Image depicting a scene related to banking or financial services, featuring key elements relevant to remittance accounts
17 Jan, 2025

२०८१ का लागि उत्कृष्ट रेमिट्यान्स बचत खाता: सबैभन्दा धेरै ब्याजदर दिने बैंक कुन?

विदेशमा बगाएको पसिनाको कमाई मात्र पर्याप्त होइन; त्यसलाई सही र सुरक्षित ढंगले बचत गरेर उपयुक्त स्थानमा लगानी गर्न सकियो भने, तपाईं र तपाईंको परिवारको भविष्य सबल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। यसका लागि उत्कृष्ट विकल्पहरूमध्ये रेमिट्यान्स बचत खाता एक प्रभावकारी उपाय हो।

आफुले कमाएको रकम सुरक्षित पनि हुने अनि ब्याजबाट थप आम्दानी पनि हुने भएकाले, रेमिट्यान्स बचत खाताको लोकप्रियता पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ। यसलाई प्रवर्द्धन गर्न नेपाली बैंकहरूले यस्तो खातामा अन्य बचत खाताहरूभन्दा १% बढी ब्याजसमेत दिने गरेका छन्। यद्यपि, सबै बैंकहरूले प्रदान गर्ने ब्याजदर फरक-फरक हुन्छ र अधिकतम लाभ लिनका लागि खाता खोल्नु अघि कुन बैंकको ब्याजदर कति छ भनेर बुझ्न आवश्यक छ।

त्यसैले, आजको यस ब्लगमा हामीले भर्खरै संशोधित ब्याजदरहरूको बैंक अनुसार तुलना गरेका छौं, जसले गर्दा तपाईंले आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ बिना केहि झन्झट।

nfographic illustrating the features and benefits of remittance accounts in Nepal, highlighting key services and usage statistics

रेमिट्यान्स बचत खाता भनेको के हो र किन खोल्ने?

रेमिट्यान्स बचत खाता भनेको विशेष प्रकारको बैंक खाता हो, जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विदेशबाट स्वदेशमा रहेका आफ्नो परिवार वा आफन्तलाई पठाएको पैसा (रेमिट्यान्स) सुरक्षित रूपमा जम्मा गर्न र बचत गर्न सक्छन्। यो खाता मुख्यतः विदेशमा रहनु भएका नेपाली व्यक्तिहरूका लागि डिजाइन गरिएको हो, जसले आफ्नो रकम नेपालमा सुरक्षित रूपमा राख्नुका साथै ब्याजमार्फत थप लाभ उठाउन चाहन्छन्।

आकर्षक ब्याजदर मात्र नभई, रेमिट्यान्स बचत खाताले अन्य थुप्रै फाइदाहरू पनि प्रदान गर्दछ। यसले अप्रत्याशित आपतकालीन वा आर्थिक संकटको समयमा वित्तीय सुरक्षा सुनिश्चित गर्छ। साथै, पैसा पठाउने र प्राप्त गर्ने प्रक्रिया बैंकमार्फत हुने भएकाले ठगी वा धोखाधडीको सम्भावना न्यून हुन्छ। त्यसैगरी, यस खाता मार्फत लोन, डेबिट कार्ड, र अनलाइन बैंकिङ्गजस्ता सहज वित्तीय सेवाहरूको सुविधासमेत उपलब्ध हुन्छ।

त्यसैले, यदि तपाईंले रेमिट्यान्स बचत खाता खोल्नुभएको छैन भने, यी सबै फाइदाहरूको पूरा लाभ उठाउनका लागि आजै सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा खाता खोल्नुहोस्!

Visual representation of the remittance account features and benefits in Nepal, showcasing essential information and services for users

२०८१ का लागि उत्कृष्ट रेमिट्यान्स बचत खाता भएका बैंकहरु कसरी हेर्ने?

हरेक बैंकले आफ्ना सबै प्रकारका बचत खाताहरूको ब्याजदर आफ्नो बैंकिङ्ग वेबसाइटमा स्पष्ट रूपमा प्रकाशित गरेका हुन्छन्। तर, प्रत्येक बैंकको वेबसाइटमा गएर एक-एक गर्दै जानकारी खोज्नु झन्झटिलो र समय लाग्ने काम हुन सक्छ। तर चिन्ता नलिनुहोस्, तपाईंले सरल बैंकिङ्ग सेवाको प्रयोग गरेर सबै बैंकहरूले रेमिट्यान्स बचत खातामा प्रदान गर्ने ब्याजदर एकै ठाउँमा सहज रूपमा हेर्न र तुलना गर्न सक्नुहुनेछ।

यही माघबाट सुरुवात भएको तेस्रो वित्तीय त्रैमासिकमा विभिन्न बैंकहरुले आफ्नो रेमिट्यान्स बचत खाताको ब्याजदरमा खास्सै धेरै परिवर्तन ल्याएका छैनन्।अहिले नेपाली बैंकहरुको रेमिट्यान्स बचत खातामा ४% देखि ६.१% सम्मको ब्याजदर प्रदान गर्देइ आएका छन्। 

Illustration of the features and advantages of remittance savings accounts in Nepal, emphasizing key benefits and user guidance

हाल सबैभन्दा धेरै ब्याजदर प्रदान गर्ने बैंकको सूचीमा एनआईसी एशिया बैंक अग्रस्थानमा छ, जसले सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता - साधारणमा ६.१०% ब्याजदर प्रदान गरिरहेको छ। त्यसैगरी, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, र मुक्तिनाथ विकास बैंकलगायत प्रायः सबै बैंकहरूले ६% ब्याजदर उपलब्ध गराइरहेका छन्।

यी बैंकहरूबाहेक अन्य बैंकहरूको रेमिट्यान्स बचत खाताको ब्याजदरहरू हेर्न र एकै ठाउँमा सहज रूपमा तुलना गर्न, तपाईं सरल बैंकिङ्ग सेवाको वेबपेजमा जान सक्नुहुन्छ। 

 

निस्कर्ष

पैसा बचत गर्नु आफैंमा उज्ज्वल भविष्यतर्फको सबैभन्दा सही निर्णय हो, तर रेमिट्यान्स बचत खाता विदेशमा विदेशमा रहनु हुने नेपालीहरुका लागि अझ उपयुक्त हुन्छ। यसबाहेक, अझ धेरै फाइदा र उच्च ब्याजदरको लाभ उठाउन, कुन बैंकले यस्तो खातामा सबैभन्दा धेरै ब्याजदर प्रदान गर्छ भन्ने कुरा जान्न महत्त्वपूर्ण छ। त्यसैले, यदि तपाईं रेमिट्यान्स बचत खाता खोल्न योग्य हुनुहुन्छ तर अहिलेसम्म खोल्नुभएको छैन भने, आजै खोल्नुहोस् र आफ्नो सुरक्षित भविष्यको लागि सही कदम चाल्नुस्।