02 Jan, 2024

भृकुटीमण्डपको घरजग्गा मेलामा जानु भयो, अब घर कर्जा प्रोसेसको लागि सुरु गर्ने सोच्दै हुनुहुन्छ ?

“नेपाल जग्गा तथा आवास विकास संघ” को आयोजनामा पौष १२ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त मेलमा तपाईं जानु भयो त ? मेलामा योजनाबद्ध रूपमा विकास गरिएका घर तथा अपार्टमेन्टको खरिद बिक्रीमा संलग्न सरोकारवाला र दर्शकले सुविधा, मूल्य र अन्य पक्षबारे विस्तृत जानकारी लिन सकिन्थियो। घर र घरजग्गासँग सम्बन्धित जानकरी प्रदर्शनमा एउटा एउटा स्टलमा आफ्ना चाहना अनुरुप सबै राम्ररी पक्कै हेर्नु, बुझ्नु भयो होला। अब घर र घरजग्गासँग सम्बन्धित जानकरी पछि घर कर्जा कहाँबाट लिने, घर कर्जा प्रक्रिया के के होला जस्ता अन्य विभिन्न कुरामा अलमलिनु भएको छ?

अलमलिनु पर्दैन अहिले बैंकमा कर्जा ब्याजदर घट्दो क्रममा छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको बजेटमार्फत व्यक्तिगत आवासीय घरकर्जाको सीमा वृद्धि गरेर ५० लाखले बढाएर दुई करोड पुर्याएको छ। यसरी नै घरजग्गा धितो कर्जा काठमाडौं उपत्यकाभित्र ४० प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरेको छ। कर्जा आम्दानी अनुपात पनि ६० प्रतिशत पुर्याइएको छ, जसले गर्दा अब कर्जा लिनेहरुले आफ्नो आम्दानीको ६० प्रतिशतसम्म किस्ता तिर्ने गरी बैंकबाट कर्जा लिन पाउनेछन् । 

साथै अहिले विभिन्न बैंकहरुले घर कर्जा आकर्षक सर्त सहित कम ब्याजदरमा प्रस्ताव गरिरहेका छन्। फेरी तपाईंलाई लाग्न सक्छ बैंक पनि त यति धेरै छ, कुनमा कस्तो सर्त र कति ब्याजदर होला भनेर त्यसको लागि पनि तपाईं आत्तिनु पर्दैन। कुन बैंकमा कति, कसको सस्तो, कसको राम्रो भन्ने विभिन्न जिज्ञासाहरुको लागि सरल बैंकिङ्ग सेवाले तपाईंको निमित्त भरपुर काम गरेको छ। सम्पूर्ण बैंक तथा वित्तिय संस्थाका घर कर्जा एकै ठाउँमा सजिलै तुलना गर्न र सबैभन्दा उपयुक्त छनोट गरि आफ्नो आवेदन प्रक्रिया सहज रुपमा अघि बढाउँनको लागि सरल बैंकिङ्ग सेवाले उत्तम वातावरण सिर्जना गर्नेछ। आनुहोस् घर कर्जासंग सबन्धित सबै बुझ्यौं। 

जीवनमा अनेकन चाहना हुन्छन्। सबै चाहना परिपूर्ण(पर्फेक्ट) बनाउँन जीवन रहेसम्म तिनै चाहना कै पछि दौडिरहेका हुन्छौं। त्यस चाहना मध्य एउटा सामान्य मानिसहरुको पहिलो चाहना भनेको नै एउटा घर होस् भन्ने हुन्छ त्यो भएपछि अझ राम्रो ठाउँमा चिटिक्क परेको बलियो, सुरक्षित घर होस् भन्ने चाहन्छन्। यहि पहिलो र आधारभूतमा पर्ने घरकै निमित्त धेरै मानिस लागि परिरहेका हुन्छन्। यसरी घरको पछाडी परिरहँदा घर कर्जा बारे ध्यान दिनु पर्ने कुराहरु राम्रोसंग बुझेर, योजनाबद्ध रुपमा विस्तृत जानकारी लिएर अगाडी बढ्न पर्छ। 

घर कर्जा, एक वित्तीय समाधान हो जुन वित्तीय संस्थाहरूले व्यक्तिहरूलाई सम्पत्ति वा घर जग्गा खरिद गर्न मद्दत गर्न प्रदान गर्दछन्। सामान्यतया यसलाई एउटा सुरक्षित कर्जा अर्थात् धितो कर्जा भनेर चिनिन्छ। यी कर्जाहरूले सम्पत्तिको लागतको एक महत्त्वपूर्ण भाग कभर गर्दछन्। नेपालमा घरजग्गाको स्वामित्वलाई एक किसिमको लगानीको रुपमा लिइन्छ त्यसैले पनि हरेक मानिस कर्जा गरेरै भएपनि घर बनाउँछन्।  

योजनाबद्ध रूपमा विकास गरिएका घर तथा अपार्टमेन्टको खरिद बिक्री गर्दा सामान्यतया निम्न विभिन्न घर कर्जा प्रक्रिया हुनेछन् ;

प्रोपर्टी छनोट र सम्झौता

तपाईंले हरेक स्टलहरुमा अफर गरेका घर तथा अपार्टमेन्टहरु अवलोकन गरि तपाईंले आफ्नो प्राथमिकता र बजेटसँग मिल्दोजुल्दो प्रोपर्टी खोज्न सुरु गर्न हुन्छ। सही प्रोपर्टी फेला पारेपछि, तपाईंले बिक्रेतासँग खरिद सम्झौतामा प्रवेश गर्नुहुन्छ, जसले बिक्रीका सर्तहरू र अन्य सर्तहरूको विवरण दिन्छ।

उचित कर्जा संस्था छनोट

प्रोपर्टी छनोट पछि कर्जा प्राप्त गर्न उचित कर्जा संस्था छनोट गर्न जरुरी हुन्छ। नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आ-आफ्ना सर्त र नीति अनुसार कर्जा प्रस्तव गर्दछन्। त्यसैले प्रस्तावित वित्तिय संस्थाहरूमध्ये घर कर्जा प्राप्तिको लागि प्रक्रिया सुरू गर्नुअघि, सबैभन्दा उपयुक्त संस्थाहरू छान्नुपर्छ।

वित्तीय मूल्याङ्कन र पूर्व स्वीकृति

घर कर्जा प्राप्त गर्न पहिलो चरणमा तपाईंको वित्तीय अवस्थाको मूल्याङ्कन हुन्छ। बैंक तथा वित्तिय संस्थाहरूले घर कर्जाको योग्यता निर्धारण गर्न तपाईंको आय, क्रेडिट हिस्ट्री, र अवस्थित कर्जाहरू छ कि छैन भनि मूल्याङ्कन गर्छन्। यस मूल्याङ्कनको आधारमा पूर्व स्वीकृति प्रदान गरिन्छ र यसले प्राप्त गर्ने योग्य कर्जा रकमको अनुमान दिन्छ। 

कर्जा आवेदन

 तपाईंले आफ्नो छनौट गरिएको वित्तीय संस्थाबाट घर कर्जाको लागि औपचारिक रूपमा आवेदन दिनुहुन्छ। जसमा तपाईंले विभिन्न कागजातहरू पेश गर्न आवश्यक हुन्छ जस्तै पहिचान प्रमाण, आय विवरण, सम्पत्ति विवरण, र बैंक तथा वित्तिय संस्थाका नीतिद्वारा आवश्यक अन्य कागजात। 

प्रोपर्टी मूल्याङ्कन र कर्जा स्वीकृति

 बैंक तथा वित्तिय संस्थाले प्रोपर्टीको मूल्य र कर्जा रकम अनुपात ठिक छ कि छैन भनि सुनिश्चित गर्नको लागि मूल्याङ्कन गर्छ। साथसाथै, तपाईंको आवेदन पनि विस्तृत मूल्याङ्कनको लागि अघि बढ्दछ। बैंक तथा वित्तिय संस्थाको मापदण्ड पूरा गरेपछि, तपाईंको कर्जा स्वीकृत हुनेछ।

कर्जा वितरण

एक पटक स्वीकृत भएपछि, बैंक तथा वित्तिय संस्थाले कर्जा लिने व्यक्ति वा संस्थालाई कर्जा रकम सहमति भएका सर्तहरू अनुसार वितरण गर्दछ। 

कर्जा भुक्तानी

वितरण पछि, तपाईंले EMIs (समान मासिक किस्ताहरू) मा कर्जा तिर्न सक्नुहुन्छ, जसमा साँवा र ब्याज दुवै समावेश हुन्छन्। राम्रो क्रेडिट रेकर्ड कायम राख्न तपाईंले नियमित र समयमै भुक्तानीहरू गर्न महत्त्वपूर्ण हुन्छ।

यी माथि उल्लेखित घर कर्जा प्रक्रियाका तपाईंको लागि झन्झटिलो र लामो हुने हुँदा तपाईं धेरै आत्तिनु पर्दैन तपाईंको कर्जा प्राप्तिको लागि नियमित अनुगमन र अनुसन्धान सरल बैंकिङ्ग सेवाले गर्नेछ। घर कर्जाको आवेदन दिँदा हुने सामान्य गल्तिबाट बच्ने उपायहरु प्रदान गर्नुको साथै तपाईंहरूलाई उच्च स्तरको विशेषज्ञता सहित सम्बन्धित संस्थाहरूसँग जोडी सबैभन्दा उत्कृष्ट घर कर्जा सुनिश्चित गर्नेछ। 

घर कर्जासंग सबन्धित अन्य मुख्य विचार गर्नुपर्ने कुराहरू:

  • ब्याजदर: बैंक तथा वित्तिय संस्थाको नीति अनुसार घर कर्जा ब्याजदर प्राय: निश्चित र कर्जा अवधि अनुसार फरक हुन सक्छ। आफ्नो वित्तीय लक्ष्य अनुरूप एक उचित विकल्प छनोट गर्नुपर्छ।
  • कर्जा अवधि: कर्जाको अवधिले तपाईंको भुक्तान गर्ने कार्यकाल निर्धारण गर्दछ। त्यसैले तपाईंको वित्तीय क्षमतासँग मिल्ने अवधि छनोट गर्नुपर्छ।
  • अतिरिक्त लागतहरू: कर्जा रकम बाहेक, अतिरिक्त लागतहरू जस्तै प्रोसेस फी, भ्यालुयसन चार्ज, र घर खरिदहरूसँग सम्बन्धित अन्य करहरू पनि विचार गर्नुपर्छ।

घर, प्रत्येक मानिसको आवश्यकता, इच्छा र सपना हुन्छ अनि आफु बस्ने घर हरेक तवरबाट राम्रो होस् भन्ने चाहना पनि हुन्छ। घर बनाउन वा घर लिनका लागि मान्छेले जीवनभरको कमाई समेत खर्च गर्ने हुँदा आफ्नो आय लगायत अन्य विभिन्न पक्षलाई ध्यानमा राखेर धेरै कुरामा विचार पुर्याएर कर्जा लिनु बुद्धिमानी हुन्छ। घर कर्जा मार्फत घरको स्वामित्व प्राप्त गर्नु एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। त्यसैले प्रक्रियालाई बुझेर र तपाईंको आवश्यकता अनुरूप सही घर कर्जा छनौट गर्नाले तपाईंको 'सपनाको घर' लाई वास्तविकतामा परिणत गर्न सक्छ।