Banner image with the text "Naima Expo 2082: not just cars, compare auto loans too " and the logo of Saral Banking Sewa
31 Jul, 2025

नाइमा मोबिलिटी एक्स्पो २०८२: गाडी हेर्नु अघि, अटो लोन तुलना गर्न सरल बैंकिंग सेवा नबिर्सनुहोस्!

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजना गरिने ‘नाइमा मोबिलिटी एक्स्पो २०८२ साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

५ दिनसम्म चल्ने यस प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ भने ३५ वटा नयाँ सवारीसाधनहरू सार्वजनिक गरिनेछन्।

गाडी हेर्न, ब्रान्डहरू बुझ्न र नयाँ प्रविधिको अनुभव लिन यो सुनौलो अवसर हो। तर, गाडी हेर्नु मात्रै काफी छैन, यदि तपाईं किन्ने सोचमा हुनुहुन्छ भने, अटो लोन (Auto Loan) बारे समयमै विचार गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

नाइमा मोबिलिटी एक्स्पो २०८२ मा के–के हेर्न पाइन्छ?

नाइमा मोबिलिटी एक्स्पो २०८२ मा ३५ नयाँ सवारीसाधनहरू सार्वजनिक गरिने भएको छ। यसमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे, र ५ वटा व्यावसायिक गाडीहरू समावेश छन्। सहभागी हुने ५० भन्दा बढी ब्रान्डहरूले आफ्ना नयाँ मोडेल, प्रविधि, र सुविधा युक्त गाडीहरू प्रस्तुत गर्नेछन्।

अहिलेको जल्दो बल्दो इलेक्ट्रिक सवारीसाधनहरू (EVs) को लोकप्रियता र बजारमा यसको बढ्दो प्रवृतिलाई ध्यानमा राखी यस एक्स्पोमा EVs लाई विशेष प्राथमिकता दिइएको छ। यसले EV किन्न चाहने वा चासो राख्ने ग्राहकका लागि उपयुक्त जानकारी र तुलना गर्ने अवसर प्रदान गर्नेछ।

किन गाडी हेर्नु अघि लोन तुलना गर्नु जरूरी छ?

गाडी किन्नु भनेको एउटा ठुलो वित्तीय निर्णय हो जसले तपाईको आर्थिक जीवनमा धेरै समयसम्म असर पार्छ। खासगरी एक्स्पो जस्ता मेलामा नयाँ मोडेल सार्बजनिक हुने, धेरै किसिमका अफर र त्यही नै ऋण योजनाहरु पनि उपलब्ध हुने हुनाले प्रायजसो धेरैले उत्साहमा निर्णय लिन पुग्छन्। 

तर यसरी अरु कुनै अटो लोनको तुलना र हिसाबकिताब नगरी लिएको निर्णय पछि महँगो पर्न सक्छ। किनकी नेपालमा उपलब्ध सबै अटो लोन योजनाहरू तुलना गर्नेहो भने:

  • ब्याजदरमा ०.५% देखि २% सम्म फरक पाउन सकिन्छ,
  • केही योजनामा इलेक्ट्रिक गाडीहरु (EVs) का लागि थप छुट सुविधा हुन्छन्,
  • कतिपय बैंकमा डाउन पेमेन्ट (Down Payment), फाईल चार्ज (Final Charge), र प्रोसेसिङ समय (Processing Fees) मा निकै फरक पर्छ।

सवारी छनोट गर्दा तपाईले जति सोचविचार र समय दिनुहुन्छ, लोन छनोट गर्दा पनि उति नै समझदारी र होशियारी जरुरी हुन्छ। किनभने लोन राम्रो भएन भने तपाईंले मन पराएको गाडी त पाउनुहोला, तर वर्षौंसम्म अनावश्यक EMI र थप ब्याज तिर्दै बस्नुपर्ने हुन सक्छ।

त्यसैले, एक्स्पो जाँदै हुनुहुन्छ भने, गाडी हेर्नु अघि अटो लोन तुलना (Compare Auto Loan)गर्नु बुद्धिमानी हुन्छ।

सरल बैंकिङ सेवा: अटो लोन तुलना गर्न सजिलो, छिटो र भरपर्दो उपाय

अहिले अटो लोन तुलना गर्न बैंक–बैंक धाउनुपर्ने समय होइन। सरल बैंकिंग सेवा (Saral Banking Sewa, SBS) मा तपाईंले नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाहरूका अटो लोन योजनाहरू एकै ठाउँमा सजिलै तुलना गर्न सक्नुहुन्छ।

तपाईंले सरल बैंकिंग सेवाको वेबसाईटमा अटो लोन सम्बन्धि यस प्रकारको जानकारी हेर्न सक्नुहुन्छ:

  • विभिन्न बैंकका ब्याजदर र डाउन पेमेन्ट आवश्यकताहरू,
  • इलेक्ट्रिक गाडीमा छुट योजना उपलब्ध भएका लोन,
  • प्रोसेसिङ समय, सेवा शुल्क, र अनुमानित EMI Calculate पनि,
  • कर्जा आवेदन दिन के कस्ता कागजातहरु जरुरि हुन्छ,
  • साथै, तपाई अटो लोन लिनका निम्ति Loan Eligible हुनुहुन्छ कि हुदैन पनि चेक गर्न सक्नुहुन्छ।

यति मात्रै होइन, सरल बैंकिङ सेवाको वेबसाइटबाटै तपाईंले सिधै अटो लोनको लागि आवेदन दिन सक्नुहुन्छ। अनि प्रक्रिया सुरु भएपछि, हाम्रो टिमले तपाईंलाई पहिलो कदमदेखि अन्तिम स्वीकृतिसम्म साथ दिनेछ।

गाडी सोच विचार गरेर छान्नु भयो भने लोन पनि होसियारीले छान्नुहोस्। सरल बैंकिङ सेवाले तपाईंलाई सही लोन छनोटदेखि आवेदन प्रक्रिया छिटो र सजिलो बनाउनमा पूर्ण साथ दिन्छ।