आजकाल मानिसहरुलाई स्टेटस सिम्बलका लागि मात्र नभई चार पाङग्रे गाडी सबैको जीवनमा अत्यावश्यक भएको छ । तपाईले बजारमा नवीनत्तम गाडीको मोडेल खोज्न सुरु गर्नुअघि सवारी कर्जामा निर्णय गर्नुपर्छ किनभने यो महत्वपुर्ण लगानी हो । गाडी फाइनान्सिङको साथ बैंकले तपाईलाई सवारी कर्जा प्रदान गर्दछ । तपाईले गाडी रकमको निश्चित प्रतिशत बराबरको डाउन पेमेन्ट गर्न आवश्यक हुन्छ ।
बैंकहरुले नयाँ ब्राण्ड वा प्रयोग गरिएका सवारी साधन खरिद गर्नका लागि व्यक्तिगत ग्राहकका साथसाथै व्यवसायिक ग्राहकहरुलाई फाइनान्स गर्न संचालनमा ल्याइएको सुविधालाई सवारी कर्जा भनिन्छ । सामान्यता सवारी कर्जा मार्फत तपाईले आफ्नो गाडी किनेर चढ्ने सपना साकार गर्न सक्नुहुन्छ वा आफ्नो अटो मोबाइल अनुभव वृद्धि गर्न सक्नुहुन्छ ।
बैंकहरुले प्रतिस्पर्धी ब्याज दर र लचिलो भुक्तानी विकल्पहरुको साथ यहाँहरुको गाडीको फाइनान्स गर्न सजिलो बनाउँदछ । नेपालमा ९५ प्रतिशत खरिदकर्ताले सवारी कर्जामा नयाँ गाडी रोजेका छन् । हाल नेपालमा बैंकहरुले इन्धन सवारी साधनको लागि लागतको ५० प्रतिशत सम्म, नयाँ सवारी साधनको हकमा विद्युतीय सवारीको लागतको ८० प्रतिशत र प्रयोग गरिएको गाडीको हकमा मुल्यको ५० प्रतिशत कर्जा प्रवाह गर्दछ ।
सवारी कर्जाको आवेदन दिनुअघि तपाईले निश्चित योग्यता पुरा गरेको हुनुपर्दछ । यी योग्यता बैंकहरुबीच भिन्न हुन सक्छन्, तर यहाँ सामान्य योग्यतालाई उल्लेख गरिएको छ ।
सामान्यतया, नेपालमा दुई प्रकारका सवारी कर्जा उपलब्ध छन्ः
१. नयाँ सवारी कर्जाः नयाँ ब्राण्ड गाडी खरिद गर्न डिजाइन गरिएको ।
२. प्रयोग गरिएका सवारी कर्जाः पुर्व स्वामित्व भएका गाडी किन्न डिजाइन गरिएको ।
सवारी कर्जाको लागि आवेदन गर्दा तपाईले विभिन्न कागजात पेश गर्न आवश्यक हुन्छ, जुन यसप्रकार छन्ः
कर्जा आवेदनका लागि हजुरहरुले निन्न प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ :
१. कर्जाका लागि बैंक छनौट गरी आवेदन फारम भर्न सक्नुहुनेछ ।
२. आवश्यक सम्पुर्ण कागजात पेश गर्नुपर्छ ।
३. यहाँहरुको आवेदन स्वीकृत गर्न र योग्यता मुल्याङकन गर्न बैंकले केही समय लिन्छ ।
४.हस्ताक्षर गर्नु अघि सम्पुर्ण कागजातहरु राम्रोसँग पढ्ने ।
५. आवेदन स्वीकृत भएपछि कर्जा सम्झौतामा हस्ताक्षर गर्नुपर्छ ।
६. आवश्यक भएमा डाउन पेमेन्ट गर्नुहोस् र कर्जा प्राप्त गर्नुहोस् ।
७. ईएमआई मार्फत कर्जा तिर्न सुरु गर्नुपर्छ ।
नेपालमा विभिन्न बैंकले सवारी कर्जा प्रदान गर्ने भएकाले तपाईलाई आफ्नो गाडी किनेर चढने सपना साकार गर्न एकदमै सहज हुनेछ । सवारी कर्जाको बारेमा बुझेर, बैंकले प्रदान गर्नेे सवारी कर्जाका ब्याज दर तुलना गरेर र सुचित निर्णणहरु गरेर तपाईले आफ्नो गाडी किन्ने सपनालाई वास्तविकतामा परिणत गर्न सक्नहुन्छ ।
तपाईको आर्थिक अवस्थाको मुल्याङकन गरी बजेट र आवश्यकताहरुसँग मिल्दोजुल्दो सवारी कर्जा छनौट गर्न सरल बैंकिङ्ग सेवाले मद्दत गर्नेछ । त्यसैले, गाडी खरीद गर्ने सोचमा हुनुहुन्छ र कागजी प्रकृया बारे कुनै पनि किसिमको परामर्शको आवश्यकता महसुस गर्नुहुन्छ भने यहाँहरुले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः
फोनः ९७७–०१–५२६९१०७
व्हाट्सएपः ९८५१३६११०७