Banner image with the text "Naima Mobility Expo" and the logo of Saral Banking Sewa
13 Aug, 2026

नाइमा मोबिलिटी एक्स्पो २०८३: गाडी किन्नुअघि अटो लोन पनि तुलना गर्नुहोस्

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पो २०८३ अहिले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ। साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न ब्रान्डका नयाँ विद्युतीय, हाइब्रिड, पेट्रोल तथा प्रिमियम सवारीसाधन प्रदर्शनमा छन्।

एक्स्पोमा नयाँ गाडी हेर्दै गर्दा धेरैको ध्यान स्वाभाविक रूपमा मोडेल, सुविधा र मूल्य मा जान्छ। तर, गाडीको मूल्य देखेपछि अर्को महत्वपूर्ण हिसाब सुरु हुन्छ: यो गाडी किन्न कति रकम आफैंले जुटाउनुपर्छ र कति कर्जा लिनुपर्छ?

विशेषगरी अटो लोन लिएर गाडी किन्न लागिएको हो भने गाडीको मूल्य मात्र हेरेर पुग्दैन। डाउन पेमेन्ट, ब्याजदर, EMI, कर्जा अवधि र अन्य शुल्कले अन्ततः गाडी किन्न लाग्ने कुल रकम निर्धारण गर्छन्। त्यसैले एक्स्पोमा गाडी छनोटसँगै त्यसलाई कसरी र कति लागतमा किन्न सकिन्छ भन्ने हिसाब गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

गाडी मनपरेपछि मनमा उठ्ने अर्को प्रश्न: यो गाडी कति पर्छ?

नाइमा मोबिलिटी एक्स्पोमा आफूलाई मन परेको गाडी भेटिएपछि धेरैको पहिलो प्रश्न, यो गाडी कति पर्छ?हुन्छ।

गाडीको मूल्य थाहा पाएपछि मनमा प्रश्न उठ्छ, आफ्नो बजेटले पुग्छ कि पुग्दैन? तर गाडीको मूल्यले मात्र यसको वास्तविक खर्च बताउँदैन, विशेषगरी अटो लोन लिएर गाडी किन्न लागिएको छ भने। 

उदाहरणका लागि, गाडीको केही रकम डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जाबाट तिर्नुपर्ने हुन सक्छ। त्यसपछि कर्जाको ब्याज, मासिक EMI, प्रोसेसिङ शुल्क तथा अन्य लागू शुल्कले गाडी किन्न लाग्ने कुल रकममा असर गर्छ।

त्यसैले आफूलाई मन परेको गाडीको मूल्य थाहा पाएपछि यी कुरा पनि हिसाब गर्नुहोस्:

  • कति डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ?
  • बाँकी कति रकम अटो लोन लिनुपर्ने हुन्छ?
  • त्यसअनुसार मासिक EMI कति पर्न सक्छ?
  • कर्जाको अवधिभर ब्याजसहित जम्मा कति रकम तिर्नुपर्छ?
  • प्रोसेसिङ शुल्क तथा अन्य कर्जा शुल्क कति छन्?

यसरी गाडीको मूल्यसँगै कर्जा लिएर किन्दा पर्ने वास्तविक लागत हेर्दा आफ्नो बजेटमा त्यो गाडी कति सहज हुन्छ भन्ने राम्रोसँग बुझ्न सकिन्छ।

अटो लोन तुलना गर्दा ब्याजदर मात्रै नहेर्नुहोस्

अटो लोन तुलना गर्दा धेरैको पहिलो ध्यान ब्याजदरमा जान्छ। ब्याजदर महत्वपूर्ण भए पनि यसैलाई मात्र आधार बनाएर कर्जा छनोट गर्नु उचित हुँदैन।

बैंक तथा वित्तीय संस्थाअनुसार अटो लोनको ब्याजदर, डाउन पेमेन्ट, कर्जा अवधि, प्रोसेसिङ शुल्क र अन्य सर्त फरक हुन सक्छन्।

उदाहरणका लागि, दुईवटा कर्जामा ब्याजदर फरक भए पनि एउटा कर्जाको अवधि लामो हुँदा मासिक EMI कम देखिन सक्छ। तर लामो अवधिसम्म ब्याज तिर्नुपर्ने भएकाले कुल भुक्तानी रकम बढी हुन सक्छ।

त्यसैले कम EMI भएको कर्जा नै सस्तो हुन्छ भन्ने हुँदैन। कर्जा छनोट गर्दा मासिक किस्तासँगै कर्जाको अवधिभर तिर्नुपर्ने कुल रकम पनि हेर्नुपर्छ।

अटो लोन तुलना गर्दा यी कुराहरुको ख्याल राख्नुहोस्

मन परेको गाडी किन्न अटो लोन लिँदै हुनुहुन्छ भने, कर्जा योजना तुलना गर्दा यी कुरामा ध्यान दिनुहोस्। 

१. डाउन पेमेन्ट

डाउन पेमेन्ट भनेको गाडी किन्दा सुरुमै आफैंले तिर्ने रकम हो। डाउन पेमेन्ट बढी राख्दा आवश्यक पर्ने कर्जा रकम कम हुन सक्छ।

तर, आफ्नो बचतको ठूलो हिस्सा डाउन पेमेन्टमै खर्च गर्दा दैनिक खर्च वा आकस्मिक आवश्यकताका लागि रकम अभाव हुन सक्छ। त्यसैले डाउन पेमेन्ट तय गर्दा आफ्नो समग्र बजेट पनि विचार गर्नुहोस्।

२. ब्याजदर

अटो लोन तुलना गर्दा सबैभन्दा पहिले देखिने कुरा ब्याजदर हो। तर, प्रतिशत कम देखिँदैमा कर्जा सस्तो हुन्छ भन्ने हुँदैन। कुन ब्याजदर लागू हुन्छ, त्यो कति समयका लागि लागू हुन्छ र अन्य कर्जा सर्त के छन् भन्ने कुरा पनि हेर्नुपर्छ।

ब्याजदर स्थिर (Fixed) छ भने तोकिएको अवधिमा ब्याजदर परिवर्तन नहुन सक्छ। परिवर्तनशील (Floating) ब्याजदरमा भने बजार वा सम्बन्धित आधारदरअनुसार भविष्यमा ब्याजदर परिवर्तन हुन सक्छ। त्यसैले कर्जा लिनुअघि आफूले लिने कर्जामा कुन प्रकारको ब्याजदर लागू हुन्छ र त्यसले भविष्यको EMI तथा कुल भुक्तानीमा कस्तो असर पार्न सक्छ भन्ने बुझ्नुहोस्।

त्यसैले बैंकका अटो लोन तुलना गर्दा ब्याजदरको अंक मात्र होइन, त्यससँग जोडिएका सर्तसमेत हेर्नुहोस्।

३. कर्जा अवधि

कर्जा अवधि लामो राख्दा मासिक EMI कम हुन्छ, तर कुल ब्याज खर्च बढ्न सक्छ। यसको प्रभाव एउटा सरल उदाहरणबाट बुझ्न सकिन्छ।

मानौं, रु. १० लाखको अटो लोनमा वार्षिक १०% ब्याजदर लागू हुन्छ।

कर्जा अवधिमासिक EMIकुल ब्याज
३ वर्षकरिब रु. ३२,२६७करिब रु. १,६१,६१९
५ वर्षकरिब रु. २१,२४७करिब रु. २,७४,८२३

५ वर्षको कर्जा रोज्दा मासिक EMI करिब रु. १०,०२० कम हुन्छ। तर, ३ वर्षको तुलनामा कुल ब्याजमा करिब रु. १,१३,२०४ बढी तिर्नुपर्छ।

त्यसैले कर्जा अवधि छनोट गर्दा “मासिक EMI कति पर्छ?” मात्र होइन, “कर्जाको अवधिभर जम्मा कति तिर्नुपर्छ?” भन्ने हिसाब पनि गर्नुहोस्।

४. प्रोसेसिङ तथा अन्य शुल्क

अटो लोनको लागत ब्याजमा मात्र सीमित हुँदैन। प्रोसेसिङ वा प्रशासनिक शुल्क जस्ता अन्य शुल्क पनि तिर्नुपर्ने हुन सक्छन्, र बैंकअनुसार यस्ता शुल्क फरक हुन सक्छन्।

उदाहरणका लागि, केही बैंकले अटो लोनमा ०.७५% प्रोसेसिङ शुल्क लिन्छन् भने केहीले १% प्रशासनिक शुल्क तोकेका छन्। त्यसैले “ब्याजदर कति छ?” सँगै “अन्य शुल्क कति लाग्छ?” भनेर पनि सोध्नुहोस्।

५. कुल भुक्तानी रकम

अटो लोनको वास्तविक लागत बुझ्ने सबैभन्दा राम्रो तरिका भनेको कर्जाको अवधिभर जम्मा कति रकम तिर्नुपर्छ भनेर हेर्नु हो।

गाडीको मूल्य रु. ५० लाख छ भने पनि अटो लोनमार्फत किन्दा तपाईंले अन्ततः रु. ५० लाख मात्र तिर्नु भएको हुदैन। डाउन पेमेन्टपछि लिएको कर्जामा लाग्ने ब्याज र लागू हुने शुल्क जोडिँदा कर्जाको अवधिभर तिर्नुपर्ने रकम फरक हुन्छ।

त्यसैले दुईवटा अटो लोनमध्ये एउटा लिँदा ब्याजदर वा EMI मात्र तुलना नगरी कुल भुक्तानी रकम पनि तुलना गर्नुहोस्। यसले कुन कर्जा विकल्पले अन्ततः कति खर्च पार्छ भन्ने स्पष्ट देखाउँछ।

गाडीको मूल्यले खरिदको रकम देखाउँछ, तर कुल भुक्तानीले कर्जासहितको वास्तविक लागत देखाउँछ।

EV किन्दै हुनुहुन्छ भने EV Loan पनि तुलना गर्नुहोस्

नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय सवारीसाधनका विकल्प धेरै भएकाले EV किन्ने सोचिरहनुभएको छ भने, गाडीको मूल्यसँगै EV Loan का विकल्प पनि हेर्न सक्नुहुन्छ।

केही बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारीसाधनका लागि छुट्टै कर्जा योजना वा फरक सर्तमा कर्जा उपलब्ध गराउन सक्छन्। त्यसैले EV किन्दा सामान्य अटो लोन मात्र होइन, EV का लागि उपलब्ध कर्जा विकल्प, ब्याजदर, डाउन पेमेन्ट र कर्जा अवधिसमेत तुलना गर्नुहोस्।

तर, कुनै कर्जा “EV Loan” भनेर उपलब्ध छ भन्दैमा त्यो स्वतः सबैभन्दा उपयुक्त हुन्छ भन्ने हुँदैन। आफ्नो आवश्यकता र भुक्तानी क्षमतासँग मिल्ने सर्त हेर्नु आवश्यक हुन्छ।

अटो लोन लिनुअघि EMI पनि गणना गर्नुहोस्

गाडी किन्नुअघि आफूले हरेक महिना कर्जाको किस्तामा कति रकम तिर्न सक्छु भन्ने अनुमान गर्नु उपयोगी हुन्छ।

गाडीको मूल्य, डाउन पेमेन्ट, कर्जा रकम, ब्याजदर र कर्जा अवधि फरक हुँदा EMI पनि फरक हुन्छ। त्यसैले आफूलाई मन परेको गाडीको मूल्य र सम्भावित कर्जा रकमका आधारमा EMI Calculator प्रयोग गरेर अनुमानित मासिक किस्ता हेर्न सक्नुहुन्छ।

तर, EMI सहज देखिए पनि कर्जाको कुल लागत भने छुटाउनु हुँदैन। मासिक बजेटमा EMI कति सहज छ भन्ने र कर्जाको अवधिभर ब्याजसहित कति रकम तिर्नुपर्छ भन्ने दुवै कुरा हेरेर निर्णय गर्नुहोस्।

सरल बैंकिङ सेवाबाट अटो लोन तुलना गर्नुहोस्

गाडी किन्नुअघि विभिन्न बैंक तथा वित्तीय संस्थाका अटो लोन योजना तुलना गर्न बैंक–बैंक धाउनुपर्ने आवश्यकता छैन।

सरल बैंकिङ सेवामा विभिन्न बैंक तथा वित्तीय संस्थाका वित्तीय उत्पादन र कर्जा योजनाबारे जानकारी एकै ठाउँमा हेर्न सकिन्छ।

अटो लोनको निर्णय लिनुअघि तपाईंले:

  • विभिन्न अटो लोनका ब्याजदर र सर्त तुलना गर्न,
  • कर्जा रकम र अवधिअनुसार EMI गणना गर्न,
  • डाउन पेमेन्ट र कर्जा अवधिबारे जानकारी लिन,
  • उपलब्ध EV Loan विकल्प हेर्न,
  • अटो लोनका लागि आवश्यक योग्यता र कागजात बुझ्न,
  • र आफ्नो विवरणका आधारमा कर्जाका लागि प्रारम्भिक योग्यता बुझ्न सक्नुहुन्छ।

आफ्नो आवश्यकता र बजेटअनुसार विकल्प छुट्याएपछि विभिन्न कर्जा योजनाको तुलना गरेर निर्णयतर्फ अघि बढ्न सकिन्छ।

गाडीको मूल्यसँगै अटो लोन पनि तुलना गर्नुहोस्

नाइमा मोबिलिटी एक्स्पो २०८३ मा नयाँ सवारीसाधन हेर्दा डिजाइन, सुविधा, प्रविधि र मूल्यमा ध्यान जानु स्वाभाविक हो। तर गाडी किन्ने निर्णय त्यतिमै सकिँदैन।

यदि अटो लोन लिएर गाडी किन्न लागिएको हो भने डाउन पेमेन्ट, ब्याजदर, EMI, कर्जा अवधि, शुल्क र कुल भुक्तानी रकम पनि सँगसँगै हेर्नुपर्छ।

किनकि गाडीको मूल्य एकपटक देखिन्छ, तर लोनको EMI तपाईंको बजेटमा महिनैपिच्छे असर गर्छ।

त्यसैले एक्स्पोमा गाडी हेर्नुहोस्, आफ्नो बजेटसँग मिल्ने मोडेल छनोट गर्नुहोस् र त्यसपछि गाडीको मूल्यसँगै अटो लोनको लागत पनि तुलना गरेर निर्णय गर्नुहोस्।

सरल बैंकिङ सेवाले विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्जा विकल्प बुझ्न र तुलना गर्न सजिलो बनाउँछ।