11 Jun, 2024

घर कर्जा प्रक्रियाको गति बढाउन चाहनुहुन्छ ? यस्तो छ तरिका

हरेक नेपालीको ठुलो चाहना हुन्छ, एउटा आफ्नै घर होस्, र परिवारसंग घरमा आनन्दले जीवन बिताउन पाइयोस् तर यो एउटा आम मानिसको लागि त्यति सहज भने छैन। यद्यपि विस्तारै बैंक तथा वित्तिय संस्थाहरुले साधरण व्यवसाय र जागिर खाएर, घर बनाउने सपना बोकेका व्यक्तिलाई पनि रकम जुटाउँन सहज वातावरण सिर्जना गरिरहेका छन्। हामीले नेपालमा घर कर्जा कसरी लिन सकिन्छ?, घर कर्जा लिंदा ध्यान दिनुपर्ने कुराहरु, र घर कर्जाको आवेदन दिँदा हुने सामान्य गल्तिबाट बच्ने उपायहरु, आदि लगायत विभिन्न विषयमा हाम्रा अगाडिका ब्लगमा कुरा गरेका छौं। सोहि क्रममा, हामीलाई घर कर्जा प्रक्रियाको गति कसरी बढाउन सकिन्छ भन्ने बारेमा धेरै जिज्ञासा आएको हुनाले, आज हामी

यस विषयमा गहिराइमा पुगेर घर कर्जा लिने प्रक्रियाको गति बढाउने ५ तरिका बारे बुझ्नेछौं। बैंकले आवेदकको आम्दानी, बैंकिङ कारोबार, धितो मूल्यांकन आदि गरेर घर कर्जा शिर्षकमा कर्जा उपलब्ध गराउने भएपनि बैंकका नीति, नियम र कागजात नपुग्दा घर कर्जा स्वीकृति प्रक्रिया कहिलेकाहीँ लामो र तनावपूर्ण हुन सक्छ। तपाईंको घर कर्जा प्रक्रियालाई गति बढाउन मद्दत गर्ने ५ तरिका यस्ता छन्: १. तपाईंको कागजातहरू व्यवस्थित गर्नुपर्दछ:सर्वप्रथम तपाईं मानिसक रुपमा तयार हुनुपर्दछ र आवश्यक कागजातहरू तयार गर्नुपर्दछ। कर्जा दिने बैंक तथा वित्तिय संस्थालाई तपाईंको आर्थिक अवस्था र तपाईंले कर्जाको लागि आवेदन दिनुभएको धितोको मूल्याङ्कन गर्न विभिन्न कागजातहरू चाहिन्छ। प्रक्रियालाई अगाडी बढाउन निम्न यी कागजातहरू चाँडै सङ्कलन गर्न सुरु गर्नुपर्दछ। - आवेदक र ग्यारेन्टरको व्यक्तिगत पहिचान- PAN/VAT प्रमाणपत्र (यदि आय/आम्दानीमा व्यापार समावेश छ भने)- बैंक स्टेटमेन्ट र तलब प्रमाणपत्र (व्यावसायिक आम्दानीको हकमा आय/व्यय दर्ता वा अडिट रिपोर्ट गरेको)- आयको लागि कर तिरेको प्रमाणपत्र- धितोमा राख्न चाहेको जग्गाको लालपुर्जा, ब्लु प्रिन्ट, तिरो तिरेको रसिद, ट्रेस नक्सा र चार किल्ला, आदि लगायत अन्य थप घर कर्जाको लागि तपाईलाई आवश्यक पर्ने कागजातहरुको जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्। २. बैंक तथा वित्तिय संस्थाको आवश्यकताहरू बुझ्नु पर्दछ: विभिन्न बैंक तथा वित्तिय संस्थाका आ-आफ्ना नीति, नियम र मापदण्डहरु हुन्छन्। तपाईंले आफुले छनोट गरेको बैंकलाई केके चाहिन्छ बुझ्नुहोस्। यसमा आवेदकको स्थिरता, पेशा निरन्तरता, आय स्तर, उमेर, क्रेडिट हिस्ट्री र स्कोर अर्थात् विगतको कर्जा र कर्जा भुक्तानी ट्र्याक रेकर्ड लगायत अन्य वित्तीय आवश्यकताहरू समावेश हुन सक्छ।यी सबै आवश्यकताहरू बुझेर पहिले नै तयारी अवस्थामा बस्नाले स्वीकृत प्रक्रियाको क्रममा गति बढाउन सक्छ। साथै सरल बैंकिङ्ग सेवाको लोन एलिजिबिलिटि क्यालकुलेटरले तपाईंलाई तपाईंको कर्जा क्षमताको मूल्याङ्कन गर्न मद्दत गर्छ र तपाईं योग्य हुन सक्ने कर्जा रकमको अनुमानित जानकारी दिन्छ। ३. उत्कृष्ट बैंक छनोट र पूर्व-अनुमान प्राप्त गर्नुपर्दछ: हामी सबैको बानि प्राय: जहिले आफुलाई पर्छ त्यही बेला हेरौला भन्ने हुन्छ। आफुले गर्न लागेको कुनैपनि वित्तिय कारोबारको लागि पूर्व तयारी हुनु सबैभन्दा वुद्धिमानी हुन्छ। तपाईंको आवश्यकताहरुसंग मिल्ने घर कर्जाको लागि विभिन्न बैंकद्वारा प्रस्ताव गरेका दर र सर्तहरु तुलना गरि एउटा उत्कृष्ट घर कर्जा खोज्नु पर्दछ। तपाईंले घर वा जग्गा लिने फिक्स भएको तर यो घर लिने भनेर फिक्स नभएपनि आफ्नो मासिक आम्दानी(EMI) र आफुले राख्न चाहेको धितोको आधारमा तपाईंले कति कर्जा लिन सक्नुहुन्छ भन्ने पूर्व अनुमानले तपाईंलाई एउटा स्पष्ट विचार दिन्छ। अन्तमा तपाईंले आफ्नो सपनाको घर वा जग्गा फेला पारेपछि यसले अन्तिम कर्जा स्वीकृति प्रक्रियालाई गति दिन सक्छ।४. बैंकको अनुरोधहरूलाई तुरुन्तै जवाफ दिनु र स्पष्ट रूपमा कुराकानी गर्नुपर्दछ:तपाईंले आफ्नो आवेदन पेश गरेपछि अब बैंकले कर्जा प्रक्रिया अगाडी बढाउँछ भनेर ढुक्क बस्नु हुँदैन। बैंकको आफ्नो नीति, नियम अनुसार थप जानकारी वा कागजातहरू आग्रह गर्न सक्छ। यी अनुरोधहरूलाई तुरुन्तै जवाफ दिंदा, अनि बैंकसंग स्पष्ट र नियमित सम्पर्कले तपाईंको कर्जाको बारेमा गम्भीरता देखाउँछ र प्रक्रियालाई अगाडि बढाउन मद्दत गर्न सक्छ। बैंकले आग्रह गरेको कागजात लगायतका अन्य कुराहरुको जानकारी प्रदान गर्नमा हुने तपाईं(ग्राहक)को ढिलाइले पनि कर्जा स्वीकृति प्रक्रियाको गतिमा झन् संकट निम्त्याउन सक्छ।५. दक्ष्य र अनुभवी कर्जा टिमसंग काम गर्नुपर्दछ:एउटा सरल बैंकिङ सेवा जस्तो प्रतिष्ठित, दक्ष्य र अनुभवी टिमको विशेषज्ञताले प्रोसेसिङ्ग समयलाई उल्लेखनीय रूपमा घटाउन, तपाईंलाई सरल प्रक्रियाको माध्यमबाट मार्गदर्शन गर्न र तपाईंलाई घर कर्जासँग सम्बन्धित हुन सक्ने कुनै पनि प्रश्नहरूको जवाफ दिन सक्छ। साथै विभिन्न बैंक तथा वित्तिय संस्थाहरूको आवश्यकताहरूको जटिलताहरू नेभिगेट गर्न, तपाईंको कागजातहरू व्यवस्थित गर्न र प्रक्रियालाई छिटो बनाउन सरल बैंकिङ्ग सेवाले तपाईंलाई बैंकसंग सहजै जोड्न मद्दत गर्दछ।यी सबै तरिकाहरु अपनाएर, तपाईं आफ्नो घर कर्जा आवेदनलाई सुव्यवस्थित गर्न र तपाईंको सपनाको घरमा छिटो गृहप्रवेश गर्न सक्नुहुन्छ। याद गर्नुहोस्, तपाईंको पूर्ण तयारी, जवाफदेहिता, दक्ष्य र अनुभवी टिम भनेको कर्जा स्वीकृति प्रक्रियाको गति बढाउने उपयुक्त बाटो हो। थप व्यक्तिगत सहायताको लागि, सरल बैंकिङ सेवा यहाँ तपाईंलाई तपाईंको आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रियामा सहज अनुभव सुनिश्चित गर्दै प्रत्येक चरणमा मद्दत गर्न सदैव तत्पर छ। तपाईंको घर कर्जा विकल्पहरू सरल र सहज गर्न आजै हामीलाई सम्पर्क गर्नुहोस्!