Banner image with the text "NADA Auto Show Nepal: Which bank has the lowest interest rates?" and the logo of Saral Banking Sewa
22 Aug, 2025

नाडा अटो शोमा विशेष अटो लोन अफर, जानौँ कुन बैंकको ब्याजदर सबै भन्दा सस्तो

के तपाईं नाडा अटो शोबाट आफ्नो सपनाको गाडी किन्ने सोचमा हुनुहुन्छ? 

यदि हुनुहुन्छ भने, तपाईंको लागि खुसीको खबर छ! भदौ ८ सम्म चल्ने १७औँ नाडा अटो शोमा विभिन्न बैंकहरूले विशेष अटो लोन अफरहरू ल्याएका छन्। 

तर, यति धेरै बैंक र उनीहरूका अफरहरूमध्ये कुन चाहिँ तपाईंको लागि सबैभन्दा उपयुक्त छ भन्ने जान्न जरुरी हुन्छ। हामीले तपाईंको लागि नाडा अटो शोमा उपलब्ध बैंकका विशेष अटो लोन योजनाहरूको विस्तृत विश्लेषण गरेका छौँ। आउनुहोस्, जानौँ कुन बैंकले दिँदैछ सबैभन्दा राम्रो अफर।

नाडा अटो शो २०८२ मा उपलब्ध बैंकका विशेष अटो लोन अफरहरू

गत वर्षझैँ यस वर्ष पनि नाडा अटो शोले ग्राहकहरूलाई एउटै ठाउँमा गाडी हेर्न, किन्न र बुक गर्न मिल्ने सुविधा दिएको छ। यस अवसरमा, सहभागी बैंकहरूले पनि ग्राहकहरूका लागि आ-आफ्नो स्टल राखी विशेष अटो लोनका आकर्षक योजनाहरू राखेका छन्।

यस वर्ष नाडा अटो शोमा सहभागी बैंकहरूमा नबिल, हिमालयन, लक्ष्मी सनराईज, कृषि विकास, ग्लोबल आईएमई, सानिमा र नेपाल एसबीआई बैंक रहेका छन्। र नाडा अटो शोमा उनीहरुले ल्याएका विशेष अटो लोनमा छुट अफरहरु यस प्रकारका छन्:

Commercial BanksInterest RateTenureProcessing Fee
FloatingFixed
Agriculture Development Bank6.23%-Up to 7 Years0.01–0.05%
Nabil Bank6.74%-Up to 5 Years0.50%
For 5 to 7 Years
Global IME BankStarting from 6.99%8.25%Up to 5 Years0.75%
8.49Up to 7 Years
Nepal SBI BankStarting from 6.99%7.99%Up to 3 Years0.75%
8.49%For 3 to 5 Years
8.99%For 5 to 7 Years
NMB Bank7.13%8.99%Up to 5 Years0.75%
Himalayan Bank7.50%8.50%Up to 8 Years for EV0.75%
7.65%Up to 8 Years for Petrol
Laxmi Sunrise Bank-7.99%Up to 7 Years0.75%
Sanima Bank-7.99%Up to 5 Years0.50%
8%Up to 7 Years

तपाईंको लागि कुन अटो लोन अफर सबैभन्दा राम्रो?

नाडा अटो शोमा गाडी किन्न जाँदा बैंकका थुप्रै अफरहरू देख्दा अलमलिनु स्वाभाविक हो। कम ब्याजदर, लामो अवधि वा स्थिर किस्ता, तपाईंको प्राथमिकता के हो, त्यसैमा सबै कुरा भर पर्छ। तपाईंको आवश्यकता अनुसार सही विकल्प कसरी छान्ने, आउनुहोस् हेरौँ:

१. कम ब्याजदर

फ्लोटिङमा: सबैभन्दा सस्तो अफर कृषि विकास बैंकको छ, जहाँ तपाईंले मात्र ६.२३% ब्याजदर पाउनुहुनेछ। यदि बजारको ब्याजदर घट्यो भने, तपाईंको ब्याज पनि घट्छ तर ब्याजदर बढ्यो भने तपाईले तिर्नु पर्ने ब्याज पनि बढ्छ। 

फिक्स्डमा: ब्याजदर बढ्ने चिन्ता लिनु छैन भने, नेपाल एसबीआई बैंकसानिमा बैंकको ७.९९% फिक्स्ड ब्याजदर तपाईंको लागि उपयुक्त हुन्छ। यसमा ब्याजदर कहिल्यै परिवर्तन हुँदैन।

२. लामो अवधिको अटो लोन

लामो अवधिको लागि अटो लोन लोन खोज्दै हुनुहुन्छ भने, हिमालयन बैंकले इलेक्ट्रिक गाडी (EV) का लागि ८ वर्षसम्मको अवधि दिएको छ।

३. प्रोसेसिङ शुल्क

प्रोसेसिङ शुल्कको आधारमा कृषि विकास बैंकको अटो लोनमा मात्र ०.०१% देखि ०.०५% रहेको छ। त्यसै गरि सानिमा र नबिल बैंकले नाडा अटो शोको लागि प्रोसेसिङ शुल्कमा पनि छुट राखी ०.५०% मा अटो लोन सुविधा दिएका छन्। 

४. फ्लोटिङ र फिक्स्डमध्ये कुन रोज्ने?

सरल भाषामा भन्नुपर्दा, फ्लोटिङ ब्याजदर बजारसँगै घटबढ हुन्छ। यदि तपाईंलाई भविष्यमा ब्याजदरमा आउन सक्ने घटबढसँग असर पर्दैन भने यस किसिमको ब्याज राम्रो हुन्छ।  तर, यदि तपाईंलाई आफ्नो मासिक किस्ता कति आउँछ भनेर ढुक्क हुन मन छ भने, फिक्स्ड नै रोज्नुहोस्।

अन्तत: ब्याजदर मात्र हेरेर निर्णय नगर्नुहोस्: बैंकको स्टलमा गएर प्रोसेसिङ शुल्क, डाउन पेमेन्ट, र लोन स्वीकृति प्रक्रियाहरुको बारेमा पनि प्रश्नहरू पनि सोध्न नभुल्नुहोस्।

निस्कर्ष

गाडी किन्ने निर्णयले मन उत्साहित बनाईदिन्छ भने बैंक अनुसारको फरक फरक अटो लोनको ब्याजदर, अवधि, शुल्कजस्ता कुराले झन्झटिलो र अलि गाह्रो पार्छ। विशेषगरी नाडा अटो शो जस्ता कार्यक्रममा, एकैचोटि धेरै बैंकका अफरहरू आउँछन्। 

तर, यस्तो अलमलबाट बच्न र निर्णयलाई सहज बनाउन सरल बैंकिङ सेवाले तपाईंलाई मद्दत गर्दछ, किनकि यहाँ तपाईंले सबै अटो लोन अफरहरूको विस्तृत जानकारी र तुलना सजिलै एकै ठाउँमा गर्न सक्नुहुन्छ।