Banner image with the text "Commercial banks profit decreased: What's the reason?" and the logo of Saral Banking Sewa
11 Nov, 2025

पहिलो त्रैमासिकमा वाणिज्य बैंकहरूको संयुक्त नाफा १८.७८ प्रतिशतले घट्यो!

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (Q1) को विवरणले नेपाली बैंकिङ्ग क्षेत्रको वास्तविक अवस्था देखाएको छ। बजारमा सुधारको अपेक्षा गरिए पनि, २० वाणिज्य बैंकहरूको संयुक्त खुद नाफा गत वर्षको तुलनामा १८.७८ प्रतिशतले घटेको छ।

गत वर्ष यही अवधिमा रु. १६.१८ अर्ब नाफा कमाएका बैंकहरू यस वर्ष जम्मा रु. १३.१४ अर्बमा सीमित भएका छन्। यो तथ्यांकले बैंकिङ्ग क्षेत्रको नाफा आर्जनमा दबाब बढेको देखाए तापनि, पाँच बैंकहरू (जस्तै ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक) ले चुनौतीबीच पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।

कुन कुन वाणिज्य बैंकहरूको नाफा कति?

२० वटा वाणिज्य बैंकमध्ये १५ वटा बैंकको नाफामा गिरावट आएको छ भने जम्मा ५ बैंकको नाफा मात्र बढेको छ। यस तथ्याङ्कले आर्थिक सुस्तता र कर्जा असुलीमा देखिएका चुनौतीहरूले बैंकहरूको नाफामा प्रत्यक्ष असर पारेको स्पष्ट देखाउँछ।

नाफा घट्दो बजारमा पनि ग्लोबल आईएमई बैंकले नबिल बैंकलाई उछिन्दै यो त्रैमासमा सबैभन्दा धेरै रु. १.८५ अर्ब खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको १.५१ अर्ब रुपैयाँको तुलनामा २२.९२% ले वृदी भएको हो।

खुद नाफा १ अर्ब भन्दा धेरै कमाउनेमा नबिल बैंक (१.७५ अर्ब), प्राईम कमर्सिअल बैंक (१.२५ अर्ब), एभरेष्ट बैंक (१.१७ अर्ब) र कुमारी बैंक (१.०५ अर्ब) रहेका छन्। तर सकारात्मक वृद्धिदरको आधारमा भने ग्लोबल, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा र एनआईसी बैंक मात्रै रहेका छन्।

त्यसैगरि, यस त्रैमाशमा सबैभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ तर सिटिजन्स बैंकले भने झनै २२ करोडको नोक्सानी बेहोरेको विवरण प्रकाशित गरेको छ। 

क्र.सं.बैंकअपरिष्कृत खुद नाफा (अर्ब रु. मा)वृद्धि (%)
Q1 (२०८२/०८३)Q1 (२०८१/०८२)
ग्लोबल आईएमई बैंक लि.१.८५८६१.५१२१२२.९२%
नबिल बैंक लि.१.७५६९२.०५६५-१४.५७%
प्राइम कमर्सियल बैंक लि.१.२५८४१.२८६७-२.२०%
एभरेष्ट बैंक लि.१.१७९२१.१२७७४.५७%
कुमारी बैंक लि.१.०५६५१.०७८१-२.००%
एनएमबि बैंक लि.०.९१५९१.१४५६-२०.०५%
हिमालयन बैंक लि.०.७०२८०.७२६४-३.२५%
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लि.०.६९२१०.८६२२-१९.७३%
राष्ट्रिय वाणिज्य बैंक लि.०.५९८७०.१५१३२९५.७०%
१०नेपाल बैंक लि.०.५८८२०.६०२१-२.३१%
११प्रभु बैंक लि.०.५५८४१.०४०६-४६.३४%
१२नेपाल एसबीआई बैंक लि.०.५०१५०.८१४६-३८.४४%
१३सानिमा बैंक लि.०.४५४९०.३९९५१३.८७%
१४माछापुच्छ्रे बैंक लि.०.४१७९०.५०३२-१६.९५%
१५लक्ष्मी सनराइज बैंक लि.०.३३२३०.५३६३-३८.०४%
१६सिद्धार्थ बैंक लि.०.३२४००.३८२०-१५.१८%
१७एनआईसी एशिया बैंक लि.०.१२२१०.११०५१०.५०%
१८नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.०.०४५०१.४६४०-९६.९३%
१९कृषि विकास बैंक लि.०.००५७०.१९०९-९७.०१%
२०सिटिजन्स बैंक इन्टरनेशनल लि.-०.२२०४०.१९८२-२११.२०%
कुल नाफा१३.१४८७१६.१८८५-१८.७८%
Q1 को औसत नाफा०.६५७४३५०.८०९४२५ 

निष्कर्ष

यस त्रैमासको बैंकिङ्ग विवरणले बैंकहरूको नाफा घट्नु कुनै संयोग होइन, अहिलेको आर्थिक अवस्थाको परिणाम हो भन्ने कुरा स्पष्ट परेको छ। ब्याजदरमा अस्थिरता, कर्जा असुलीमा ढिलाइ, र नयाँ लगानीमा सुस्त गतिले नाफा घटाएको मुख्य कारण बनेका छन्। साथै, बैंकहरूले अघिल्लो वर्षको उच्च ब्याजदरमा संकलित निक्षेपमा धेरै ब्याज तिर्नुपरेको तर उति नै दरमा कर्जा विस्तार गर्न नसकेका कारण पनि नाफामा दबाब आएको हो।

घट्दो नाफाको असर बैंकलाई मात्र नभई ग्राहकमाथि पनि पर्छ। जस्तै, कर्जा लिनेहरूका लागि ब्याजदर अझै उच्च रहन सक्छ, र बचतकर्ताहरूका लागि ब्याजदर घट्ने सम्भावना पनि रहन्छ। तर यसमा राम्रो पक्ष पनि के छ भने बैंकहरू अहिले जोखिम घटाउने र सेवा सुधारमा ध्यान दिइरहेका छन्। अर्थात्, बजार केही सुस्त भए पनि बैंकिङ प्रणाली स्थिर छ, र सुधारको बाटो खुला छ।