05 Jan, 2024

मुद्दती निक्षेप खाता खोल्दा उत्पन्न हुने विभिन्न जिज्ञासाहरु र अन्य धारणाहरु

पैसा बचत वित्तीय योजनाको अभिन्न अंग हो, र उचित बचत खाता छनोट गर्नाले तपाईंको बचत बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ। चाहे तपाईं छोटो अवधिको लक्ष्यहरूको लागि, आपतकालीन कोषको लागि, वा दीर्घकालीन योजनाहरूको लागि बचत गर्दै हुनुहुन्छ, उत्कृष्ट बचत खाताले सधैं महत्त्वपूर्ण भिन्नता ल्याउन सक्छ।वित्तीय योजना अन्तर्गत उचित बचत खाता छनोट गर्दा धेरै जसोको अगाडी सुरुमा आउने भनेको ‘मुद्दती निक्षेप खाता’ हुन्छ। सरल बुझाईमा मुद्दती निक्षेप खाता भन्नाले कुनै पनि बैंक तथा वित्तीय संस्थामा निश्चित अवधिभित्र झिक्न नमिल्ने गरि खाेलिएकाे खाता हो। 

कहिलेकाहीँ हामीहरु सुन्ने गर्छौं सबै थोक पैसा हैन, पैसा त हातको मैला हो तर समय अनुसार वास्तविकता परिवर्तन हुँदै जान्छ। सानो सानो रकमको पनि ठुलो महत्व हुन्छ। दुख गरेर कमाएको रकम मुद्दती निक्षेप खातामा जम्मा गर्दा त्यसको प्रतिफल र रकम बारे विभिन्न जिज्ञासाहरु र अन्य धारणाहरु आउनु स्वभाभिक हो। आउनुहोस् त्यही जिज्ञासा र धारणाहरु बारे चर्चा गरौँ;

के मुद्दती खाता उचित र सुरक्षित हुन्छ?

मुद्दती खाता अन्य उपलब्ध बचत खाताहरू भन्दा सुरक्षित बचत वा लगानीका साधनहरू मध्ये एक हो। यसको दर निश्चित र ग्यारेन्टी गरिएको हुन्छ, त्यसैले त्यहाँ कुनै जोखिम हुँदैन, यदि जोखिम भईहाल्यो भने पनि न्यून हुन्छ। तर हामीले एकदमै बुझ्न पर्ने कुरा भनेको उक्त्त बैंक तथा वित्तिय संस्था नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त छ कि छैन। 

मुद्दती निक्षेप केही फरक परिस्थितिहरूमा उपयोगी हुन सक्छ। मानौ तपाईंसँग नगद छ जुन तपाईंलाई अहिले चाहिँदैन तर आगामी केही वर्षहरूमा निश्चित चाहिन्छ - हुनसक्छ छोराछोरीको विवाह, पढाई, वा नयाँ घर, कार वा अन्य केहि आदिका लागि। उक्त यस्ता अवस्थाको लागि, शेयर बजार सामान्यतया उपयुक्त लगानी नहुन सक्छ, किनकि शेयर बजार स्थिर हुँदैन र तपाईंलाई आवश्यक परेको समयमा पैसा गुमाउन पनि सक्नुहुन्छ। साथै अन्य सामान्य बचत खातामा हुँदा पैसा खर्च गरिहाल्ने बानीमा पनि रोक लगाउँछ किनकि मुद्दती खाताको पैसा चाँडै(सम्झौतामा तोकिएको अवधि भन्दा अगाडी) फिर्ता लिंदा जरिवाना (पेनाल्टी) लाग्छ। 

मुद्दती खाता खोल्न कति लाग्छ र उत्कृष्ट मुद्दती कहाँ पाइन्छ?

नेपालमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले मुद्दती निक्षेप खाता प्रस्ताव गर्दछन् र एउटै बैंकमा पनि फरक फरक सर्त भएका मुद्दती निक्षेप उपलब्ध छन्। तसर्थ, मुद्दती निक्षेप खोल्दा विभिन्न बैंक तथा वित्तीय संस्थाको नीति अनुसार, सामान्यतया रु. १०,०००/- वा प्रत्येक मुद्दती खाताको आफ्नै न्यूनतम रकम उल्लेख गरिएको हुन्छ। मुद्दती निक्षेपका सर्तहरू धेरै लचिला हुने हुँदा तपाईंलाई मुद्दती खाता खोल्न धेरै कठिनाई हुनेछैन्। साथै हरेक बैंक तथा वित्तिय संस्थाहरुमा उत्तम मुद्दती निक्षेप दरको लागि बुझ्न र खोज्न तपाईंलाई धेरै समय लग्न सक्छ तर सरल बैंकिङ्ग सेवाले तपाईंको लागि कडा परिश्रम गरेको छ र तपाईंहरुले खोजिरहनु भएको जस्तै उत्तम बैंक र ब्याजदरहरूको जानकारी एकै ठाउँमा उपलब्ध गर्दछ। त्यसैले कुन बैंक तथा वित्तिय संस्थामा कति ब्याजदर छ भनेर सजिलै तुलना गर्न सक्नुहुन्छ।  

यदि मैले मेरो पैसा चाँडै झिक्न खोजे भने मुद्दती निक्षेपमा पैसा गुमाउन सक्छु?

सर्वप्रथम हामीले के बुझ्न पर्छ भने मुद्दती निक्षेप खोल्दा निश्चित अवधिको लागि रकम निकाल्दैन भनेर सहमत भएपनि यदि तपाईंका योजनाहरू परिवर्तन हुँदा र तपाईंलाई छिट्टै रकम आवश्यक पर्दा आवस्यकता अनुसार बैंक तथा वित्तिय संस्थाहरुले सर्त लागु गरेर रकम निकाल्न दिन्छ। साथै अन्य विकल्पहरू पनि प्रदान गर्दछ। एउटा विकल्प भनेको सामान्य ब्याजदरमा तपाईंलाई तपाईंको मुद्दती निक्षेप खातामा जम्मा भएको रकमको ९०% सम्म कर्जा उपलब्ध गर्दछ। अर्को बैंक तथा वित्तिय संस्थाले यस्ता अवस्थामा जस्तै तपाईंलाई कुनै आपतकालीन वा तपाईंले आर्थिक स्थितिमा परिवर्तनको सामना गर्नुहुन्छ - वा तपाईंले पैसालाई अरू कतै बढी उपयोगी वा आकर्षक रूपमा प्रयोग गर्न सक्नुहुन्छ भन्ने महसुस गर्नुहुन्छ - तपाईंलाई चाँडै कसरी नगद लिने भनेर सर्तहरू तोकिएका हुन्छन्।

यद्यपि यो प्रक्रिया नि: शुल्क भने हुनेछैन। तपाईंले पहिलो पटक मुद्दती निक्षेप खोल्नुभएको बेला तपाईंको निक्षेप सम्झौतामा सेट गरिएका विशेष सर्तहरू अनुसार तपाईंलाई रकम वितरण हुन्छ।वित्तीय संस्थाहरूले समयपूर्व समाप्तिलाई समायोजन (मिलाउने काम) गर्ने सबैभन्दा सामान्य तरिका भनेको समयपूर्व निकासी सुविधा(Pre-mature Withdrawal Facility) मूल्याङ्कन गर्नु हो। यस बारेमा तपाईंलाई सुरुमा नै सम्झौता स्वीकार्य गर्नु अघि जानकारी दिएको हुन्छ।

अन्तमा तपाईंले सधै निर्णय गर्नु अघि के बुझ्न पर्छ भने मुद्दती निक्षेप कस्तो व्यक्तिको लागि हो र यसका फाइदाहरू र बेफाइदाहरू केके छन्। तपाईंले सम्झौता गर्नु अघि ध्यानपूर्वक सर्त पढ्न जरुरी हुन्छ। लामो समयको लागि आफ्नो पैसा बाँध्नु सुरक्षित हुन सक्छ, तर यदि तपाईंले केहि समय पछि अन्य उच्च प्रतिफल दिने अवसर पाउँदा तपाईंको रिटर्न गुमाउन सक्नुहुन्छ। किनकि मुद्दतिमा समय अघि रकम निकाल्दा त्यहाँ जरिवानाहरू हुनेछन्, जसले गर्दा तपाईंको मूल रकम अर्थात् साँवा रकममा कटौती हुन सक्छ। तर तपाईं आफ्नो वित्तिय योजनामा ढुक्क हुनुहुन्छ र रकम कहिले, कुन अवस्थामा झिक्ने भन्ने निश्चित हुनुहुन्छ भने यो तपाईंको लागि अतिनै उत्तम हुन सक्छ। किनकि मुद्दती निक्षेपले शेयर मार्केटमा हुने उच्च जोखिम बिना आफ्नो पैसामा बढी कमाउन चाहने व्यक्तिहरूको लागि स्थिरता प्रदान गर्दछ। साथै अन्य सामान्य बचत खाताहरुले प्रदान गर्ने ब्याजदरहरू भन्दा उच्च ब्याजदर प्रदान गर्दछ।

यदि तपाईंलाई यो ब्लग उपयोगी लागेमा कृपया यसलाई आफ्ना साथीहरू र परिवारसँग शेयर गर्न अनुरोध गर्दछौं ।