Common Mistakes to Avoid When Applying for a Home Loan
03 Jul, 2023

घर कर्जाको आवेदन दिँदा हुने सामान्य गल्तिबाट बच्ने उपायहरु

घर कर्जा दीर्घकालिन कर्जा भएकाले यो कर्जा लिनको लागि उचित अनुसन्धान, कागजी कार्य, विश्लेषण, योजना र स्थिर आर्थिक अवस्था चाहिन्छ । घर कर्जा लिने व्यक्तिहरुका लागि घर कर्जा महत्वपूर्ण हुनुका साथै यसका धेरै फाईदाहरु पनि छन् । यसले घर खरिदकर्ताहरुको लगानी क्षमता बढाउँछ । यदि तपाई घर खरिद गर्न चाहनुहुन्छ भने घर कर्जा धेरै उपयोगि हन्छ । तपाईले हाम्रो वेबसाइटमा विभिन्न बैंकहरुले प्रस्ताव गरेका घर कर्जा योजनाहरु तुलना गर्न सक्नुहुन्छ । घर कर्जाको मद्दतले तपाईले सधैँ सोचेको वा चाहेको घरको स्वामित्व प्राप्त गर्न सम्भव छ । १.उचित अनुसन्धान गर्नुहोस्ःघर कर्जा मा बैंकहरुले विशेष योजनाहरु प्रदान गर्दछ, जुन बढ्दो मागको प्रतिक्रियामा व्यक्तिको आवश्यकता अनुरुप बनाइन्छ ।

घर कर्जाको आवेदन दिदाँ आवेदकले बैंकको नीति नियम, ब्याजदर, कार्य अवधि विकल्प र घर कर्जाका प्रस्तावहरुको उचित अनुसन्धान गरी तुलना गर्न समय लिन सकिन्छ । यसले तपाईको आवश्यकता अनुरुप उत्तम घर कर्जा छनौट गर्न मद्दत गर्दछ । २.कर्जाका कागजातहरु ध्यान दिएर पढ्नुहोस्ः घर कर्जा लिदाँ कर्जासँग सम्बन्धित कुनै पनि कागजातमा हस्ताक्षर गर्नु अघि नियम र सर्तहरु ध्यानपूर्वक पढ्नुपर्छ र बुझ्नुपर्छ । कागजातहरु नबुझेको खण्डमा आवश्यक भए ऋणदातासँग प्रश्नहरु सोध्न सक्नुहुन्छ । कर्जा लिनु अगाडि तपाई कर्जा सर्तहरुसँग सहज हुनुहुन्छ भनेर सुनिश्चित गर्नुहोस् । ३.तपाईले आफ्नो कर्जा चुक्ता गर्ने क्षमता जाँच गर्नुहोस्ः आम्दानी, बचत र खर्चले तपाईको कर्जा चुक्ता गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ । ऋणदाताहरुले कर्जा तिर्न सक्ने क्षमताको मूल्याङकन गर्न रोजगारीका अतिरिक्त तपाईको कमाइलाई हेर्छन । यसकारण कर्जा तिर्ने क्षमता भन्दाबढी कर्जा लिनु हदैन् । कर्जा लिनु अगाडि घर कर्जा कसरी लिन सकिन्छ ? यसको योग्यता, विशेषताहरुको बारेमा जान्नुपर्दछ । ४.बैंकलाई अधूरो जानकारी तथा गलत कागजात नदिनुस्ःअधुरो र गलत कागजात बैंकलाई पेश गर्दा तपाईको कर्जा प्रक्रिया ढिलो वा अस्विकार हुन सक्छ । आम्दानीको प्रमाण, पहिचान खुल्ने, सम्पत्ति तथा बैंकले तोकेको अन्य सहायक कागजातहरु सहित सबै आवश्यक जानकारी सही रुपमा उपलब्ध गराउनु पर्छ ।५.कर्जा लिनु अगाडी वित्तीय सल्लाह लिनुहोस्ः वित्तीय सल्लाहकार वा मोर्टगेज ब्रोकरहरुको व्यावसायिक सल्लाह लिनु सधैँ लाभदायक हुन्छ, यसले तपाईलाई घर कर्जा प्रक्रियामा मार्गदर्शन गर्न सक्छन् । तिनीहरुले बैंकहरुको  नियम र सर्तहरु बुझ्न बहूमूल्य अन्तरदृष्टि प्रदान गर्नुको साथै योजनाबद्ध निर्णय गर्न मद्दत गर्दछ । ६.कर्जा लिदाँ लाग्ने शुल्कहरुलाई बेवास्ता गर्नुहुदैनः कर्जासँग सम्बन्धित कुनै पनि लुकेका शुल्क वा दण्डहरु बारे सचेत रहनुपर्छ । प्रशोधन शुल्क, पुर्व भुक्तानी र ढिलो भुक्तानी शुल्क र अन्य लागतहरुमा ध्यान दिनुहोस् जसले तपाईको समग्र कर्जालाई असर गर्न सक्छ । घर कर्जा लिदाँ हुने सामान्य गल्तिहरुलाई विचार गरेर राम्रोसँग सूचित दृष्टिकोण अपनाएर तपाईले नेपालमा सफलतापूर्वक कर्जा प्राप्त गर्ने मौकाहरु बढाउन सक्नुहुन्छ । सरल बैंकिङ सेवाले तपाईलाई कसरी मद्दत गर्नेछ ? सरल बैंकिङ सेवा तपाईको वित्तीय अस्पष्टताको समाधान हो जसले तपाईलाई सबै बैंकहरुको घर कर्जा, बैकहरुद्धारा प्रदान गरिएका ब्याज दरहरु, सुविधाहरु र फाईदाहरु तुलना गर्न अनुमति दिन्छ । थप जानकारी र सल्लाहको लागि तपाईले हामीलाई फोन, व्हाट्सएप, फेसबुक र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । हाम्रो सम्पर्क नम्बरःफोनः ९७७–०१–५२६९१०७  व्हाट्सएप: ९८५१३६११०७