट व्यक्तिले राम्रो सम्झौता गर्न सक्छ वा कसरी सरल बैंकिङ सेवाबाट बढी लाभ हुन्छ ? सरल बैंकिङ सेवा ले तपाईलाई विभिन्न बैंकहरुबाट उपलब्ध गराइएका घर कर्जा प्राप्त गर्न सहज बनाउनेछ । हामीले घर कर्जा प्रक्रियाहरुको बारेमा राम्ररी जानकारी दिएका छौं, जसले तपाईलाई आधारभूत विचार प्रदान गर्न र तपाईलाई सबैभन्दा उपयुक्त बैंकमा छनौट गर्न मद्दत मिल्छ ।  हाम्रो सम्पर्क नम्बर  फोनः ९७७–०१–५२६९१०७ व्हाट्सएप: ९८५१३६११०७