किन बैंकिंग निर्णय लिनु अगाडी सरल बैंकिंग सेवा हेर्न जरुरि छ त?
12 Jun, 2025

किन बैंकिंग निर्णय लिनु अगाडी सरल बैंकिंग सेवा हेर्न जरुरि छ त?

आजको डिजिटल युगमा बैंकिङ निर्णय लिनु झट्ट हेर्दा एकदमै सजिलो देखिए पनि, वास्तविकता भने केहि फरक छ। किनकि अहिले वित्तीय सेवाहरू प्रशस्त छन् र हरेक बैंकले आफ्ना सेवा अफरहरू ‘सर्वश्रेष्ठ’ भन्दै प्रचार गरिरहेका हुन्छन्। 

यति धेरै विकल्पहरूबीच कुन खाता खोल्ने? कुन बैंकको ऋण अफर सस्तो र फाइदाजनक छ? कस्तो फिक्स डिपोजिट (Fixed Deposits) मा लगानी गर्ने? जस्ता निर्णयहरूमा अलमलिनु स्वाभाविक नै हो। 

यही अलमलबाट बच्न सरल बैंकिङ सेवा (Saral Banking Sewa) लाई रोज्न जरुरि छ। किन? सरल बैंकिंग सेवाले सबै किसिमको बैंकिंग सेवाहरुको जानकारी एक्कै ठाउँमा राखी बैंकिङ प्रक्रिया सहज, छिटो र पारदर्शी बनाउँछ।

सरल बैंकिङ सेवा: बैंक होइन, तर बैंकिङ निर्णयको भरपर्दो साथी?

सरल बैंकिङ सेवा नेपालकै पहिलो र एकमात्र विश्वसनीय डिजिटल प्लेटफर्म हो जहाँ तपाईंले सबै वित्तीय सेवाहरूको निष्पक्ष जानकारी सजिलै पाउन सक्नुहुन्छ। हाम्रो मूल उद्देश्य भनेको हरेक नेपालीले आफ्नो बैंकिङ निर्णय जानकारीमा आधारित र आत्मविश्वासपूर्वक लिन सक्नु हो। 

यही प्रक्रियालाई सहज बनाउन, सरल बैंकिङ सेवाले तपाईंलाई उपयुक्त सेवा मात्र छान्न होइन, आवश्यक परेमा आवेदन गर्न र सम्बन्धित बैंकसँग सम्पर्क गर्नेसम्म सहयोग गर्छ। सरल बैंकिंग सेवा आफैमा कुनै बैंक भने होइन। 

तर, जब तपाईं 'कुन बैंक छान्ने?', 'कुन कुन अफर सबै भन्दा फाईदाजनक छ?' भन्ने जस्ता निर्णयको मोडमा हुँदा, त्यही बेला एक निष्पक्ष, प्रस्ट र भरोसायोग्य साथीको रूपमा सरल बैंकिङ सेवा तपाईंसँग उभिन्छ। 

हामी बजारमा उपलब्ध सबै बैंक तथा वित्तीय संस्थाहरूका सेवाहरू—जस्तै बचत खाता (Savings Account), कर्जा (Types of Loans), फिक्स डिपोजिट (Fixed Deposits) वा कार्ड सुविधा—स्पष्ट तुलनात्मक ढाँचामा प्रस्तुत गर्छौं, जसले तपाईंलाई अनुमान होइन, तथ्यमा आधारित निर्णय गर्न सजिलो बनाउँछ।

अझ निर्णय प्रक्रिया थप सहज बनाउन, सरल बैंकिङ सेवामा EMI calculator, रेकरिङ डिपोजिट क्यालकुलेटर (recurring deposit calculator), क्रेडिट कार्ड योग्यता चेकर (Credit card eligibility checker) जस्ता वित्तीय उपकरणहरू पनि उपलब्ध छन्, जसले तपाईंलाई रकम, अवधि र योग्यता अनुसार योजना बनाउन सहयोग गर्छ।

तपाईंले निर्णय लिनुहुन्छ, हामी तपाईंलाई आधार दिन्छौं

नेपालमा २० वटा वाणिज्य बैंक र १७ वटा विकास बैंक छन्, र ती प्रत्येकले फरक–फरक सेवा सुविधा प्रदान गर्छन्। यसै कारणले कुन बैंकमा सबैभन्दा राम्रो ब्याजदर (Best interest rates) पाइन्छ, कहाँ सस्तो र सहज ऋण उपलब्ध छ, वा कुन बैंकले उपयोगी कार्ड सेवा (Card services) दिन्छ भन्ने पत्ता लगाउन हरेक बैंकको शाखा वा वेबसाइट छुट्टाछुट्टै हेर्नु पर्ने झन्झट हुन्छ। 

तर सरल बैंकिङ सेवाले यही झन्झट हटाउने काम गर्छ। हामी सबै बैंक तथा वित्तीय संस्थाहरूका सेवा सुविधाहरू—जस्तै बचत खाता, ऋण, कार्ड सुविधा—एकै प्लेटफर्ममा तुलनात्मक रूपमा प्रस्तुत गर्छौं, जसले तपाईंलाई समय, श्रम र अन्योल सबैबाट बचाउँछ।

यति मात्रै कहाँ हो र, सरल बैंकिङ सेवामा तपाईंले यस्ता सुविधाहरू पनि पाउनुहुन्छ, जसले तपाईंलाई सजिलै, ढुक्कका साथ सही वित्तीय निर्णय लिन सहयोग गर्छ।

तपाईंले निर्णय लिनुहुन्छ, हामी तपाईंलाई आधार दिन्छौं
  • सबै बैंकका वित्तीय सेवाको तुलनात्मक जानकारी – बचत खाता, कर्जा, फिक्स डिपोजिट, कार्ड सुविधा लगायतका विकल्पहरू एउटै ठाउँमा सजिलै तुलना गर्न (Easy Comparison of financial products) सकिन्छ।
  • ब्याजदरको मासिक अपडेट – सबै बैंकहरूको बचत, ऋण र फिक्स डिपोजिटका ब्याजदरहरू हरेक महिनाको सुरुमा सामाजिक सन्जालमा प्रकाशित गर्छौ।
  • निष्पक्ष र पक्षपातरहित सूचना – केवल बैंकहरुले सार्बजनिक गरेको आधिकारिक तथ्यमा आधारित जानकारी दिन्छौ।
  • बैंकिङ नीति र नियमहरूको सरल व्याख्या – हरेक नेपाल राष्ट्र बैंकको निर्देशन, मौद्रिक नीति (Monetary Policy) लगायत नियमहरूलाई बुझ्न सजिलो भाषा र सन्दर्भमा ब्लग पोस्ट र सामाजिक सन्जालद्वारा जानकारी गराउछौ।
  • सजिलो पहुँच – सरल बैंकिंग सेवाको आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत जहाँ कहींबाट सजिलै जानकारी लिन सक्नुहुन्छ।
  • फारम भर्नेदेखि बैंकसम्म पुर्‍याउने साथ – हामी तपाईंलाई सेवा छान्न मात्र होइन, आवेदन गर्न र सम्बन्धित बैंकसँग जोडिन समेत सहयोग गर्छौं।

किन बैंकिंग निर्णयको लागि सरल बैंकिंग सेवा नै?

हरेक बैंकिङ निर्णय तपाईंको भविष्यसँग गाँसिएको हुन्छ, त्यसैले हरेक कदम सोचेर र बुझेर चाल्नु जरुरी हुन्छ। आजको विकल्पको भीडमा सहि निर्णय गर्न सरल बैंकिङ सेवा तपाईंको भरपर्दो साथ बन्न सक्छ—स्पष्ट जानकारी र आवश्यक सहयोगसहित।

  • निःशुल्क सेवा: सरल बैंकिङ सेवा प्रयोग गर्न तपाईंले कुनै शुल्क तिर्नु पर्दैन। खाता वा कर्जाको तुलना गर्नेदेखि वित्तीय सेवाका क्यालकुलेटरहरु सबै सुविधा सरल बैंकिङ सेवाको वेबसाइटमार्फत निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ।
  • सजिलो साइन-अप: कुनै पनि विस्तृत जानकारीको लागि केवल साइन-अप मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
  • सरल आवेदन गाइड: बचत खाता होस् कि घर कर्जा, प्रत्येक फारम भर्ने क्रममा कुन कागजात चाहिन्छ, कसरी अपलोड गर्ने, सबै प्रक्रिया स्पष्ट रुपमा हेर्न सक्नु हुन्छ। 
  • ३६५ दिन नै ग्राहक सेवा: बैंकिंग प्रक्रियामा केहि अन्योल वा प्रश्न भएमा सामाजिक सन्जालको च्याट वा फोनमार्फत हाम्रो ग्राहक सेवालाई सम्पर्क गर्न सक्नु हुन्छ।

यस बाहेक पनि यदी तपाईले हाम्रो पार्टनर बैंकहरुमा वित्तीय सेवाको लागि आवेदन दिनु परेमा हामीले तपाईको आवेदन अगाडि बढाउन र छिटो बनाउन समेत सघाउँछौ।  

सही जानकारी, सजिलो प्रक्रिया र निःशुल्क सहायता

आजै सरल बैंकिङ सेवामा साइन अप गर्नुहोस् र आफ्नो लागि उपयुक्त बैंकिङ सेवा छान्न सुरु गर्नुहोस्!

FAQs

१. के हो सरल बैंकिंग सेवा (Saral Banking Sewa, SBS)?

सरल बैंकिङ सेवा नेपालकै पहिलो निष्पक्ष डिजिटल प्लेटफर्म हो, जसले बैंक तथा वित्तीय संस्थाहरूका सेवा–सुविधाहरू (बचत खाता, कर्जा, फिक्स डिपोजिट, कार्ड आदि) को तुलना मात्र होइन, वित्तीय निर्णय सजिलो बनाउन मद्धत पनि गर्छ। 

२. के सरल बैंकिङ सेवा नेपाली बैंक हो?

होइन, सरल बैंकिंग सेवा बैंक होइन, तर वित्तिय प्रक्रिया सजिलो र निर्णय सहि बनाउन मद्धत गर्ने डिजिटल प्लेटफर्म हो। 

३. के सरल बैंकिङ सेवामा कर्जा वा ऋण पाईन्छ?

सरल बैंकिंग सेवाले तपाईलाई ऋण दिदैन तर कुन कुन बैंकमा तपाईलाई सस्तो र उपयुक्त हुने कर्जा पाउन सक्नु हुन्छ भन्ने जानकारी चाही दिन्छ।